Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मध्यपहाडमा एमाले, छेक्दै पहिचानवादी
मध्यपहाडमा एमाले, छेक्दै पहिचानवादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १०, २०८०
  • पाँच एजेण्डासहित एमाले मध्यपहाडमा जाने
  • झुलाघाटमा सुरु हुने अभियानको अन्त्य फिदिममा
  • ओलीसहितका नेताहरू अभियानमा सहभागी हुने
  • प्रतिरोधमा उत्रिने पहिचानवादीको चेतावनी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्षोत्सव मनाइरहेको प्रमुख विपक्षी दल नेकपा एमाले मध्यपहाडमा जाँदै छ । ‘मध्यपहाडी लोकमार्ग’ नामक अभियानमार्फत एमाले मध्यपहाडमा जान लागेको हो । अभियान यही १४ देखि ३० मंसिरसम्म सञ्चालन हुने पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।अभियानमा अध्यक्ष केपी शर्मा ओलीसँगै अन्य पदाधिकारी र विभिन्न जिम्मेवारीमा रहेका तल्ला तहसम्मका नेताहरू सहभागी हुने छन् । दार्चुलाको झुलाघाटबाट अभियान सुरु हुने छ । अन्त्य भने पाँचथरको फिदिममा हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए । 

अभियानलाई मध्यपहाडमा एमालेको शक्ति प्रदर्शनको रूपमा लिइएको छ । बिहीबारमात्रै भ्रातृ संगठन युवा संघ नेपालको नेतृत्वमा युवा–विद्यार्थीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा शक्ति प्रदर्शन गरेका थिए । यसलाई अध्यक्ष ओलीले ‘झलक’ भनेका छन् ।अझ ठूलो प्रदर्शन सरकार र प्रतिगामी शक्तिविरुद्ध हुने बताउँदै आएका छन् । उनले भनेको प्रतिगामी शक्ति पछिल्ला समय दुर्गा प्रसाईं र उनी नेतृत्वमा एकताबद्ध भएका राजा–हिन्दूवादीहरू हुन् । राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि उनले प्रतिगामी शक्ति भन्ने गरेका छन् । 

नेकपा एमाले मधेसमा आगो बलेको बेला निभाउँदै अघि बढेको पार्टी हो । त्यही भएर हामी कसैले प्रतिरोध गर्ने कुरालाई महŒव पनि दिँदैनौं । कसैले रोक्न सक्दैन एमालेलाई ।-प्रदीप ज्ञवाली, उपमहासचिव, नेकपा एमाले

 

यसरी लिङ्देनको दल र प्रसाईं नेतृत्वको समूहसँगै सरकारविरुद्ध एमालेले मध्यपहाडमा शक्ति प्रदर्शन गर्न लागेको हो । त्यसक्रममा मध्यपहाडबाट भइरहेको बढ्दो बसाइँसराइ नियन्त्रणबारे स्थानीयवासीसँग छलफल हुने पनि ज्ञवालीले बताए । 
‘पूर्वाधारको विकास भएको छ तर मध्यपहाडमा बसाइँसराइ रोकिएन । पहाड रित्तिँदै जाने जोखिम बढेको छ । सरकार भने जनताको प्रत्यक्ष समस्यासँग जोडिन सकेन,’ उनले प्रभावसँग भने, ‘के–कसरी बसाइँसराइ नियन्त्रण गर्न सकिन्छ भन्ने जानकारी लिन अभियान महŒवपूर्ण हुने छ ।’

देश विकास भइरहँदा पनि राजावादी दल राप्रपा र दुर्गा प्रसाईंको समूहले निराशा फैलाउने कोसिस भइरहेको भन्दै एमाले असन्तुष्ट छ । यसलाई चिर्दै देश बन्ने र बनिरहेको आशा र विश्वास जनतामा जगाउन पनि अभियानको औचित्य हुने ज्ञवालीले बताए ।उनका अनुसार कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको र यसबीचमा कम्युनिस्ट पार्टीहरूले देशको विकास र समृद्धिका लागि गरेका मूलभूत गतिविधिबारे जनतालाई थाहा दिन पनि अभियान सञ्चालन गर्न लागिएको हो । एमालेले अभियान सञ्चालन गर्न लागेको राजमार्गको पूरा नाम भने ‘पुष्पलाल मध्यपहाडी लोकमार्ग’ हो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नामबाट लोकमार्गको नाम राखिएको हो । उनै पुष्पलाल र वि.सं. २००६ सालमा नेकपा स्थापना गरिँदाको इतिहासलाई वर्तमान कम्युनिस्ट आन्दोलनसँग जोड्न पनि अभियान महŒवपूर्ण हुने दाबी एमालेको छ । तर, एमालेको उक्त अभियानलाई भने अवरोध पु¥याउने तयारी पहिचानवादीहरूले गरेका छन् । उनीहरूले अध्यक्ष ओलीसहितका नेताहरूलाई अभियानमा सहभागी नगराउन चेतावनी नै दिएका छन् ।

‘मध्यपहाडी लोकमार्गमा नेकपा एमालेले सञ्चालन गर्ने भनिएको अभियानमा कोशी नाममा हस्ताक्षर गर्ने ८२ सांसदहरू (जसअन्तर्गत पहिचानवादीलाई आतंककारीजस्तो गम्भीर अभियोग लगाउने एमाले अध्यक्ष खड्गप्रसाद ओली, संघीय संसद्मा पहिचानवादीहरूको हुर्मत काढ्ने योगेश भट्टराई तथा यो भूमि तेरो बाउको बिर्ता र आमाको दाइजो हो ? भनेर आदिम निवासीजनलाई दबाउन खोज्ने एमाले नेता पर्दछन्) लाई उक्त अभियानमा समावेश नगरियोस्,’ पहिचानवादी आन्दोलनका नेता गोपाल किरातीले शनिबार साझा गरेको अपिलमा उल्लेख छ । 

जबरजस्ती अभियानमा ती नेताहरूलाई सहभागी गराइएको अवस्थामा सशक्त प्रतिरोधको कार्यक्रम घोषणा गर्ने पनि भनिएको छ । पहिचानवादीहरूले गत १३ वैशाखमा अध्यक्ष ओली गृहजिल्ला झापामा सहभागी कार्यक्रमलाई बिथोल्ने प्रयास गरेका थिए । उनीहरूले ढुंगामुढा नै गरेका थिए । त्यसपछि इलाम, तेह्रथुम र पाँचथरमा भएको कार्यक्रम पनि बिथोल्ने प्रयास गरेका थिए । यसपछि रुष्ट ओलीले पहिचानवादीहरूलाई आतंककारीको संज्ञा दिए ।

पहिचानवादीलाई आतंककारीजस्तो गम्भीर अभियोग लगाउने एमाले अध्यक्ष खड्गप्रसाद ओली, संघीय संसद्मा पहिचानवादीहरूको हुर्मत काढ्ने योगेश भट्टराई तथा यो भूमि तेरो बाउको बिर्ता र आमाको दाइजो हो ? भनेर आदिम निवासीजनलाई दबाउन खोज्ने एमाले नेतालाई उक्त अभियानमा समावेश नगरियोस् ।- पहिचानवादीको अपिल

 

यसप्रति पहिचानवादीहरू आक्रोशित छन् । परिणामतः एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान घोषणा गरेलगत्तै पहिचानवादीहरूले ओलीसहितका नेताहरूलाई अभियानमा सहभागी नगर्न र गराइए प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
तर, एमाले उपमहासचिव ज्ञवाली भने पहिचानवादीहरूले अभियानलाई प्रभावित पार्न नसक्ने बताउँछन् । ‘नेकपा एमाले मधेसमा आगो बलेको बेला निभाउँदै अघि बढेको पार्टी हो,’ ज्ञवालीले भने, ‘त्यही भएर हामीलाई प्रतिरोध गर्ने कुरालाई महŒव पनि दिँदैनौं । कसैले रोक्न पनि सक्दैन एमालेलाई ।’

पहिचानवादीहरूको बुझाइमा तत्कालीन प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न एमालेको भूमिका ठूलो छ । हुन पनि एमालेकै तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार रहँदा सोही दलका सांसद राम राना प्रस्तावक र अर्का सांसद शम्शेर राई समर्थक भएर प्रदेशको नाम कोशीसम्बन्धी प्रस्ताव १७ फागुन २०७९ मा पेस गरेका थिए । जुन प्रस्ताव सोही दिन दुई तिहाइभन्दा बढी मतले पारित भयो ।

यसपछि निरन्तर एमालेप्रति पहिचानवादीहरू खनिँदै आएका छन् । उसो त प्रदेशको नामसम्बन्धी प्रस्ताव पारित गराउन भने कांग्रेस र माओवादीका सांसदहरूले पनि मतदान गरेका थिए । तर, पहिचानवादीहरूले आन्दोलन चर्काएपछि प्रदेश नाम संशोधनको एजेण्डा उठाए । यसले गर्दा पहिचानवादीहरू कांग्रेस र माओवादीका प्रदेश सांसदहरूप्रति नरम देखिएका छन् ।


प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP