Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • पुर्ख्याैली नाच जोगाउँदै ज्येष्ठ नागरिक
पुर्ख्याैली नाच जोगाउँदै ज्येष्ठ नागरिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १९, २०८०

बेनी – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जनजाति समुदायको बाहुल्यता रहेको छ । यहाँका स्थानीय पुर्ख्याैली संस्कृतिका रुपमा रहेको मादले मारुनी नाच र सोरठी भाका संरक्षणमा जुटेका छन् । 

वडा नं ३ को हरेक टोल र बस्तीस्तरमा पुर्ख्याैली समूह छन् । भकिम्लीका डोले, चिनाखेत, मुसुङ, राखु लगायतका बस्तीमा पुर्ख्याैली समूह गठन गरेर स्थानीयवासी मौलिक संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । गाउँमा हुने सार्वजनिक कार्यक्रममा अतिथिको स्वागतमासमेत उनीहरुले पुर्ख्याैली नाचलाई प्रदर्शन गर्दै आएका छन् । 

स्थानीय ८८ वर्षीय तुलबहादुर पुनले ३६ वर्ष मादले र ३६ वर्ष मारुनीको भूमिकामा पुर्ख्याैली नाच नाचे । बुढ्यौली लागेपछि उहाँले अहिले सोरठी गाउन थालेका छन्। गाउँमा हुने सांस्कृतिक कार्यक्रममा पुन सोरठी गाउन पुग्ने गरेका छन् ।

दसैँ–तिहार, नयाँ वर्षलगायतको अवसरमा गाउँमा नियमित रुपमा पुर्ख्याैली नाच देखाउँदै आएका यहाँका स्थानीयवासीले बच्चा जन्मिएपछि नाम राख्ने दिन, भात खुवाउने, छेवर र न्वारन तथा विवाहमासमेत पुख्यौली नाच देखाउँदै आएका अग्रज कलाकार लक्षु पुनले बताए । 

“सुरुमा नाच देखाउनुअघि सोरठी भाकामा सरस्वती जगाउने गरिन्छ । मादलको तालमा सोरठीको भाकाको कम्पनले कतिपय काम्ने गर्छन् । सरस्वती जागेर कामेकालाई मादलकै तालले फेरि सामान्य अवस्थामा फर्काउने गर्छौँ”, उनले भने । पुनका अनुसार सोरठी भाकामा देविदेवताका कथादेखि मायाप्रेम र सदभावका टुक्का गीतमार्फत गाउने गरिन्छ । 

बाह्य संस्कृतिको प्रभावले मौलिक संस्कृति हराएर जाने जोखिम बढेपछि भकिम्लीमा वृद्धवृद्धासमेत पुर्ख्याैली संस्कृति जगेर्ना गर्न लागिपरेका ७८ वर्षीय कुविर थापामगरले बताए। युवायुवतीले पुर्ख्याैली नाच र सोरठी गाउन सिके पनि उनीहरु विदेश पलायन हुने भएकाले ज्येष्ठ नागरिक नै संस्कृति जगेर्नामा लागेको उनको भनाइ थियो ।

“हामीले सानै उमेरदेखि रहर नै रहरमा नाच्न र गाउन सिकेका हौँ । अहिले नयाँ पुस्तालाई जोडबल गरेर संस्कृतिको पुस्ता हस्तान्तरण गर्नुपर्ने अवस्था आएको छ”, मगरले भने, “नयाँलाई सिकाउँछौँ तर सिकेका युवायुवती विदेश पलायन हुने भएकाले संस्कृति हस्तान्तरणमा चुनौती थपिएको छ ।”

भकिम्लीका ६५ वर्षीय जीतबहादुर थापाले पनि गाउँमा पुर्ख्याैली नाच देखाउँदा मादलेको भूमिकामा आफूलाई निरन्तर सहभागी गराउँदै आएका छन्। आफ्नो बुबा र बाजेहरुको अनुशरण गर्दै आफूले पनि मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्याैली नाचलाई निरन्तरता दिएको उनको भनाइ थियो ।

पुर्ख्याैली नाचमा मादलेको भूमिकामा पुरुष नै हुन्छन् भने पुरुष नै महिलाको वेषमा सजिएर मारुनी बन्ने गर्छन् । महिलाले सोरठी भाका गाउने र पुरुष मादले र मारुनी बनेर नाच देखाउने प्रचलन छ । पुरुष कोहीकाहीँ महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ््यौरा, माला, हातमा रैयाले सिँगारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा÷टोपी, भोटो, खादी, भाङ्ग्रा पहिरिएर कम्मरमा मादल भिरेर मादले बनेकाले मादले मारुनी नाच देखाउँछन् ।

पुर्ख्याैली नाचलाई पुस्तान्तरण गर्नका लागि हरेक पुर्ख्याैली समूहलाई मादले मारुनी नाचमा युवापुस्तालाई सहभागी गराउन अनुरोध गरिएको बेनी–३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए । गाउँमा आयोजना हुने विभिन्न सार्वजनिक कार्यक्रम, विवाह, क्षवर र छैटौँका साथै धार्मिक पर्वमा सोरठी भाकासहित मादले र मारुनी नाच देखाउने प्रचलन रहेको उनको भनाइ थियो ।

प्रवासबाट आउने लाहुरे, भ्रमणमा आउने पर्यटक र अतिथिको स्वागतमा पुर्ख्याैली नाच प्राथमिकतामा पर्ने गरेको स्थानीय ७४ वर्षीय मनबहादुर पुनले बताए । उनका अनुसार तिहारको अवसरमा खेलिने देउसी भैलोमासमेत पुर्ख्याैलीलाई समावेश गर्ने गरिन्छ । सात वर्षको उमेरदेखि नै पुर्ख्याैली नाच्न थालेको भन्दै यसमा आफू सहभागी हुन पाउँदा गौरवको महसुस हुने गरेको उनको भनाइ थियो ।

“केही वर्ष अघिसम्म यो नाच हराउछ कि भन्ने डर थियो । हिजोआज युवायुवती पनि यो नाच नाच्न तयार भएका छन्”, पुनले भने, “संस्कृति सिक्न नयाँ पुस्ता अग्रसर भएकाले पनि संस्कृति हस्तान्तरण हुनेमा विश्वस्त बनेका छौँ ।” मादलको तालमा गीत गाउँदा मादले मारुनी मात्रै नभएर अरु पनि नाच्ने गर्छन् । उहाँका अनुसार पुर्ख्याैली नाच देखाउने हरेक समूहमा नाच देखाउने मादले मारुनीसहित सोरठी गाउने कलाकारसहित १५ जनाभन्दा बढी कलाकार सहभागी हुने गर्छन् । 

सोरठी भाकाको गीत र मादले मारुनी नाच सात दिन र रातिसम्म पनि नसकिने भएकाले समय, अवस्था र परिस्थिति हेरर यो नाच देखाउने गरिन्छ । 
 


प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP