Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा आक्रमण
गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा आक्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ३, २०८०

काठमाडौं– संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । 

विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको जबल्याको अल–फखौरा विद्यालयको भिडियोमा दुई तले भवनको दोस्रो तलामा एउटा कोठामा रगतले लतपतिएका शवहरू देखाइएको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । 

भिडियोमा एउटा कोठामा करिब एक दर्जन शव भुइँमा धुलोले ढाकिएको देखिन्छ । त्यस्तै डेस्कहरू छरिएका र क्षतिग्रस्त भएका छन्, कोठाको एउटा भित्तामा एउटा प्वाल देख्न सकिन्छ । सिएनएनका अनुसार भवनको छाना (धातुको) च्यातिएको र जमिनमा भग्नावशेष देख्न सकिन्छ । 

राष्ट्रसङ्घको राहत तथा कार्य निकाय (युएनआरडब्लुए) का प्रवक्ता जुलिएट टौमाले घटनाको पुष्टि गर्दै मृतकको सङ्ख्या अस्पष्ट रहेको र जानकारी आउन बाँकी रहेको बताए । उनले घटना के कारणले भएको हो वा यसको जिम्मेबार को हो भन्नेबारे पुष्टि गर्न सकेन्न। 

युएनआरडब्लुएले प्यालेस्टिनी शरणार्थी शिविरहरूमा विद्यालयहरू सञ्चालन गर्नुका साथै गाजामा राष्ट्रसङ्घको प्रमुख राहत एजेन्सीका रूपमा काम गर्दछ । सामाजिक सञ्जाल एक्समा तस्बिरहरूलाई ‘डरलाग्दो’ भन्दै युएनआरडब्लुए प्रमुख फिलिप लेजारिनले घटनाको समयमा हजारौँ विस्थापितले त्यहाँ आश्रय लिइरहेको बताए । 

सिएनएनका अनुसार इजराइली सेनाले घटनाको समीक्षा गरिरहेको छ तर कुनै प्रतिक्रिया जनाएको छैन । इजिप्ट र कतारले उक्त घटनाका लागि पहिले नै इजराइलको सैन्य कारबाहीलाई दोष दिएका छन् । इजिप्टको विदेश मन्त्रालयले उक्त घटनालाई ‘बमबारी’ भन्दै यो गाजामा सर्वसाधारणविरुद्ध इजराइली उल्लङ्घनहरूको शृङ्खलामा नयाँ भएको बताएको छ । सिएनएनका अनुसार कतारले राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धानकर्ताहरूलाई गाजा गएर अनुसन्धान गर्न आह्वान गरेको छ । 

युएनआरडब्लुएले उत्तरी गाजामा रहेको आफ्ना विद्यालयमा २४ घन्टामा यो दोस्रो आक्रमण भएको जनाएको छ । जैतुनमा रहेको अर्को विद्यालयमा शुक्रबार आक्रमण भएको थियो । उक्त विद्यालयमा चार हजार मानिसले शरण लिइरहेका थिए । 
 


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP