Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अराजक नारा, अनियन्त्रित भीड
दुर्गा प्रसाईंको शक्ति प्रदर्शन अराजक नारा, अनियन्त्रित भीड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं– राजतन्त्र पुनःस्थापना भएपछि २० लाखसम्मको बैंक, सहकारी र लघुवित्तको ऋण मिनाहा गर्ने भन्दै ऋणीहरूलाई भेला पारेर काठमाडौं केन्द्रित प्रदर्शन थालेका विवादित व्यवसायी दुर्गा प्रसाईं समूहको अभियानमा राजावादीहरूको वर्चश्व देखिएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ नाम दिइएको अभियानको संयोजनमा बिहीबार भएको प्रदर्शनमा सहभागीहरूले ‘गणतन्त्र मुर्दावाद,’ ‘राजतन्त्र जिन्दावाद’ भन्दै नारा लगाए । आन्दोलनकारीले गणतन्त्रलाई धोकाको संज्ञा दिए । मुलुकलाई हिन्दूराष्ट्र घोषणा गरिएको २०४७ सालको संविधान पुनःस्थापनाको माग प्रदर्शनको क्रममा गरे । संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी मत प्रकट गरे ।

राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यवस्था परिवर्तन (राजतन्त्र पुनःस्थापना)को सवाल चर्कैगरी उठाए । उनले प्रदर्शनकारीहरूलाई सोधे, ‘व्यवस्था परिवर्तनका लागि एकजुट हो ?’ सांसदसमेत रहेका शाहीले अघि थपे, ‘सबै साथीहरू राष्ट्रिय झण्डामुनि आइदिनुहुन, गोलबद्ध भइदिनुहुन, एकजुट भइदिनुहुन आजैदेखि यो व्यवस्था अन्त्य गरिदिनहुन म अनुरोध गर्दछु ।’

शाही प्रवक्ता रहेको दल राप्रपाले भने प्रसाईं नेतृत्वको समूहले गरेको प्रदर्शनलाई समर्थन गरेको छैन । यसबारे अनिर्णित छ । तर, शाही पुगेर प्रदर्शनलाई सम्बोधन गरेर राजतन्त्र फर्काउन एकताबद्ध हुन आग्रह गरे । वित्तीय संस्थाको ऋण मिनाहबारे भने उनी बोलेनन् । 

जबकि, प्रसाईंले २० लाखसम्मको ऋण मिनाहा गराउन काठमाडौं जाऔं भन्दै हजारौं ऋणीलाई ल्याएका हुन् । कतिपयचाहिँ प्रसाईंको यही कुरा युट्युब र फेसबुकलगायत सामाजिक सञ्जालबाट सुनेर आएको पाइएको छ । तर, राजावादी दल राप्रपा प्रवक्ता शाहीले ऋणीहरूको ऋण मिनाहबारे बोलेनन् । बरु, प्रदर्शनलाई उपयोग गरेर उनले राजतन्त्र फर्काउने आशयको अभिव्यक्ति दिएपछि राजावादीले च्याँखे दाउ थाप्न प्रयास गरेको अर्थमा टिप्पणी गर्न थालिएको छ ।

छिमेकी बैंकका ऋणीसमेत रहेका सिन्धुली घर भएका प्रदर्शनमा सहभागी खोजराज बुुढाथोकी बैंकले ब्याज अस्वाभाविक बढाएको र हर्जना पनि लगाएका कारण पीडित भएपछि ऋण मिनाह हुने आशले प्रदर्शनमा आएका हुन् । तर, प्रदर्शनलाई सम्बोधन गरेका शाहीबाट भने उनले राजा फर्काउने भाषण सुने ।

‘बैंकको ऋण खाएपछि तिर्ने नै हो । कमाएर तिर्छु । तर, ब्याज घट्नुप¥यो । हर्जनाले डामेको छ,’ उनले प्रभावसँग भने, ‘अहिलेचाहिँ ऋण नै मिनाहा भन्ने सुनेर आएँ । तर, यहाँ अर्कै कुरा बढी सुनियो ।’प्रसाईंको अभियानमा झापा, मोरङ, सुनसरीसँगै मधेस, बागमती, गण्डकी, लुम्बिनीलगायत विभिन्न प्रदेशबाट वित्तीय संस्थाका ऋणीहरू आएका छन् । उनीहरूलाई वित्तीय संस्थाहरूले सर्वसाधारण नेपालीकै बचत रकमलाई ऋणका रूपमा प्रवाह गरेका हुन् । अभियानका संयोजक प्रसाईं स्वयं विभिन्न बैंकका पाँच अर्बभन्दा बढी रकमको ऋणी हुन् ।

ऋणको ब्याजसमेत तिर्न नसकेका उनले पछिल्ला दिनमा अराजक अभिव्यक्ति दिँदै आएका छन् । उनले बैंक, सहकारी र लघुुवित्त मारवाडी समुदायका १६ परिवारको कब्जामा रहेको र उनीहरूबाट सर्वसाधारण नेपाली नागरिक ठगिएको आरोप पनि लगाउँदै आएका छन् । त्यसविरुद्ध प्रदर्शनमा आउन ऋणीहरूलाई उनको आह्वान थियो । सोहीअनुसार प्रदर्शनमा आउँदा ऋणीहरूले भने राजतन्त्र र हिन्दूराष्ट्रको माग अधिक सुने । 

‘साहुबाट ५० हजार ऋण लिएको थिएँ । तर, एकै वर्षमा एक लाख ५० हजार पुग्यो । शरीरभन्दा आँखा ठूलो भनेजस्तो भयो,’ महोत्तरीबाट आएका ७० वर्षीय लघुवित्तका ऋणी शिवलाल महतोले भने, ‘हामी राजतन्त्र र हिन्दूराष्ट्रको कुरा सुन्न आएका होइनौं । हाम्रो ऋण मिनाहा होस् भन्ने हो ।’

अभियानका संयोजक प्रसाईंले भने बल्खुुको प्रदर्शनमा वित्तीय संस्थाका ऋणीका समस्या र राजतीतिक सवाल उठाए । वित्तीय संस्थाहरूले सर्वसाधारण जनताको उठीबास लगाएको बताए । यससँगै दिनहुँ युवाहरू विदेशिनु परेको, रोजगारी नभएको, बुुबाआमाले छोराछोरीसँगै चाडबाड मनाउन नपाएकोदेखि देशको उद्योग कलकारखाना बन्द भएको र देश भ्रष्टसँगै तस्करहरूको पञ्जामा परेको आरोप लगाए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले देश चलाउन नसकेको पनि उनको ठहर छ । त्यही भएर दाहालले जनतासामु आत्मसमर्पण गर्नुुपर्ने तर्क गरे । ‘प्रधानमन्त्रीज्यूलाई म राम्रोसँग चिन्दछु । २० वर्ष काम गरेको । म उहाँलाई भन्छु– तपाईं सरेण्डर गर्नुहोस् । जनतासँग आउनुहोस् । हिजो जनताले पु¥याएको ठाउँमा । जनतालाई जिम्मा लगाउनुहोस्, तपाईंहरूले सक्नुभएन,’ प्रसाईंले भने ।

उनले देशमा राजतन्त्र फर्काएको दिन उज्यालो नहुँदै ऋणीहरूको ऋण मिनाहा गर्ने प्रतिबद्धता दोहो¥याए । दोस्रो शंखधर शाख्वा हुने दृढता प्रस्तुत गरे । तर, राजतन्त्र पनि फर्काउने भन्ने उनको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह भने देखिएनन् । प्रसाईंले भने शाहको साथ प्रदर्शनमा खोजेका थिए । यसपछि प्रसाईंले पत्रकारहरूसँग भने, ‘लघुुवित्त, सहकारी र बैंकले नागरिकलाई नांगो बनाइसके । नागरिक मर्न थालिसके । कहाँ राजा कहाँ रानी ? कहाँ के कहाँ के ? जनताको पीडाको कुरा गर्नुपर्छ ।’

प्रसाईं नेतृत्वको समूहले बिहीबार गरेको प्रदर्शन भने हिंसात्मक बनेको थियो । सुरुमा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता र प्रसाईंका समर्थकबीच झडप भएको थियो । पछि प्रसाईंले ‘अब सहर पस्ने’ भनेपछि उनका समर्थकहरूले बल्खु चोक क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्दा दुुईपटक प्रहरीसँग झडप भएको थियो । 
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन पानीको फोहोरा, १५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोलीसमेत प्रहार गर्नुपरेको थियो । सो क्रममा २३ जना प्रदर्शनकारी र पाँच जना प्रहरी सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP