Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • ढाकाटोपीमाथि प्रतिबन्ध !
ढाकाटोपीमाथि प्रतिबन्ध !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, मंसिर १२, २०८०

ए कान्छा, त्यो मेरो तिहारमा बैनीले लगाइदिएको ढाकाको टोपी ल्याई दे त ! उहाँ साइलाकी छोरीको लगन जुराउने रे बोलाका छन् । ढिला भइसक्यो ।‘ह्या ! जानु पर्दैन के उहाँसम्म । आज गाडीसाडी चल्दैन भन्या था’छैन ?’ छोरो चिच्याउँछ ।
अँ तैँले भनेजस्तो हुन्छ नि । गाडी चले पनि नचले पनि निम्तोमा बोलाएपछि जानु पर्दैन ? एकाघरभित्रको मान्छेकाँ ! कुरा गर्छ । जसरी पनि जाने हो । त्यही पर त हो, हिँडेरै भए पनि गइहाल्छु नि । बरु तँचाहिँ घरमै बस अल्लारे केटाहरु देख्यो भने पुलिसले गाडी फोड्न आको भन्ठानेर समाउँछ । 

‘अँऽ अँऽ अल्लारे केटाहरु मात्र हुन्छन् नि फोड्ने । कुरा गर्नुहुन्छ । अहिले त उहाँ जोगीभोगी सबै सडकाँ देख्नुभएन अस्ति उता पूर्वतिर ? पहेँला फेटा बाँधेका उफ्रेका ! एउटीले भन्थै थि नि, एक मिनेटमै कुन ठाउँ खरानी हुन्छ भन्दै ।’
हुन्छ नि खरानी ! धुप बालेको हो र एकै छिनमा खरानी हुन । यस्तैले हो आफू पनि खरानी बन्ने अरुलाई पनि खरानी बनाउने । ताल न तुइको कुरा बोल्या छन् बस्या छन् । ‘नपाउनेले के पायो बोक्रैसम्म चपायो’ भन्या जस्तो । ल भैगो छाड्दे त्यो मेरो ढाकाको टोपी ल्याइदे । 

‘भर्खर दिएको हैन ?’  कहाँ दिनु ल्याइदिएकै छैन ।  ‘अनि त्यो हातको चाहिँ के हो नि ?’ (हातमा भएको टोपी देखाउँदै)
ए हातमै लिएर खोजेको खोज्यै छु । अब त पक्कै बूढ्यौली लागेछ ।   ल म हिँडे (हातको टोपी शिरमा लगाउँदै) । 
‘म बाइकमा पु¥याइदिन्छु नि त ।’

पदैैन–पर्दैन, गाडी नचल्ने भएपछि किन बाइकमा हिँड्नुपरो । म खुरुखुरु हिँडेर पुग्छु त, १५–२० मिनेट हो । 
दौरा सुरुवाल ढाकाटोपीमा चिटिक्क सजिएर उनी निस्कन्छन् । 
‘ल ल जानुस्, बाटोमा हिँड्दा ध्यान दिएर जानुस् नि ।’
हुन्छ के हुन्छ चिन्तै नगर त्यही सिनामंगलसम्म त हो किन आत्तिनु प¥यो र ? 
‘भए पनि आज दिन ठीक छैन ।’

Hardik health

अग्लो ज्यान, खरानी रङको लवेदा (दौरा) सुरुवाल, पाल्पाली ढाकाटोपी लगाएर लमकलमक लम्कँदा त लाग्थ्यो कुनै सरकारी उच्च ओहोदाका व्यक्ति हुन् हरिलठ्ठक बाजे । कोटेश्वरबाट उत्तर लागेका हरिलठ्ठक बाजे बाटाभरि पुलिस देखेर मनमनै भन्दै छन्– कस्ता दिन पनि आए । ऋण खाएर तिर्दिनँ भन्न नि पाइने । ऊ बेला भए ऋण खाएर नतिर्नेले त अनुहार देखाउन पनि लजाउँथे । टाढाटाढा भाग्थे । तर अहिले केको भाग्नु उल्टै दादागिरी चल्या छ । 


मनमनै भुतभुताउँदै हिँडेका हरिलठ्ठक बाजेलाई मुनि गणेश पुग्नासाथ दुईदर्जन पुलिसले घेरा हालिहाले । पुलिस र हरिलठ्ठक बाजे दुवै मुस्कुराउँदै । ‘हैन क्यारेका हौं । किन घेरा हालेका छौं,’ बूढा यता पुसिललाई सोध्दै छन् । उता क्यामरा तेर्साएर पत्रकार÷युट्युबर हरिलठ्ठक बाजेलाई सोध्दै छन्– कहाँ जान लाग्नु भाको ? ‘जान त साइँलाकी छोरीको लगन जुराउन जान लागेको । तर खै कहाँ हिँड् भन्छन् यिनीहरु ।’ दुई–चार जना पत्रकार वरिपरि छन्, प्रहरीले हरिलठ्ठकको हातमा समाइहाले । ‘ए जाने भन्या होइन !’ 

‘होइन हउ कता लान लाग्या छौं । म यता जाने होइन हउ उता जाने हो ।’ पूर्वेली लवजमा हरिलठ्ठक बाजे कराउँछन् । ‘हो हो उतै जाने हो ।’ बूढा र पुलिसको हाँसोसहितको दृश्यले पत्रकार नै दंग । दुई मिनेटजति बाजे के हिँडेका थिए । छ सात जना पुलिसले जुरुक्क उठार बाजेलाई भ्यानमा छिराइहाले । विचरा बूढा चुँइक्कसमेत बोल्न पाएनन् । 

किन पुलिसले समात्यो किन भ्यानमा कोच्यो पत्तै छैन ! बाजे घरबाट निस्कँदा छोरालाई अल्लारे भनेर सम्झाउँदै थिए । बूढालाई बाटोमा पुलिसले नै अल्लारेभन्दा बढी बनाइदियो । बाजे कराउँछन्, ‘होइन होउ छाड्देऊ न उता बिहेको कुरा पो छ त । किन समात्यो मलाई पनि त्यही ऋण नतिर्ने भन्ठानेउ कि क्या हो । होइन होउ होइन ।’

बाजेको कुरा पुलिसले के सुन्थे र ! 
बाजेको दाहिने समातिरहेको एउटा पुलिसले प्वाक्क बोलिगो । ‘नकराउनुस् के । आज दौरा सुरुवाल, ढाकाटोपी लगाएर यो बाटामा हिँड्ने सबलाई समात्ने आदेश छ ।’यो आदेश भन्ने जात पनि कस्तो । ढाकाटोपी र दौरा सुरुवालदेखि पनि डराउनुपर्ने । यही नेपाली टोपीले विश्वको जुन कुनामा पुगे पनि पहिचान आपैmं देखाइदिन्छ । तर, नेपालाँ टोपी र दौरा लगाउनेलाई अपराधीझैँ समातेर कोचेको छ ।

को कहाँ जान हिँडेको छ, उसको व्यक्तित्व के हो मतलव नै नगरी झ्याप्प झ्याप समातेर पनि हुन्छ कतै । देशको पहिचानमाथि पहिचान विरोधीहरुले संघर्ष गरे जस्तै पो देखियो त । बूढा अक्क न वक्क परे । ‘कामकुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ भने जस्तै भो । बूढाले खल्तीबाट टिकटिके मोबाइल निकाले । यसो नम्बर दाब्न खोज्दा पुलिसले त्यो पनि कब्जा गरिदिन्छ । बूढाले जीवनमा पहिलोपटक पुलिसको संगत गर्न पाएका रै’छन् नि क्या हो कुनै अनूभूति नै छैन ।

हुन पनि मंसिर महिना । बिहेको लगनको महिना । यही मौकामा भएको आन्दोलनमा आउने सम्भावना भएका अधिकांश ढाकाटोपीवाला त्यही भएर बल्खुमा तीर हान्दा तीनकुनेसम्म त्यस्तो भो समस्या । सरकारले नै ढाकाटोपी लाको देख्नै नहुने भएछ । दौरा सुरुवाल र ढाकाटोपी लगाउनेलाई च्याप्पै समात्ने उर्दी जारी भएछ । त्यही उर्दीमा परे छन् हरिलठ्ठक बाजे पनि । ‘खाइ न पाइ छालाको टोपी लाइ’ भन्थे कुनै बेला, त्यस्तै भो । ढाकाटोपी यतिखेर प्रतिबन्ध भो । 

हरिलठ्ठक बाजेले न घरमा खबर गर्न पाए, न त साइँलाकी छोरीको लगन नै देख्न पाए । आजकलको  आन्दोलनले टोपी र दौरा सुरुवाल लाउनेहरुले अनावश्यक दुःखमात्र भए । ‘मेरो टोपी कैलाशको शिर जस्तो’ भनेर गोपाल योञ्जनले गीत गाउने दिन गए । जय गणतन्त्र !
 


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP