Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • नेता पुगे, राहत पुगेन
नेता पुगे, राहत पुगेन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, कात्तिक २३, २०८०
  • राष्ट्रपति, प्रधानमन्त्रीसहितका नेताहरू भूकम्पको इपिसेन्टर पुगे तर राहत पुग्नै बाँकी
  • एक हजार ७०० घरपरिवार राहतको पर्खाइमा 
  • सुत्केरीहरू खाना खानबाट वञ्चित
  • एकद्वार प्रणालीबाट राहत वितरण हुँदा विलम्ब र झञ्झट
  • अधिकांश राहत सदरमुकाममै थन्किएको गुनासो 

काठमाडौं– हिउँदयाम सुरु भएकाले जाजरकोट सदरमुकाम खलंगामा बिहान बेलुका चिसो छिप्पिँदै गएको छ । यस्तो चिसो मौसममा भूकम्पपीडित चार दिनको सुत्केरी विमला तिरुवा कस्तुरी स्कुल परिसरको टेण्टमा छिन् । एकातिर जाँडो छल्न उनलाई मुस्किल परिरहेको छ भने अर्कातिर दुई दिनदेखि खाना खान पाएकी छैनन् । 

श्रीमान् रुपेशले ल्याइदिएको समोसा खाँदै बिमलाले भनिन्, ‘किनेर खानलाई होटल खुलेको छैन । पकाउनलाई सामान छैन ।’बिमलाको जस्तै समस्या आठ दिनकी सुत्केरी गौरी विकको छ । भेरी नगरपालिका–४ की उनको मुखमा खाना नपरेको तीन दिन भयो । समोसा खाएरै प्राण धानेकी छिन् । उनी भन्छिन्, ‘खानलाई खाना छैन । बस्नलाई त के कुरा गर्ने र ?’

स्थानीय सरकार हुँदाहुँदै राहत वितरणका लागि एकद्वार प्रणालीको नाममा जिल्ला प्रशासन कार्यालयलाई छुट्टै युनिटजस्तो बनाइयो । यो भनेको स्थानीय सरकारलाई अविश्वास गरेको हो । यही कारण इपिसेन्टरकै भूकम्पपीडित राहतविहीन छन् । -वीरबहादुर गिरी, अध्यक्ष, बारेकोट गाउँपालिका जाजरकोट

सदरमुकाम खलंगामै भूकम्पपीडितको यस्तो पीडादायी स्थिति छ । भूकम्प गएको छ दिन बित्यो । तर, अहिलेसम्म बिमला, गौरीलगायत हजारौं भूकम्पपीडितले राहतस्वरूप खाद्यन्न, भाँडाकुँडालगायत अत्यावश्यक मानवीय सहायता पाउन सकिरहेका छैनन् ।जबकि, भूकम्पप्रभावित क्षेत्रमा नेताहरूको घुइँचो नै लाग्यो । भूकम्प गएकै दिन बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर लिएर पुगे । उद्धार कार्यमा खटिए । त्यसपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत संघीय सरकारका अन्य मन्त्रीहरु पुगे । 

Hardik health

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल पनि भूकम्पप्रभावित क्षेत्रको अवलोकनमा पुगे । भूकम्पमा परी घाइते भएकाहरूको जाजरकोट अस्पतालमै दुःखेसो सुने । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरू पनि भूकम्पप्रभावित क्षेत्रमा पुगे । जहाँ पुगेर उद्धार, राहत र पुनःस्थापनाका लागि चर्का कुरा गरे । बुधबारमात्रै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन् । तर, भूकम्पको ‘इपिसेन्टर’ रामीडाँडा क्षेत्रमै राहत अभाव छ । रामीडाँडा बारेकोट गाउँपालिकामा पर्छ ।

उक्त गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार करिब एक हजार ७०० घरपरिवारलाई राहत पुगेको छैन । राहत नपुगेका घरपरिवारका मानिसहरू समस्यामा छन् । उनले एकद्वार प्रणालीमार्फत राहत दिने भन्ने संघीय सरकारको निर्णय अव्यावहारिक भएको बताए । एकद्वार प्रणालीकै कारण भूकम्पपीडितसमक्ष  राहत पु¥याउन ढिलाइ र झञ्झट भएको उनले बताए ।

राहत वितरण प्रभावकारी भइरहेकै छ । आर्थिक मामिलामन्त्रीको कमाण्डमा छ जाजरकोट । कसले कसरी राहत पाएन भने ? म कहाँ त्यस्तो गुनासो आएको छैन ।- राजकुमार शर्मा, मुख्यमन्त्री, कर्णाली प्रदेश

‘अहिलेसम्म राहत दुई हजार ६०० घरपरिवारलाई वितरण ग¥यौं । कुनै पनि परिवार घरभित्र बसेको अवस्था छैन । सबै मानिसलाई राहत पुगेको छैन,’ अध्यक्ष गिरीले प्रभावसँग भने, ‘यसको मुख्य कारण एकद्वार प्रणालीबाट राहत वितरण गर्ने संघीय सरकारको निर्णय हो । यतिसम्मकी बारेकोटका भूकम्पपीडितलाई दिन विभिन्न निकायसँग समन्वय गरेर यहाँ मगाइएको राहत पनि सदरमुकाममा रोक्ने काम भएको छ । जुन खेद्जनक छ ।’

गएको शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले भएका सबैजसो घर ढल्दा बारेकोटले जनधनको ठूलो क्षति बेहोर्नुप¥यो । नजिकका अन्य स्थानीय तहसँगै छिमेकी जिल्ला रुकुम पश्चिममा त्यस्तै क्षति भयो । सल्यान, जुम्लालगायत केही जिल्ला पनि प्रभावित भए । तर, एकद्वार प्रणाली भन्दै राहत सामग्री सदरमुकाम खलंगामा थुपारिएको छ । जिल्ला प्रशासन कार्यालयले बारेकोटमा ३०० थान ब्ल्यांकेट, ३०० थान त्रिपाल र ३५० थान म्याटमात्र पठाइएको छ । अन्य पालिकामा चामल पठाइँदा इपिसेन्टरमा भने अझै खाद्यान्न नपठाइएको अध्यक्ष गिरीले बताए ।

प्रभावित क्षेत्रमा राहत वितरणको काम शनिबार साँझदेखि नै भएको प्रधानमन्त्री दाहाल, गृहमन्त्री श्रेष्ठदेखि कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताएका थिए । उनीहरूले भनेजस्तो राहत भूकम्पपीडितले नपाएको गिरी बताउँछन् ।‘स्थानीय सरकार हुँदाहुँदै राहत वितरणका लागि एकद्वार प्रणालीको नाममा जिल्ला प्रशासन कार्यालयलाई छुट्टै युनिटजस्तो बनाइयो । यो भनेको स्थानीय सरकारलाई अविश्वास गरेको हो,’ उनले भने, ‘यही कारण इपिसेन्टरकै भूकम्पपीडित राहतविहीन छन् ।’ 

राहत नदोहोरिउन्, पीडितहरू नछुटून् र समानुपातिक ढंगले वितरण होस् भनेर एकद्वार प्रणाली अपनाइएको हो ।-नारायणप्रसाद भट्टराई, प्रवक्ता, गृह मन्त्रालय 

भूकम्पको इपिसेन्टर क्षेत्रमा राहत वितरणको नेतृत्व गर्ने जिम्मा कणली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहलाई छ । जिल्लाका अन्य स्थानीय तहमा पनि प्रदेश सांसदहरू नै राहतको संयोजन गर्न खटिएका छन् । रुकुम पश्चिममा पनि सांसदहरूले अग्रसरता लिएका छन् ।तर, अझै जाजरकोट, रुकुम पश्चिमलगायत भूकम्पप्रभावित क्षेत्रका धेरै भूकम्पपीडितले अत्यावश्यक मानवीय सहायता सामग्री राहतस्वरूप पाउन सकिरहेका छैनन् । बरु, जिल्ला प्रशासन कार्यालयहरूमा राहत थुपारिएर राखिएको छ ।

जिल्ला प्रशासन जाजरकोटलाई राहतस्वरूप नौ हजार ९५० थान त्रिपाल, ११ हजार थान ब्ल्यांकेट, कम्बल र सिरक प्राप्त भएको छ । भुइँमा ओछ्याउने पिफर्म एक हजार ८३ रोल पुगेको छ । त्यस्तै, नुन तीन हजार ९०० केजी, दाल चार हजार ६२९ केजी प्राप्त भएको प्रशासनले जनाएको छ । रुकुम पश्चिममा पनि जाजरकोटमा जसरी राहत विभिन्न निकायबाट आएको छ । एकद्वार प्रणालीमार्फत भूकम्पपीडितलाई राहत वितरणमा समस्या भएको स्थानीय सरकारहरूले जनाएका छन् ।  

प्रदेश मुख्यमन्त्री राजकुमार शर्मा भने भूकम्पपीडितले राहत नपाएको भन्ने स्वीकार्न तयार छैनन् । ‘राहत वितरण प्रभावकारी भइरहेकै छ । आर्थिक मामिलामन्त्रीको कमाण्डमा छ जाजरकोट । कसले कसरी राहत पाएन भने ? म कहाँ त्यस्तो गुनासो आएको छैन,’ उनी भन्छन् । 
यद्यपि, खाद्यन्नजस्ता अत्यावश्यकीय सामग्री अभावमा भूकम्पपीडित छन् । जसले गर्दा भूकम्पले घर भत्काउँदा पनि बाँचेका उनीहरूलाई सासका लागि गाँसको अभाव टड्कारो छ ।भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गएको छ ।

मृतक संख्याभन्दा बढी घाइते छन् । विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हजारौं भूकम्पपीडित विस्थापित छन् । खुला आकासमुनि टेण्ट टाँगेर बस्न बाध्य छन् । फेरि, शक्तिशाली पराकम्पहरू रामीडाँडा नै केन्द्रबिन्दु भएर बेलाबेला गइरहेका छन् । यसले थप त्रासदी सिर्जना गरेको छ । यहीबेला के खाउँ के लाउँ भन्ने समस्याले पनि उनीहरूलाई छाडेको छैन । यसको दोष राहत वितरणमा अपनाइएको एकद्वार प्रणालीलाई दिन्छन्, स्थानीय सरकार ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने स्थानीय तहहरूले नै राहत बाँडून् भनेर एकद्वार प्रणाली अपनाइएको बताए । राहत नदोहोरिउन्, पीडितहरू नछुटून् र समानुपातिक ढंगले वितरण होस् भनेर एकद्वार प्रणाली लागू गरिएको उनले प्रस्ट पारे ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP