Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वाचडग खरिपाटी क्वारेन्टाइन ‘हामी ठीक र खुसी छौँ’
वाचडग खरिपाटी क्वारेन्टाइन ‘हामी ठीक र खुसी छौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १४, २०७६
Kharipati
Hardik health
भक्तपुर– करिब साता अघि चीनका वुहानबाट उद्दार गरिएर ल्याइएका विद्यार्थीहरू भक्तपुरको क्षेत्रपाटीस्थिति क्वारेन्टाइनमा राखिएका छन् । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट उद्दार गरिएका १७५ जना नेपालीको उद्दारपछि क्वारेन्टाइनमा राखिएकाहरूको अवस्था कस्तो छ त ? आज उक्त प्रश्नको जवाफ खोज्न क्वारेन्टाइनका रहेकाहरूसँग कुराकानी र रिपोर्ट प्रस्तुत गर्ने प्रयास गरिएको छ । चीनबाट उद्दार गर्नेवित्तिकै मिडियामा चर्चामा आएका यी सबै विद्यार्थीको आजसम्म स्वास्थ्य अवस्था ठीक रहेको छ भने क्वारेन्टाइनमा रहेका विद्यार्थीसमेत खुसी छन् । नेपाल सरकारले दिएको सुविधाप्रति खुसी रहेको क्वारेन्टाइनमा रहेका विद्यर्थीले बताएका छन् । केही दिनयता उनीहरूको कुरा मिडियामा नआएकाले जनमानसमा खोजी सुरु भएको थियो । त्यसैले सांसद महेश बस्नेतको टोलीले मंगलबार क्वारेनटाइन क्षेत्रको अनुगमन गरी चीनबाट फर्काइएका नेपालीसँग उनीहरूको अवस्थाबारे जानकारी लिए । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन मंगलबार खरीपाटी पुगेका सांसद बस्नेतले क्वारेन्टाइनभित्र रहेका नेपालीसँग त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । उनले क्वारेन्टाइनबाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका थिए । सोक्रममा भित्र रहेको विद्यार्थीले आफूहरू खुसी र ठीक रहेको बताएका थिए । सांसद बस्नेतसँगको कुराकानीमा क्वारेन्टाइनमा रहेका नेपालीहरूले सरकारले गरेको व्यवस्था सन्तोषजनक रहेको समेत बताए । उनीहरूले भने, ‘हामी यहाँ सुरक्षित छौँ, हामीलाई आवश्यक परेको कुनैपनि सामान तुरुन्तै पाउने गरेका छौँ यहाँ भएकाका परिवारले कुनै चिन्ता लिनुपर्दैन, हामी खुशी छौँ ।’ सांसद बस्नेतसँग उनीहरूले यहाँबाट निस्किएर परिवारसँग भेट्ने दिनमा सरकारी निकायका व्यक्ति, जनप्रतिनिधिनै आएर बिदाइ गरी देशभर सकारात्मक सन्देश फैलाउने व्यवस्था गरिदिन पनि आग्रह समेत गरे । क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपालीले सरकारले गरेको व्यवस्थाप्रति खुशी भएको र यहाँको अवस्थामा कुनै पनि चिन्ता लिनुपर्ने र आत्तिनुपर्ने अवस्था नरहेको पूर्वमन्त्री एवं सांसद बस्नेतले बताए । उनीलाई नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाबारेमा जानकारी गराएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले भित्र रहेका नेपालीबाट कुनैपनि कुराको माग हुनेबित्तिकै सुरक्षाको नेतृत्व गरेका कर्णेल पौडेलले आफ्नै व्यक्तिगत खर्चसमेत गरेर भएपनि मागअनुसारको सामान पठाइदिने गरेको जानकारी गराएका छन् । उनीहरूलाई अब केही दिनसम्म क्वारेन्टाइनमा राखेर सार्वजनिक जिवनमा फर्काइने छ । अहिलेसम्म त्यहाँ रहेका कुनै पनि नेपालीमा भाइरस संक्रमण नदेखिएकाले केही दिनभित्रै उनीहरूलाई आ–आफ्नो घर पठाइने भएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  ०७:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP