Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शशांकलाई लाइन दिँदै देउवा !
शशांकलाई लाइन दिँदै देउवा !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १२, २०८०
  • धेरै समयपछि राजनीतिक तीर्थमा निस्केका देउवाको साथमा पूर्वमहामन्त्री डा. शशांक कोइराला थिए । सम्मेलनमा कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइराला पनि पुग्ने प्रचार थियो । तर उनी भने पुगेनन्
  • सम्बोधनका क्रममा देउवाले धर्मनिरपेक्षताबारे भने, ‘धर्मनिरपेक्ष भनेका छन् । कोही के भनिरहेका छन् । यसबारेमा सल्लाह गर्न सकिन्छ ।’ 
  • धर्मनिरपेक्ष हुनै सक्दैन भनेर कांग्रेस मुद्दा उठाउँदै आएका नेता हुन् डा. शशांक । उनले पटक–पटक यस विषयमा आफ्नो मत प्रकट गर्दै आएका छन् । ‘धर्म निरपेक्ष हुँदैन । न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ,’ शशांक भन्छन् ।

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हत्तपत्त बोल्दैनन् । बोलेपछि थोरै बोल्छन्, त्यो पनि महŒवपूर्ण विषयमात्र । पछिल्ला दिनहरुमा व्यवस्थाप्रति जनआक्रोश बढ्दो छ । यस विषयमा सत्ताधारी दलका नेतादेखि प्रधानमन्त्री पुष्पकमल दाहालले पटक–पटक गणतन्त्रबारे प्रस्टीकरण दिँदा पनि देउवा मौन नै रहे ।यद्यपि सोमबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पुग्दा भने उनी बोल्न बाध्य बने । सोमबार बिहानै चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारहरुले उनलाई पछिल्लो अवस्थाबारे बोल्न कर गरेका थिए ।

गणतन्त्रको विरोध भइरहेको छ । दुर्गा प्रसाईंतर्फ इंगित गर्दै एउटै व्यक्तिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् ? भनी सञ्चारकर्मीले सोध्दा देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’‘राजा आउने कुरा भइरहेको छ नि ?’ सञ्चारकर्मीले फेरि सोधेपछि देउवाले भने, ‘मैले भनिसके त गणतन्त्रको विकल्प छैन भनेर । भन्न त पाइहाल्छ नि यार ।’सडक तताइरहेकै छ नि जनताले ? प्रश्नको जवाफ फर्काउँदै देउवाले हाँस्दै भने, ‘तपाईंले देख्नुभयो होला, मैले देखिनँ ।’
‘कांग्रेसको सभापति बोल्नुभएन भन्ने कुरा छ नि ?’ अर्को प्रश्नमा देउवाको जवाफ थियो, ‘तपाईंले के–के लेख्नुहुन्छ मलाई के थाहा यार । मैले बोलिहालें नि ।’

धेरै समयपछि राजनीतिक तीर्थमा निस्केका देउवाको साथमा पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि थिए । सम्मेलनमा कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइराला पनि पुग्ने प्रचार थियो । तर उनी भने पुगेनन् । उक्त सम्मेलनमा डा. शशांक, महामन्त्री गगन थापा पनि देउवाको साथमा पुगे ।देउवाले आफ्नो सम्बोधनमा कुनै पनि अवस्थामा राजतन्त्र नफर्कने ठोकुवा गरे । ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन,’ देउवाले भने । सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा देउवाको जोड रह्यो । 

सम्बोधनका क्रममा देउवाले धर्मनिरपेक्षताको विषयमासमेत आफ्नो भनाइ राखे । ‘अरु विषयमा सोच्नुपर्ने भएको छ । धर्मनिरपेक्ष भनेका छन् । कोही के भनिरहेका छन् । यसबारेमा सल्लाह गर्न सकिन्छ,’ देउवाले भने ।धर्मनिरपेक्ष हुनै सक्दैन भनेर कांग्रेस मुद्दा उठाउँदै आएका नेता हुन् डा. शशांक कोइराला । उनले पटक–पटक यस विषयमा आफ्नो मत प्रकट गर्दै आएका छन् । ‘धर्म निरपेक्ष हुँदैन । न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ,’ शशांक भन्छन् । यसै विषयमा शशांकलाई देउवाले लाइन दिएको हुन सक्ने कतिपयको दाबी पनि छ । शशांक जनमतमार्फत धर्मनिरपेक्ष हटाएर हिन्दू राष्ट्र बनाउने मुद्दाका साथ अघि बढेका नेता हुन् । हिन्दू राष्ट्रबारेको अभिव्यक्ति विवादमा तानिएपछि भने शशांक आफूले त्यस्तो नबोलेको भन्दै पन्छिन्छन् ।

कांग्रेसमा अहिले देउवाको उत्तराधिकारी को बन्ने भन्ने प्रतिस्पर्धा छ । संस्थापनइतरमा थुप्रै नेताहरु सभापति बन्ने लाइनमा निस्कँदा संस्थापनपक्षमा देउवाले कसैलाई पत्याएका छैनन् । संस्थापनइतरमा शेखर र गगनबीचको टसल बढ्दा यो गुट खसै बलियो नहुने बताउँदै आएको छ । यसै सन्दर्भमा देउवाले शशांककै मुद्दामा बोल्नुलाई कांग्रेस वृत्तमा महŒवका साथ हेरिएको छ ।

कतिपय कांग्रेसीहरुको दाबी छ– देउवाको अबको उत्तराधिकारी शशांक नै हुन् । हुन पनि शशांकले १४ औं महाधिवेशनमा देउवाको दोस्रो इनिङ्सका लागि मार्ग प्रशस्त गरेका थिए । १३औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित शशांक त्यतिबेला देउवाको ‘एस म्यान’ मात्र बनेको आरोप लाग्ने गर्छ । शशांकसँग देउवाको लगाव र धर्मनिरपेक्षको विषयमा शशांकको लाइन लिँदा देउवा गुटकै नेताहरु भने झस्केको बताइएको छ ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP