Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • भाषा आयोगमा कार्यक्रमतर्फ शून्य बजेट, पदाधिकारी/कर्मचारी कामविहीन
भाषा आयोगमा कार्यक्रमतर्फ शून्य बजेट, पदाधिकारी/कर्मचारी कामविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक १७, २०८०

काठमाडौं - भाषा आयोगका लागि चालु आर्थिक वर्षमा कार्यक्रमतर्फ कुनै बजेट विनियोजन नभएपछि लोपोन्मुख भाषाको अध्ययन, अभिलेख, संरक्षणलगायत कार्य प्रभावित भएका छन् । कार्यक्रमतर्फ बजेट नहुँदा आयोगका आठ पदाधिकारी र ४९ कर्मचारी कामविहीन जस्तै भएका छन् ।

नेपालको संविधान जारीपछि स्थापित आयोगमा सदस्य नियुक्त नहुँदा सुरुका चार वर्ष अध्यक्ष डा लवप्रसाद अवस्थीको एकल नेतृत्वमा क्षेत्रगत काममा आधारभूमि तयार भएको थियो भने हाल अध्यक्ष अध्यक्ष डा गोपाल ठाकुर र सात सदस्य पूर्ण भएपछि कार्यक्रम र बजेट शून्य हुनु विडम्बनापूर्ण भएको आयोगका पदाधिकारीको गुनासो छ । 

आर्थिक मन्दीका कारण हरेक निकाय र क्षेत्रमा नेपाल सरकारको बजेट कटौती भए पनि केही न केही कार्यक्रम र बजेट विनियोजन हुने गरेकामा यस आयोगलाई कार्यक्रमतर्फ शून्य बजेट हुनु आफूहरुका लागि आश्चर्यको विषय बनेको अध्यक्ष डा ठाकुरले बताए। आयोगले बजेट नहुँदा शब्द संकलन, शब्दकोष निर्माण र व्याकरण लेखन कार्यसमेत प्रभावकारीरुपमा सञ्चालन गर्न नसकिएको आफ्नो सातौँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

यस्तै साधनस्रोतको अभावमा भाषिक सर्वेक्षण, मातृभाषाको प्रयोगको सम्भव्यता अध्ययन, विद्यालयमा भाषिक नक्सांकन, लोकवार्ता संकलन, समाज भाषा वैज्ञानिक सर्वेक्षण, नेपाली भाषाको अध्ययन, शास्त्रीय भाषाको अध्ययन, नेपालमा प्रचलित लिपिहरुको अध्ययन, सांकेतिक भाषासम्बन्धी कार्यक्रम, भाषासम्बन्धी प्रचारमुखी श्रव्यदृश्य सामग्री, भाषिक इतिहास लेखन, भाषिक पाठ संकलन, भातृभाषाका शिक्षका लागि पाठ्यसामग्री निर्माण, विगतका अध्ययनहरुको प्रकाशन र प्रबोधीकरणका काम हुन सकेका छैनन् । 

आयोगको पाँचवर्षे रणनीतिक मार्गचित्रमा परेको आदिवासी भाषाहरुको अन्तर्राष्ट्रिय दशक कार्यान्वयनसम्बन्धी कार्यक्रम र प्रदेशहरुमा सरकारी कामकाजको भाषाको प्रयोगमा सहजीकरण गर्न पनि कठिनाइ भएको छ । “चालु आर्थिक वर्षमा आयोगलाई कार्यक्रमका लागि कुनै बजेट विनियोजना छैन । हालसम्म आएको छैन । सम्पर्क मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयमा पटक–पटक भनेका छौँ । कतैबाट केही मिल्छ कि भन्ने आशा राखेका छौँ । मन मारिसकेका छैनौँ”, अध्यक्ष डा ठाकुरले रासससँग भने, “आयोगको यस दुरावस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभागीय मन्त्री सुदन किराँतीलगायतलाई पनि आग्रह गरिएको छ । प्रधानमन्त्री दाहालले केही गरौँला भन्नुभएको छ ।” 

उनले प्रदेशमा आयोगको पनि शाखा खोल्ने र त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरी कोसिस गरिएको र तृभाषा शिक्षाको कार्यान्वयनका लागि स्थानीय तहमार्फत सकारात्मक काम भएको जनाउँदै सरकारदेखि सरकारसम्म हातेमालो गर्न आफूहरु प्रयत्नशील रहेको बताए । 

आयोगले गत असोज १४ गते राष्ट्रपति पौडेलसमक्ष सातौँ वार्षिक प्रतिवेदन बुझाएको थियो । आयोगमा आर्थिक वर्ष २०७९÷८० का लागि पूँजीगत खर्च रु लाख ८० हजार रहेकामा रु ९४ लाख ४१ हजार दुई सय ९० (९५ दशमलव २७ प्रतिशत) खर्च भएको छ । उक्त आर्थिक वर्षमा चालु वर्ष रु पाँच करोड २२ लाख १६ हजार विनियोजित भएकामा चार करोड ७९ लाख ४० हजार तीन सय २२ (९१ दशमलव ८१ प्रतिशत) खर्च भएको छ ।

आयोगका प्रवक्ता कमला भण्डारी पाण्डेले कार्यक्रमका लागि बजेट शून्य भएकाले प्रशासनिक खर्च र तलब भत्तामा मात्र खर्च हुने गरेको र वार्षिक प्रतिवेदन बुझाई सकिएपछि आफूहरुलाई खास काम नभएको बताए । उनले यस आर्थिक वर्षका लागि पूँजीगत (कार्यक्रम) तर्फ न्यूनतम् रु तीन करोड बजेट मागिए पनि शून्य बजेट परेको गुनासो गरे। बजेट ल्याउने विषयमा पदाधिकारीहरुले माथिल्लो तहबाट पहल भइरहेको उल्लेख गर्दै उनले आफूहरु विना बजेटमा नयाँ काम गर्न नसक्ने भएकाले दैनिक कार्यालय आउने, हाजिर गर्ने र बस्ने गरेको स्वीकारे । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना महाशाखाका उपसचिव कृष्णकुमारी श्रेष्ठले उक्त आयोगका लागि प्राप्त बजेट सीमाबमोजिम बजेट प्रविष्ट गरी अर्थ मन्त्रालयमा पठाइए पनि अनिवार्य दायित्य धेरै भएकाले कार्यक्रमतर्फ बजेट उपलब्ध नभएको स्पष्ट गरे। उनले कार्यक्रमका लागि थप बजेट निकासा गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएम कुनै शीर्षकबाट रकमान्तर हुन सक्ने बताए ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या एक सय २४ छ । नेपालको संविधानको धारा, २८७ बमोजिम स्थापित आयोगले संविधान र भाषा आयोग ऐन, २०७४ बमोजिम आफ्ना कार्यहरू सम्पादन गर्दै आएको छ ।  आयोगले सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू उल्लेख गरी भाषाहरूको सिफारिस गर्ने, नेपालका भाषाहरूको संरक्षण, संवद्र्धन र विकासका लागि सिफारिस गर्ने, मातृभाषाहरूको स्तर मापन गरी शिक्षामा प्रयोग सम्भाव्यतासम्बन्धी सुझाव दिने र भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमनसित सम्बन्धित काम कारबाहीका बारेमा सिफारिस गर्ने कार्य गर्दै आएको छ ।  नेपाल सरकारबाट २०७३ भदौ २३ गते सो आयोगको गठन भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP