Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • नेता पुगे, राहत पुगेन
नेता पुगे, राहत पुगेन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, कात्तिक २३, २०८०
  • राष्ट्रपति, प्रधानमन्त्रीसहितका नेताहरू भूकम्पको इपिसेन्टर पुगे तर राहत पुग्नै बाँकी
  • एक हजार ७०० घरपरिवार राहतको पर्खाइमा 
  • सुत्केरीहरू खाना खानबाट वञ्चित
  • एकद्वार प्रणालीबाट राहत वितरण हुँदा विलम्ब र झञ्झट
  • अधिकांश राहत सदरमुकाममै थन्किएको गुनासो 

काठमाडौं– हिउँदयाम सुरु भएकाले जाजरकोट सदरमुकाम खलंगामा बिहान बेलुका चिसो छिप्पिँदै गएको छ । यस्तो चिसो मौसममा भूकम्पपीडित चार दिनको सुत्केरी विमला तिरुवा कस्तुरी स्कुल परिसरको टेण्टमा छिन् । एकातिर जाँडो छल्न उनलाई मुस्किल परिरहेको छ भने अर्कातिर दुई दिनदेखि खाना खान पाएकी छैनन् । 

श्रीमान् रुपेशले ल्याइदिएको समोसा खाँदै बिमलाले भनिन्, ‘किनेर खानलाई होटल खुलेको छैन । पकाउनलाई सामान छैन ।’बिमलाको जस्तै समस्या आठ दिनकी सुत्केरी गौरी विकको छ । भेरी नगरपालिका–४ की उनको मुखमा खाना नपरेको तीन दिन भयो । समोसा खाएरै प्राण धानेकी छिन् । उनी भन्छिन्, ‘खानलाई खाना छैन । बस्नलाई त के कुरा गर्ने र ?’

स्थानीय सरकार हुँदाहुँदै राहत वितरणका लागि एकद्वार प्रणालीको नाममा जिल्ला प्रशासन कार्यालयलाई छुट्टै युनिटजस्तो बनाइयो । यो भनेको स्थानीय सरकारलाई अविश्वास गरेको हो । यही कारण इपिसेन्टरकै भूकम्पपीडित राहतविहीन छन् । -वीरबहादुर गिरी, अध्यक्ष, बारेकोट गाउँपालिका जाजरकोट

सदरमुकाम खलंगामै भूकम्पपीडितको यस्तो पीडादायी स्थिति छ । भूकम्प गएको छ दिन बित्यो । तर, अहिलेसम्म बिमला, गौरीलगायत हजारौं भूकम्पपीडितले राहतस्वरूप खाद्यन्न, भाँडाकुँडालगायत अत्यावश्यक मानवीय सहायता पाउन सकिरहेका छैनन् ।जबकि, भूकम्पप्रभावित क्षेत्रमा नेताहरूको घुइँचो नै लाग्यो । भूकम्प गएकै दिन बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर लिएर पुगे । उद्धार कार्यमा खटिए । त्यसपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत संघीय सरकारका अन्य मन्त्रीहरु पुगे । 

Hardik health

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल पनि भूकम्पप्रभावित क्षेत्रको अवलोकनमा पुगे । भूकम्पमा परी घाइते भएकाहरूको जाजरकोट अस्पतालमै दुःखेसो सुने । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताहरू पनि भूकम्पप्रभावित क्षेत्रमा पुगे । जहाँ पुगेर उद्धार, राहत र पुनःस्थापनाका लागि चर्का कुरा गरे । बुधबारमात्रै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन् । तर, भूकम्पको ‘इपिसेन्टर’ रामीडाँडा क्षेत्रमै राहत अभाव छ । रामीडाँडा बारेकोट गाउँपालिकामा पर्छ ।

उक्त गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार करिब एक हजार ७०० घरपरिवारलाई राहत पुगेको छैन । राहत नपुगेका घरपरिवारका मानिसहरू समस्यामा छन् । उनले एकद्वार प्रणालीमार्फत राहत दिने भन्ने संघीय सरकारको निर्णय अव्यावहारिक भएको बताए । एकद्वार प्रणालीकै कारण भूकम्पपीडितसमक्ष  राहत पु¥याउन ढिलाइ र झञ्झट भएको उनले बताए ।

राहत वितरण प्रभावकारी भइरहेकै छ । आर्थिक मामिलामन्त्रीको कमाण्डमा छ जाजरकोट । कसले कसरी राहत पाएन भने ? म कहाँ त्यस्तो गुनासो आएको छैन ।- राजकुमार शर्मा, मुख्यमन्त्री, कर्णाली प्रदेश

‘अहिलेसम्म राहत दुई हजार ६०० घरपरिवारलाई वितरण ग¥यौं । कुनै पनि परिवार घरभित्र बसेको अवस्था छैन । सबै मानिसलाई राहत पुगेको छैन,’ अध्यक्ष गिरीले प्रभावसँग भने, ‘यसको मुख्य कारण एकद्वार प्रणालीबाट राहत वितरण गर्ने संघीय सरकारको निर्णय हो । यतिसम्मकी बारेकोटका भूकम्पपीडितलाई दिन विभिन्न निकायसँग समन्वय गरेर यहाँ मगाइएको राहत पनि सदरमुकाममा रोक्ने काम भएको छ । जुन खेद्जनक छ ।’

गएको शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले भएका सबैजसो घर ढल्दा बारेकोटले जनधनको ठूलो क्षति बेहोर्नुप¥यो । नजिकका अन्य स्थानीय तहसँगै छिमेकी जिल्ला रुकुम पश्चिममा त्यस्तै क्षति भयो । सल्यान, जुम्लालगायत केही जिल्ला पनि प्रभावित भए । तर, एकद्वार प्रणाली भन्दै राहत सामग्री सदरमुकाम खलंगामा थुपारिएको छ । जिल्ला प्रशासन कार्यालयले बारेकोटमा ३०० थान ब्ल्यांकेट, ३०० थान त्रिपाल र ३५० थान म्याटमात्र पठाइएको छ । अन्य पालिकामा चामल पठाइँदा इपिसेन्टरमा भने अझै खाद्यान्न नपठाइएको अध्यक्ष गिरीले बताए ।

प्रभावित क्षेत्रमा राहत वितरणको काम शनिबार साँझदेखि नै भएको प्रधानमन्त्री दाहाल, गृहमन्त्री श्रेष्ठदेखि कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताएका थिए । उनीहरूले भनेजस्तो राहत भूकम्पपीडितले नपाएको गिरी बताउँछन् ।‘स्थानीय सरकार हुँदाहुँदै राहत वितरणका लागि एकद्वार प्रणालीको नाममा जिल्ला प्रशासन कार्यालयलाई छुट्टै युनिटजस्तो बनाइयो । यो भनेको स्थानीय सरकारलाई अविश्वास गरेको हो,’ उनले भने, ‘यही कारण इपिसेन्टरकै भूकम्पपीडित राहतविहीन छन् ।’ 

राहत नदोहोरिउन्, पीडितहरू नछुटून् र समानुपातिक ढंगले वितरण होस् भनेर एकद्वार प्रणाली अपनाइएको हो ।-नारायणप्रसाद भट्टराई, प्रवक्ता, गृह मन्त्रालय 

भूकम्पको इपिसेन्टर क्षेत्रमा राहत वितरणको नेतृत्व गर्ने जिम्मा कणली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहलाई छ । जिल्लाका अन्य स्थानीय तहमा पनि प्रदेश सांसदहरू नै राहतको संयोजन गर्न खटिएका छन् । रुकुम पश्चिममा पनि सांसदहरूले अग्रसरता लिएका छन् ।तर, अझै जाजरकोट, रुकुम पश्चिमलगायत भूकम्पप्रभावित क्षेत्रका धेरै भूकम्पपीडितले अत्यावश्यक मानवीय सहायता सामग्री राहतस्वरूप पाउन सकिरहेका छैनन् । बरु, जिल्ला प्रशासन कार्यालयहरूमा राहत थुपारिएर राखिएको छ ।

जिल्ला प्रशासन जाजरकोटलाई राहतस्वरूप नौ हजार ९५० थान त्रिपाल, ११ हजार थान ब्ल्यांकेट, कम्बल र सिरक प्राप्त भएको छ । भुइँमा ओछ्याउने पिफर्म एक हजार ८३ रोल पुगेको छ । त्यस्तै, नुन तीन हजार ९०० केजी, दाल चार हजार ६२९ केजी प्राप्त भएको प्रशासनले जनाएको छ । रुकुम पश्चिममा पनि जाजरकोटमा जसरी राहत विभिन्न निकायबाट आएको छ । एकद्वार प्रणालीमार्फत भूकम्पपीडितलाई राहत वितरणमा समस्या भएको स्थानीय सरकारहरूले जनाएका छन् ।  

प्रदेश मुख्यमन्त्री राजकुमार शर्मा भने भूकम्पपीडितले राहत नपाएको भन्ने स्वीकार्न तयार छैनन् । ‘राहत वितरण प्रभावकारी भइरहेकै छ । आर्थिक मामिलामन्त्रीको कमाण्डमा छ जाजरकोट । कसले कसरी राहत पाएन भने ? म कहाँ त्यस्तो गुनासो आएको छैन,’ उनी भन्छन् । 
यद्यपि, खाद्यन्नजस्ता अत्यावश्यकीय सामग्री अभावमा भूकम्पपीडित छन् । जसले गर्दा भूकम्पले घर भत्काउँदा पनि बाँचेका उनीहरूलाई सासका लागि गाँसको अभाव टड्कारो छ ।भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको ज्यान गएको छ ।

मृतक संख्याभन्दा बढी घाइते छन् । विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ । हजारौं भूकम्पपीडित विस्थापित छन् । खुला आकासमुनि टेण्ट टाँगेर बस्न बाध्य छन् । फेरि, शक्तिशाली पराकम्पहरू रामीडाँडा नै केन्द्रबिन्दु भएर बेलाबेला गइरहेका छन् । यसले थप त्रासदी सिर्जना गरेको छ । यहीबेला के खाउँ के लाउँ भन्ने समस्याले पनि उनीहरूलाई छाडेको छैन । यसको दोष राहत वितरणमा अपनाइएको एकद्वार प्रणालीलाई दिन्छन्, स्थानीय सरकार ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने स्थानीय तहहरूले नै राहत बाँडून् भनेर एकद्वार प्रणाली अपनाइएको बताए । राहत नदोहोरिउन्, पीडितहरू नछुटून् र समानुपातिक ढंगले वितरण होस् भनेर एकद्वार प्रणाली लागू गरिएको उनले प्रस्ट पारे ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु मंगलबार, साउन १९, २०८३
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP