Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक १७, २०८०

धुलिखेल - पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउ  समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले आज ‘प्राचीन स्मारकको संरक्षण र प्रवर्द्धनमा स्थानीय बासिन्दाको दायित्व र भूमिका विषय’मा अन्तरक्रिया आयोजना गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले प्राचीन स्मारक क्षेत्रका बासिन्दा नै पूर्णरुपमा नलागेसम्म विश्व सम्पदामा सूचीकृत गर्न सम्भव नहुने बताए । सो क्षेत्रभित्रका नागरिकको धेरै गुनासो आउने गरेको छ भन्दै उनले संरक्षण क्षेत्रको संवद्र्धन र प्रवर्द्धनको पहिलो दायित्व स्थानीय बासिन्दामै रहने उल्लेख गरे ।

“स्थानीय बासिन्दाको संलग्नताबिना काम बन्दैन”, सचिव श्रेष्ठले भने, “यस क्षेत्रको मुख्य समस्या के हो, किन काम अगाडि बढ्न सकेन भनेर छलफल अगाडि बढाउने जिम्मा यहीँका बासिन्दाले गर्नुपर्छ ।” सो क्रममा उनले निजी घर र सम्पत्ति पनि सम्पदा हुन सक्ने भएकाले संरक्षित क्षेत्रमा पुरातत्व विभागले तोकेको मापदण्डअनुसारका घर बनाउन सुुझाव दिए ।

Hardik health

संस्कृतिविज्ञ विधुप्रकाश कायस्थले सम्पदाका बारेमा विश्वसामु चिनाउनका लागि पनि विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक रहेकाले  समुदायमा आधारित भएर छलफल गरी यसलाई छिट्टै सूचीकृत गराउन आवश्यक रहेको बताए । नेपाल आफैँ पनि विश्वसम्पदा सूचीमा सूचिकृत देश भए पनि सदस्य राष्ट्रहरुबाट भोटिङ गरेर निर्णय हुने भएका कारण त्यसमा नेपाल सरकारका तर्फबाट पहल गर्न आवश्यक रहेकामा उनले जोड दिए  । प्रक्रिया पूरा गरेर पेस गरेपछि पहल गर्न आवश्यक देखिएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको विज्ञ कायस्थको भनाइ थियो  ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत किन गर्नुपर्ने र त्यसमा समुदाय, सङ्घसंस्था र स्थानीय सरकारका भूमिका के कस्तो हुने भन्ने विषयमा सबैलाई जानकारी हुन आवश्यक रहेकाले समुदायस्तरमै गएर छलफल सुरु गरिएको जानकारी दिए  । सूचीकृत हुनु ठूलो कुरा नभएर निरन्तरता दिनु ठूलो कुरा भएको र त्यसको जिम्मेवारी समुदायमै हुने भएकाले समुदायस्तरबाट देखिने र नदेखिने सम्पदाको संरक्षण कसरी गर्न सकिन्छ र भूमिका के कस्तो हुनुपर्छ भन्ने विषयमा अन्तरक्रिया थालिएको उनले बताए ।

उपप्रमुख गीता बञ्जाराले विश्वसम्पदा सूचीमा सूचीकृत हुनका लागि बनाइएको घर, मठमन्दिर पुनःनिर्माण गर्दा सम्पदा मैत्री भयो भएन भनेर खोज्ने र समीक्षा गरिने भएकाले स्थानीय बासिन्दालाई समेत राखेर छलफल अगाडि बढाइएको बताए ।  स्थानीय समाजसेवी श्यामसुन्दर सैँजुले प्राचीन पनौती र विश्वसम्पदा सूचीमा सूचीकृत गराउने मापदण्डको विषयमा छलफल गरिरहँदा नयाँ पुस्ताले बदलिँदो परिस्थिति अनुसारको परिवर्तन खोज्ने, त्यसैमा रम्ने र पुरानो संरचना अस्वीकार गर्ने प्रवृत्ति बढ्दै गएका कारण पुरानो पनौती बजार सुनसान बन्दै गएको बताए ।

त्यसका लागि मानव बसोबास सहितको पनौती चाहेको भए युवा पुस्ताले पनि बस्नयोग्य बस्ती निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको र  त्यसतर्फ नगरपालिका, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभाग लगायतको ध्यान जानुपर्नेमा जोड दिए ।

विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रयास गरेको करिब २७ वर्ष बितिसक्दा पनि अझै सूचीकृत हुन नसकेको भन्दै पनौतीलाई छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने माग गर्दै नगरपालिकाको नेतृत्वमा सरोकारवालाहरुले पटक पटक सम्बन्धित निकायमा घच्घच्याउने काम गर्दै आइरहेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सङ्घसंस्था र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP