Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजाबाट थप १२ बन्धक रिहा
गाजाबाट थप १२ बन्धक रिहा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १३, २०८०

गाजा– प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् । 

प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजराइलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बन्दीहरूका लागि बन्धकहरूको अर्को आदानप्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घन्टा बुधबारपछि सुरु हुन्छ । यद्यपि मध्यस्थकर्ता कतारले उसले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ । 

“अहिले हाम्रो मुख्य ध्यान र आशा एउटा स्थायी युद्धविरामसम्म पुग्ने हो जसले थप वार्ता हुनेछ र अन्ततः यो युद्धको अन्त्य गर्नेछ”, कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले दोहामा पत्रकारहरूसँग भन्नुभयो, “यद्यपि हामीसँग जे छ त्यसैमा काम गरिरहेका छौँ, अहिले हामीसँग भएको सम्झौताको प्रावधान हो जसले हामीलाई कम्तीमा १० बन्धकको रिहाइको प्रत्याभूति गर्न हमासले त्यतिबेलासम्म युद्धविरामको दिन लम्ब्याउन अनुमति दिन्छ ।”

हमास र इस्लामिक जिहादका मास्क लगाएका सशस्त्र लडाकूहरूलाई इजिप्टको सीमा नजिकै रफाहमा बन्धकहरूलाई रेडक्रस अधिकारीहरूसमक्ष बुझाएको देखेको एएफपीका पत्रकारले बताएका छन् । 

Hardik health

मुक्त गरिएका इजराइली बन्धकहरूमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला थिए । लिम्बर्ग आफ्नी आमा र काकीसँग इजराइल फर्केकी थिइन् । तीनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो । रिहा भएपछि ती किशोरीलाई उनको कुकुर बेलालाई समाएको देखिएको थियो । 

बन्धकहरूले सामना गर्नुपरेको स्थितिका बारेमा अहिलेसम्म केही प्रत्यक्ष विवरण आएका छन् । सोमबार रिहा भएकी १२ वर्षीय इटन याहलोमीकी हजुरआमाले पुरुषहरूलाई १६ दिनसम्म एकान्त कारवासमा राखिएको बताए । “उनी एक्लै भएका दिनहरू भयानक थियो”, एस्तेर येलीले इजराइली समाचार वेबसाइट वाल्लालाई भने, “अहिले इटन धेरै अन्तर्मुखी भएको छ ।”

स्थानीय मिडियाका अनुसार इजराइल सरकारलाई बुधबार रिहा हुने नयाँ बन्धकहरूको एउटा सूची प्राप्त भएको छ । यद्यपि यसको कुनै आधिकारिक पुष्टि भएको छैन । सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजराइली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ । सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजराइल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ । 

बदलामा एक सय ८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ । रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए । उनी पूर्वी जेरुसेलममा आफ्नो घर फर्किएका थिए र आफ्ना आफन्तहरूसँग अँगालो हालेका थिए । “जेलमा रहँदा अहमद सबैभन्दा कम उमेरका प्यालेस्टिनी बन्दी भए पनि हामीले उनलाई भेट्न सकेनौँ”, उनका बुबा नायेफले भने। 

इजराइली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले हमासको अक्टोबर ७ को हमलाबाट सुरु भएको युद्धलाई अस्थायीरूपमा रोकेको छ । हमासको उक्त हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए । 

इजराइलले जवाफमा गाजामा गरेको हवाई र स्थल कारवाहीमा करिब १५ हजार मानिसको मृत्यु भएको र गाजाको उत्तरी क्षेत्रको ठूलो भूभाग बस्नलायक नरहेको हमासका अधिकारीहरूले बताएका छन् । 


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP