Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
समाचार
  • Home
  • समाचार
  • नाथमको विज्ञ टोलीद्वारा रैथाने खानाको अनुसन्धान
नाथमको विज्ञ टोलीद्वारा रैथाने खानाको अनुसन्धान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २३, २०८०
RBB RBB

झापा- नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ । पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा आलोक प्रसाइँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।

उक्त टोलीले झापामा पहिलो चरणमा राजबंशी, सन्थाल र जोगी समुदायको जातीय रैथाने खानाको पहिचान गर्ने टोली प्रमुख डा प्रसाइँले बताए । उनका अनुसार मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा जोगी समुदाय, झापा गाउँपालिकामा सन्थाल समुदाय र कचनकबल गाउँपालिकामा राजबंशी समुदायको रैथाने खानाको खोज तथा अनुसन्धान गरेको छ ।

“राजबंशी र जोगी समुदायको अध्ययन र पहिचान पूरा भइसकेको छ,” उनले भने, “अहिले झापा गाउँपालिकामा सन्थाल समुदायको खानाको अध्ययन गरिरहेका छौँ ।” नेपालमा रहेका एक सय ४२ जातिकै रैथाने खानाको अध्ययन गर्ने लक्ष्य लिएको प्रतिष्ठानले कात्तिक महिनाभित्र पहिलो चरणमा ४० वटाभन्दा बढी जातिको खानाको पहिचान गरिसक्ने भएको छ ।

बागमती प्रदेशको १३ वटा, गण्डकी प्रदेशका १२ वटा र मधेस प्रदेशको आठ वटा जातिको रैथाने खानाको पहिचान भइसकेको उनले जानकारी दिए। हाल टोलीले कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम र झापाको केही जातिको रैथाने खानाको अध्ययन गरिरहेको छ । झापाका आदिवासी जातिमध्ये राजबंशी र सन्थालको मौलिक संस्कृति, संस्कार र खाना लोपोन्मूख अवस्थामा पुगिसकेको छ । आधुनिक खानाका परिकारले रैथाने खानालाई लोप हुने अवस्थामा पुर्याएका छन् । राजबंशी जातिको भाकालगायतका रैथाने खाना निकै लोकप्रिय मानिन्छ । 

यस्ता खानेकुरा स्वस्थवद्र्धक र स्वादिला हुने गरेका छन् । टोलीले समुदायको घर आँगनमै पुगेर रैथाने खानाको अध्ययन गरिरहेको मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । मेचीनगर नगरपालिका–४ जोगीडाँडामा जोगी समुदायको ४२ परिवारको बसोबास रहेको र उनीहरुको परम्परागत मौलिक खानेकुरा हराउँदै गएकोमा वडाध्यक्ष कार्कीले चिन्ता व्यक्त गर्नुभयो । “लोप हुन लागेका खानाको सरकारी तहबाटै संरक्षण र खोजी हुनु ज्यादै खुसीको विषय हो”,उनले भने। रैथाने खानाको अध्ययनका लागि सरकारी टोलीले स्थानीय जनप्रतिनिधि र समुदायका पाकासँग गहन छलफल र अनुसन्धान गर्दै आएको छ । 

अध्ययन टोलीले समुदायका ज्येष्ठ नागरिकसँग ६० वर्षअघिको खानाबारे विस्तृतमा सोधपुछ गरेर त्यसको स्वाद, बनाउने तरिका र उपयोगिता बारेमा जानकारी लिने गरेको टोलीका प्रमुख डा प्रसाइँले बताए । नेपाली जातीय रैथाने खानाको पहिचान गरेर किताब प्रकाशित गर्ने र त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गरेर होटलको खाना सूचीमा समावेश गर्न लगाउने योजना रहेको उहाँले जानकारी दिए  ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
चण्डी पूर्णिमा, उँभौली पर्व (चाड) मनाईँदै
चण्डी पूर्णिमा, उँभौली पर्व (चाड) मनाईँदै सोमबार, वैशाख २९, २०८२
आगामी बजेट सात सिद्धान्त, २५ प्राथमिकतामा केन्द्रित
आगामी बजेट सात सिद्धान्त, २५ प्राथमिकतामा केन्द्रित सोमबार, वैशाख २९, २०८२
शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा
शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा सोमबार, वैशाख २९, २०८२
तीन दिनसम्म बुद्ध जयन्ती मनाउने
तीन दिनसम्म बुद्ध जयन्ती मनाउने आइतबार, वैशाख २८, २०८२
लागूऔषध दुर्व्यसनरहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम  सम्पन्न
लागूऔषध दुर्व्यसनरहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम  सम्पन्न आइतबार, वैशाख २८, २०८२
धर्म निरपेक्षता र समावेशी व्यवस्थाको विकल्प छैनः सञ्चारमन्त्री गुरुङ
धर्म निरपेक्षता र समावेशी व्यवस्थाको विकल्प छैनः सञ्चारमन्त्री गुरुङ आइतबार, वैशाख २८, २०८२
प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP