Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्तारुढ दल नै लोकप्रिय बन्ने होडमा
सत्तारुढ दल नै लोकप्रिय बन्ने होडमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २०, २०८०

काठमाडौं– जाजरकोट भूकम्पप्रभावित क्षेत्रमा पुराना दलहरु नै लोकप्रिय कार्यक्रममा केन्द्रित भएका छन् । सत्तारुढ दल नै सरकारी सहयोगभन्दा पहिले दलको राहत घोषणा गर्न उछिनपाछिनमा उत्रिएका देखिन्छन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रमात्र हैन, प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलेसमेत भूकम्पपीडितलाई सघाउन भारी रकमको घोषणा गरेको छ । पुराना दलको यो घोषणाले लोकप्रिय कार्यक्रम अघि सारेर उदाएका साना दल भने छायामा परेका छन् ।

कांग्रेसको महासमिति बैठक स्थगित, राहतमा विशेष ध्यान
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको भोलिपल्टै ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिदिने घोषणा गरेको छ । त्यसपछि पनि कांग्रेसले दिनानुदिन नयाँ घोषणा गर्दै आएको छ ।शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण देखाउँदै शनिबार कांग्रेसले सरकारी राहत कोषमा ५० लाख योगदान दिने घोषणा गरेको थियो ।

शनिबारै कांग्रेसले अर्को विज्ञप्ति जारी गर्दै तिहारअघिका सम्पूर्ण कार्यक्रम रद्द गर्ने निर्णय ग¥यो । कांग्रेसले बुधबार देशको पछिल्लो आर्थिक स्थितिबारे मन्थन गर्न देशभर ‘इकोनोमिक कन्क्लेभ’ गर्ने यसअघि नै निर्णय गरेको थियो । तर भूकम्पको कारण देखाउँदै कांग्रेसले यो कार्यक्रम अनिश्चितकालका लागि स्थगित राखेको छ । 

‘पार्टीको सम्पूर्ण ध्यान भूकम्पप्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नू÷गराउनू हुन नेपाली कांग्रेस निर्देश गर्दछ,’ पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार कांग्रेसले महासमिति बैठक सार्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसले यसअघि मंसिर १५ गते काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । आइतबारको बैठकले महासमिति मंसिर २९ गतेबाट सुरु हुनेगरी मिति परिवर्तन गरेको पार्टी प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

‘कांग्रेस महासमितिको बैठक अब मंसिरको २९, ३० र पुसको १ र २ गते गोदावरीमा हुनेछ । हल अभावका कारणले पनि हो,’ उनले भने ।भूकम्पपीडितका लागि कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै, पार्टीका सदस्यहरुलाई सहयोग गर्न आग्रह गरिएको छ । उक्त  रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने संयोजक विश्वकर्माले बताए । प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापन सँगसँगै सबै काम गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको उनले बताए । विश्वकर्माका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्पग्रस्त क्षेत्रमा खट्ने छन् । 

‘भूकम्पपीडितलाई राहत वितरणमा अनियमितता र पक्षपात नहोस् भनेर सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ विश्वकर्माले भने, ‘यी समग्र विषय र भूकम्प गएका क्षेत्र अवलोकनसहित कामहरू गर्न महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन र सहजीकरण समिति बनाउने निर्णय भएको छ ।’

कांग्रेस सांसदहरुले आफ्नो आधा महिनाको तलबसमेत राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । अहिले प्रतिनिधिसभामा ८८ र राष्ट्रिय सभामा १० गरी ९८ सांसद कांग्रेसका छन् । प्रत्येक सांसदबाट करिब ३३ हजार रुपैयाँ जम्मा हुँदा ३२ लाख रुपैयाँ कोषमा जाने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘केन्द्रीय कार्यसम्पादन समितिले संघीय सांसदको आधा महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो,’ लेखकले भने ।

नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले पनि कर्णालीका भूकम्पप्रभावितका लागि कर्मचारीहरुको तर्फबाट आर्थिक सहयोग गर्ने भएको छ । युनियनको आइतबार बसेको आकस्मिक बैठकले प्रभावितहरुको तत्काल राहतका लागि संगठनको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ राहत पठाउने निर्णय भएको सचिव झविन्द्र पोखरेलले बताए ।

यसैगरी, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी (नेवि)संघले पनि भूकम्पपीडितलाई सघाउन केन्द्रीय सदस्यबाट जनही एक हजार रूपैयाँ उठाएर सात लाख ११ हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ । नेविसंघ केन्द्रीय समितिमा ७११ जना सदस्य छन् ।
 
माओवादी पनि छैन कम
भूकम्पपीडितलाई सघाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन देखिन्छ । तर सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि लोकप्रिय कार्यक्रमतिर अघि सरेको छ । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले पीडितलाई पार्टीको कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए । यस्तै माओवादीले राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ । 

‘बैठकले पीडितहरूको राहतका लागि ५० लाख रुपैयाँ दिने निर्णय भएको छ । सबै प्रदेश कमिटीसँग समन्वय गर्न महासचिव देव गुरुङजीलाई जिम्मेवारी दिएको छ,’ साहले भने ।त्यसो त माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पग्रस्त क्षेत्रमा आफैं खटिएका थिए । भूकम्पग्रस्त क्षेत्रमा प्रधानमन्त्री दाहाल शनिबार बिहानै पुगेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसहित पार्टीका नेता कार्यकर्ता पनि भूकम्पपीडितको उद्धारमा खटिएका थिए ।

भूकम्पको क्षेत्रमा काम गर्ने नेसनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी (एनसेट)का अध्यक्ष डा. आमोदमणि दीक्षित भने प्रधानमन्त्रीजस्तो व्यक्ति गाउँ पुग्नुभन्दा स्थानीय सरकारलाई नै काम गर्न दिनुपर्ने बताउँछन् । ‘स्थानीय सरकार छ । प्रधानमन्त्री ठूलो मान्छे, त्यहाँ पुग्दा सर्वसाधारण आत्तिन सक्छ । त्यहीका जनप्रतिनिधिसँग सहज मान्छन् स्थानीयले,’ डा. दीक्षितले भने । माओवादीमात्र हैन नेकपा माओवादी विप्लव सीलेसमेत भूकम्पपीडितका लागि एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

राप्रपाले २५ लाख दिने, बाबुरामको पार्टीले १० लाख
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

यसका लागि राप्रपाका संघीय सांसद र प्रदेशसभा सदस्यहरूको एक महिनाको तलब लिइने राप्रपाले जनाएको छ ।यता डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा १० लाख रुपैयाँ दिने भएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको तर्फबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको नेता विश्वदीप पाण्डेले बताए ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रञ्जिताको घुस प्रकरणले विवादमा नागरिक उन्मुक्ति
रञ्जिताको घुस प्रकरणले विवादमा नागरिक उन्मुक्ति मंगलबार, साउन १३, २०८२
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP