Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले र दुर्गा प्रसाईंबीच प्रदर्शन होड, आमनेसामने रोक्न निषेधाज्ञा
एमाले र दुर्गा प्रसाईंबीच प्रदर्शन होड, आमनेसामने रोक्न निषेधाज्ञा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर ५, २०८०
RBB RBB
  • विवादित व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेत एकै दिन माइतीघरमा आमनेसामने हुने तयारीपछि स्थानीय प्रशासनले माइतीघरदेखि बानेश्वर क्षेत्रमा ३० दिनसम्म निषेधाज्ञा जारी गरेको छ
  • एमालेले प्रशासनको निर्देशनलाई शिरोपर गर्दै तीनकुनेमा प्रदर्शन राख्ने निधो गर्दा प्रसाईं भने यो निर्णयबाट सरकारविरुद्ध अझ हौसिएका छन्
  • उच्छृंखल गतिविधिलाई राज्यले गम्भीर ढंगले लिनैपर्ने भएकोले निषेधाज्ञा सुझबुझपूर्ण निर्णय भएको सरकारको भनाइ 

काठमाडौं– काठमाडौं जिल्ला प्रशासनले माइतीघरमा सोमबारबाटै ३० दिनसम्मका लागि निषेधाज्ञा जारी गरेपछि नेकपा एमालेले आफ्नो प्रदर्शन तीनकुनेमा गर्ने भएको छ । विवादित व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेत नेतृत्वका छुट्टाछुट्टै समूह एकै दिन माइतीघरमा आमनेसामने हुने तयारीपछि स्थानीय प्रशासनले सम्भावित दुर्घटना रोक्न निषेधाज्ञा जारी गरेको हो ।

यस विषयमा सत्तारुढ दल, प्रधानमन्त्री पुष्पकमल दाहालसमेत तनावमा परेका थिए । प्रधानमन्त्री दाहालले सुरक्षा संयन्त्रसँग पछिल्लो सुरक्षा तयारीबारे ब्रिफिङसमेत लिए । दुई पक्षबीच झडप हुने स्थिति देखिएपछि काठमाडौं प्रशासनले दुवै पक्षसँग छलफल गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको सूचना जारी हुनसाथ एमाले नेता बस्नेतले आफ्नो पार्टीको प्रदर्शन तीनकुनेमा हुने बताएका हुन् ।

‘नेपाल सरकारले सुरक्षाको कारण माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा, सम्मेलन गर्न नदिने निर्णय गरेकोले मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको विशेष कार्यक्रम तीनकुनेमा गरिने सूचना सबैमा जानकारी गराइन्छ,’ काठमाडौं प्रशासनको विज्ञप्तिलगत्तै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् । यसअघि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनस्थल परिवर्तन हुन सक्ने बताएका थिए ।

एमालेको युवा संघ र अनेरास्ववियूले महँगी र मूल्यवृद्धिको विरुद्ध माइतीघरमा प्रदर्शन गर्न लागेको बताएका थिए । राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले पनि विज्ञप्ति जारी गर्दै प्रदर्शन तीनकुनेमा हुने बताएका छन् । एमालेले प्रदर्शनका दिनका लागि ‘मंसिर सात, सबैको साथ, अपराधी र अराजकहरुको पत्तासाफ’ नारासमेत बनाएको छ । प्रसाईं पक्षले भने आजमात्र प्रदर्शनस्थल तय गर्ने जनाएको छ । यद्यपि उनका केही पक्षधरले सरकार निषेधाज्ञा अवज्ञा गर्ने दाबी गरेका छन् ।

पाँच जनाभन्दा बढी भेला हुन नपाइने
काठमाडौं प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको हो । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनका लागि ती क्षेत्रलाई निषेधित घोषणा गरेका हुन् । एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आदेश जारी गरेको हो । 

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो । ‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शनजस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशमा भनिएको छ ।  
सोमबारदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसनलगायत विरोध प्रदर्शन गर्न निषेध गरेको हो । सोमबार प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रसाईं पक्ष र युवा संघ पक्षबीच छलफल गरेका थिए । 

आरोपप्रत्यारोपमा एमाले–प्रसाईं
व्यवसायी प्रसाईं र एमाले नेताबीच एकले अर्कोलाई अपराधी करार गर्दै आरोपप्रत्यारोपमा उत्रेका छन् । सोमबार झापाको सुरङ्गा पुगेर प्रसाईंले एमाले अध्यक्ष ओली देशकै अपराधी भएको आरोप लगाए । ‘केपी ओलीभन्दा अपराधी मान्छे यो मुलुकमा रहेनछ, ज्यान मारेर जेल बसेका मान्छे हुन् उनी,’ प्रसाईंले भने ।

यता एमाले नेता बस्नेतले भने प्रसाईंलाई अपराधी करार गर्दै उनको पछाडि गणतन्त्रविरोधी शक्ति भएको आरोप लगाएका छन् । ‘दुर्गा प्रसाईंका पछाडि गणतन्त्रविरोधी तŒवहरु लागेका छन् । ती तŒवहरु बैंक ठग्ने, लुटेरा र चोरहरू हुन्,’ एमालेका जनसंगठनले काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला समन्वय कमिटीको विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै बस्नेतले भने ।

उनले नेपालमा अब राजतन्त्र फर्कने कुनै सम्भावना नभएको ठोकुवासमेत गरे । प्रसाईंले राजतन्त्र फर्काउने दाबीसमेत गर्दै आएका छन् । यो अभियान सफल हुन नसक्नेसमेत बस्नेतको ठोकुवा रह्यो । ‘७ गते दुर्गा प्रसाईंको आन्दोलनमा, ९ गते राजेन्द्र लिङ्देनको प्रदर्शनमा । पूर्वराजालाई दुईतिर बोकेको छ । राजतन्त्र फर्कने कल्पना नगरे हुन्छ,’ उनले भने ।

प्रसाईंसँग किन डरायो सरकार ? 
सुरक्षा संयन्त्रसँग व्यवसायी प्रसाईंले बढीमा दुई हजार मानिस ल्याउने रिपोर्ट छ । यही रिपोर्ट प्रधानमन्त्री दाहाललाई ब्रिफिङ स्थानीय प्रशासनले गरेको प्रहरी स्रोतले जनायो । तर, सरकार एउटा व्यवसायीसँग डराएर ३० दिनसम्म निषेधाज्ञा जारी गर्नु आफैंमा आश्चर्यको विषय भएको कतिपय बताउँछन् । 

‘शान्तिपूर्ण ढंगले प्रदर्शन गरेमा सरकारले सुरक्षा दिने हो, तर अराजकता मच्चाउने हो भने सरकार पनि चुप लागेर बस्न हुन्न भन्ने नीति थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य भन्छन्, ‘यद्यपि सम्भावित घटनालाई रोक्न सुझबुझपूर्ण निर्णय प्रशासनले गरेको हो ।’ 

सत्तारुढ दल नेपाली कांग्रेसले सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवानिवासमा यस विषयमा छलफल गरेको थियो । प्रदर्शन गर्न पाउनु व्यक्तिको अधिकार भए पनि अराजकता मच्चाउन नहुने नेताहरुबाट राय आएको थियो । तर, एउटा व्यक्तिबाट सरकार किन डराएको हो ? यस प्रश्नमा अर्थमन्त्री डा. प्रकाशशरण महतको जवाफ थियो, ‘लोकतन्त्रमा प्रदर्शन गर्न पाइन्छ ।

यही अधिकारका लागि हामी लडेका थियौं । त्यही अधिकार प्रयोग गरेर त्यही अधिकारलाई निषेध गर्ने गरी हुने उच्छृंखल गतिविधिलाई राज्यले गम्भीर ढंगले लिनैपर्छ । कोही कसैसँग डराउने भन्ने छैन । जनताको अधिकारका लागि हामी सधैं तत्पर हुन्छौं ।’
 


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP