Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अनलाइन निर्वाचनकाे नतिजामा असहमत भन्दै मागे पुन: निर्वाचन
एनआरएनए निर्वाचन अनलाइन निर्वाचनकाे नतिजामा असहमत भन्दै मागे पुन: निर्वाचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १२, २०८०

काठमाडौं -  गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनकाे नतिजामा सहमत नभएकाे भन्दै पुन: निर्वाचनकाे माग गरेका छन् । आरके शर्माले गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा त्रुटि भएको दाबी गर्दै  मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी कारबाहीसहित पुन: निर्वाचनकाे माग गरेका हुन् । 

शर्माले अनलाइन निर्वाचनमा गम्भीर ७ वटा त्रुटीहरुका भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । ‘१९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु सहित हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थियौं।  तर अहिले पाँच हप्ता बितिसक्दा पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन।  प्रहरीको अनुसन्धानबारे पनि हामीलाई केही बताइएको छैन’, शर्माले भने, ‘ त्यसैले संसारभरि रहेका लाखौं गैरआवासीय नेपालीहरुको भावनासंग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूह विरुद्ध कडा कारवाही गर्न माग गर्दछौं।’

शर्माले महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य आफूहरुलाई अमान्य हुने बताए । शर्माले उपाध्यक्षका उमेदवार केशव पौडेलको नेपालबाट खसेको मत शुन्य भएको र यस समवन्धमा पहिलो स्पष्टिकरणमा ग्लोवल र लोकल मत पत्रमा नाम फरक भएको भनिएता पनि पछि मत पत्र चेक गर्दा नाममा फरक नभएको देखिएको बताए । तर पछिको स्पष्टिकरणमा सिस्टम ब्याक एण्ड मा इ६ि«गेसन मिस्टेक  भएको भनिएपनि यो स्पष्टिकरणले सिस्टम प्रति नै झन गम्भीर आशंका पैदा गरेको उनले बताए ।

nra-news21701170536.jpg

Hardik health

यस्तै सिस्टमको फिचर अनुसार सवै पदाधिकारीको मत संख्या अनिवार्य वरावर हुनु पर्नेमा फरक फरक भएको उनले बताए ।  यसैगरी नेपालमा आउने प्रतिनिधिहरुले अनिवार्य काठमाडौँको सोल्टीहोटलको वुथवाट मतदान गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएकैले नेपालवाट खसेको मत र सोल्टी होटलवाट खसेको मत समान हुनु पर्नेमा फरक भएको उनले बताए ।

विधानको दफा २१ः७ अनुसार अन्तराष्ट्रिय महाधिवेसन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भए पछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि निमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको उनले बताए । यस्तै अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टा पछि ९९५ वाट घटाएर ६५५ वनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको उनले पत्रकार सम्मेलनमा बताए ।

यसैगरी फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशत भन्दा कम गरिनु भेस भेरिफिकेसनको अन्तराष्ट्रिय मापदण्ड विपरित भएको र निर्वाचनको वीचमै यसरी निर्वाचनको प्रकृया परिवर्तन गरिनु निर्वाचन निमावलीको पनि उल्लंघन भएको उनले बताए ।  सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आईडी र पासवर्ड  निर्वाचनमा खटिएका कर्मचारीवाट पुनः फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुनसक्ने आशंका आफूहरुलाई रहेको उनको भनाइ छ ।

यस्तै नेपालमा आइसकेका केही प्रतिनिधिहरुको नामवाट विदेशवाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनियतामा गम्भीर आशंका पैदा गरेको शर्माले बताए ।निर्वाचनमा नेपालको समय राति १२ वजे सम्म जुम  माध्यमवाट पनि मतदान गर्ने व्यवस्था गरिएता पनि १२ वजे अगावै जुमभित्र प्रवेश भैसकेका ५४ जना प्रतिनिधिलाई मतदानवाट वञ्चित गरिएको शर्माले जिकिर गरे ।  कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ वजे सम्म आफ्ना प्रतिनिधिलाई जुममार्फत मतदान गर्न लगाई जुमभित्र पसिसकेका बाँकी ५४ जना प्रतिनिधिलाई मतदानवाट वंचित गराइनु निर्वाचन नियमावली र निर्वाचन सम्वन्धी विश्वव्यापी मान्यता र परम्परा विपरित रहेको शर्माले दाबी गरे ।

nra-news11701170536.jpg

अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरु पाइएपछि काठमाडौँस्थित सोल्टी होटेलमा २० अक्टोबर २०२३ मा तत्कालिन तीनजना अध्यक्षहरु कुल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुइ साताभित्र छानबिन गर्ने सहमति भएको शर्माले दाबी गरे ।  तर, उक्त सहमतिलाई उलंघन गरेर बद्री केसीले आफैलाई अध्यक्ष घोषणा गरेकाले त्यसमा आफूहरुको आपत्ति रहेको शर्माले बताए । संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको शर्माले बताए ।

निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न  अन्तरराष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेको शर्माले बताए । ‘जसको बारेमा गम्भीर आरोप लगाइएको छ र जसलाई अध्यक्षको रुपमा स्वीकार गरिएकै छैन, उनकै नामबाट त्यसमा पनि अझ नेपाली र गैरआवासीय नेपालीको कुनै पनि किसिमको आबद्धता नरहने  जस्तो  सर्त सहितको छानविन समिति बनाउने भन्ने  प्रस्तावलाई हामी सरासर खारेज गर्दछौं’, शर्माले बताए ।

११ औं महाधिवेशनका लागि प्रतिनिधि चयनमै योजनाबद्धरुपमा अनियमितता गरिएको कुरा पनि आफूहरुले उठाउंँ आएको शर्माले बताए । ‘एनसिसि रसिया, एनसिसि किर्गिस्थान,  दक्षिण अफ्रीका र नाइजेरियामा विधान विपरित प्रतिनिधि चयन गरिएको थाहा भएको छ  । त्यस्तै संघको विधान तथा  प्रतिनिधि व्यवस्थापन सम्वन्धी निमावली अनुसार ३१ अगष्ट, २०२३ अगावै  प्रतिनिधिको नामावली सम्वन्धित एनसिसि अध्यक्ष र महासचिवको हस्ताक्षरसहित केन्द्रमा पठाउनु पर्ने स्पष्ट व्यवस्था गरिएता पनि एनसीसी कोरिया, एनसीसी युएई, एनसीसी अस्ट्रेलिया, एनसीसी माल्टा, एनसीसी युकेका प्रतिनिधिहरूलाई नियतवस अस्वीकार गरी कार्यकारी अध्यक्षको अधिकार दुरुपयोग गरी ३१ अगष्ट, २०२३ पछि आफू अनुकुल पठाउन लगाइएको थाहा हुनआएको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ ।

‘त्यस्तै तत्कालिन कार्यकारी अध्यक्ष बद्री केसीले आफ्नो अधिकारको दुरुपयोग गरी आफू अनुकूल प्रतिनिधी चयन नभएसम्म एनसिसि युएइ, कोरिया, माल्टा, युके, अस्ट्रेलियाका प्रतिनिधिलाई अस्वीकार गर्नु का साथै  एनसिसि युएइमा ३२ जना आफ्ना मान्छेलाई प्रतिनिधि वनाए पछि मात्र एनसिसि युएइका प्रतिनिधिहरूलाई स्वीकार गरिएको साथै  विधान र नियमावलीले दिएको मिति भन्दा तीन दिन पछि एनसीसी जर्मनीको कार्यसमिति गठन गरिएको पनि थाहा हुन आएको छ  ।’ शर्माले अनलाइन प्रणालीबाट गराइएको निर्वाचनको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानको रिपोर्ट आफूहरुले आधिकारिक रुपमा नपाएको पनि बताए ।   तर संचारमाध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार निर्वाचन स्वच्छ तरिकाले हुन नसकेको थुप्रै प्रमाणहरु  रहेको उनको भनाइ छ ।

एनआरएनएका उपाध्यक्ष गंगाधर गौतमले वद्री केसी समूहले योजनाबद्ध धाँधली गरिएका प्रमाणहरू सहित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको त्यसमाथि सुनुवाइ नभएको भन्दै उपाध्यक्ष गंगाधर गौतमले आवश्यक परे अदालत जाने बताए । उनले केसी समूहलाई कारबाही गरिने पनि चेतावनी दिए ।  यसैगरी युरोप संयोजक चिन्तामणि सापकोटाले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा नै एकलौटी गरिएको  कुरा आफूले पहिला देखि उठाउँदै आएको उल्लेख गरे । आजै पछिल्लो विवादबारे परराष्ट्र मन्त्रालयमा निवेदन दिएर आएको पनि जानकारी दिए ।

युरोपका सहसंयोजक भिमसेन थापाले एनआरएनएको विषयमा सिबीआईको रिपोर्टले पनि धाँधली भएको पुष्टि गरेकाले छानविन गरेर नयाँ तरिकाले अघि बढ्नु पर्नेमा जोड दिए ।कार्यक्रममा महासचिव बुद्धिसागर सुवेदीले नेपालीहरुको सुखदुखमा गैरआवासीय नेपाली संघ सदैव साथै रहेको बताए । सोहीअनुसार जाजरकोट भूकम्प प्रभावितलाई रातह वितरण गरिएको बताउँदै उनले एनआरएनएको टोलीले  भूकम्प प्रभावित समुदायलाई पहिलो चरणमा २ हजार थान कम्बल, ५ सय थान त्रिपाल,४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरेको जानकारी दिए । यस्तै सुवेदीले अध्यक्ष शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरिसकेको पनि जानकारी दिए । पत्रकार सम्मेलनमा शर्मा समूहका पदाधिकारी र अभियान्तालगायतको उपस्थिति रहेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:२३
#निर्वाचन_प्रवास
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP