

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी तीनदिने भ्रमणका लागि सुदूरपश्चिम पुगेकी छन् । आज अपराह्न १२ बजे बैतडी पुगेर उन्ले धनगढीमा भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गरिन् ।
राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाको भ्रमण गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको भ्रमण हुने भएकाले बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसपछि राष्ट्रपतिबाट अपराह्न २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । १५ गते बिहीबार बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा राष्ट्रपतिले विषेश पूजाआजा गर्ने कार्यक्रम छ । बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । राष्ट्रपति भण्डारीले बिहीबार नै दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिने जनाइएको छ । मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम पनि रहेको छ ।
त्यसैगरि १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।