Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पञ्चायतहुँदै गणतन्त्रसम्म चियापान
पञ्चायतहुँदै गणतन्त्रसम्म चियापान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १६, २०८०
नेकपा एमालेले बडादसैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा बुधबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी नेताहरु । तस्बिर :रासस

 

  • पञ्चायतकालमा बिपीले सत्ताधारीको मनशाय बुझ्न, कांग्रेसप्रति जनताको चाहना बुुझ्न र कांग्रेसले उठाएको मुद्दालाई कूूटनीतिक नियोगका प्रतिनिधिहरूमार्फत अन्तर्राष्ट्रियकरण गर्न चियापान आयोजना गरेका थिए 
  • कांग्रेस, एमाले, रास्वपा र राप्रपाले चियापान आयोजना गर्दै आएका छन्
  • चियापानलाई नेताहरूबीच सम्बन्ध सुधार र मेलमिलापको कडी बनाउने प्रयास 


काठमाडौं– कठोर पञ्चायती शासनको बेला पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता विश्वेश्वरप्रसाद (बिपी) कोइराला जेलमा थिए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार त्यसबेला बिपीले कार्यकर्तासँग भेट गर्न पाउँदैनथे ।

कूटनीतिक नियोगका प्रतिनिधिहरूमार्फत कांग्रेसको एजेण्डा विश्वभर सुनाउन पाउँदैनथे । राजनीतिक कार्यक्रम गर्ने त परको कुरा । यसपछि कोइरालाले एउटा जुक्ति निकाले– चाडबाडको अवसरमा चियापान कार्यक्रम गर्ने । यसलाई पञ्चायती शासकहरूले प्रतिबन्ध लगाएन । 

चार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘चियापानमा बिपी तत्कालीन सत्ताधारी, कूूटनीतिक नियोगका प्रतिनिधि र जनतालाई निम्ता दिन्थे । चियापानलाई उनले सत्ताधारीको मनशाय बुझ्ने, कांग्रेसप्रति जनताको चाहना बुुझ्ने र कांग्रेसले उठाएको मुद्दालाई कूूटनीतिक नियोगका प्रतिनिधिहरूमार्फत अन्तर्राष्ट्रियकरण गर्ने मञ्चको रूपमा प्रयोग गर्न थाले ।’ 

बिपीको निधनपछि नेता गणेशमान सिंहले चियापानलाई निरन्तरता दिए । त्यसपछि हरेक पार्टी सभापतिले चियापानलाई एउटा परम्पराको रूपमा निरन्तरता दिँदै आएका छन् । यसपटक कांग्रेसले यही ११ कात्तिकमा चियापान आयोजना ग¥यो ।
तीन दिनपछि बुधबार नेकपा एमालेले कांग्रेसले जसरी चियापान आयोजना ग¥यो । जहिल्यै एकअर्काको उछितो काढ्ने नेताहरू चियापानमा एउटै राउण्ड टेबलको वरिपरि बसे । चिया खाँदै मस्त गफिए ।

फोटो पत्रकार प्रदीपराज वन्तले सार्वजनिक गरेको एउटा तस्बिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, रास्वपा सभापति रवि लामिछाने, नेकपा महासचिव नेत्रविक्रम चन्द, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू लस्करै बसेका देखिन्छन् । जहाँ प्रधानमन्त्री दाहाल र सभामुख घिमिरे त हंशमुक देखिए ।

नेताहरूबीच चियापानमा पूरै हार्दिकता र सौहाद्र्रता देखियो । उनीहरूले चियापानमा राजनीतिक रूपमा घोचपेच गरेनन् । बरु मज्जाले भलाकुसारी गरे । शुभकामना साटासाट गरे । एमाले महासचिव शंकर पोखरेल चियापानले दलहरूबीच सहकार्यको वातावरण बनाउन मद्दत पुुग्ने गरेको बताउँछन् । त्यही भएर एमालेले हरेक वर्ष दसैंपछि चियापान आयोजना गर्दै आएको उनले बताए ।

‘तीन दशकअघिदेखि एमालेले चियापान आयोजना गर्दै आएको छ । यसको एउटै उद्देश्य दलहरूका नेताहरूबीच हार्दिकता विकास गर्ने र सौहाद्र्रता स्थापित गर्ने हो । यसो हुँदा दलहरूबीच जनताको मुद्दामा सहकार्य गर्न सहज हुन्छ,’ उनले भने ।एमालेले चियापान गर्न थालेको प्रजातन्त्रको पुनर्वहाली भएपछि हो । जतिबेला एमाले अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी थिए । उनीहरूले २०४८ सालमा पहिलोपटक एमालेको तर्फबाट चियापान आयोजना गरेका थिए । त्यसपछि एमालेले चियापानलाई निरन्तरता दिँदै आएको छ ।

यस्तो चियापानमा विशुुद्ध गैरराजनीतिक गफगाफमा नेताहरू रमाउँछन् । बुुधबार पनि यस्तै भयो । चियापानको सुरुमै उपस्थित सबैलाई धन्यवाद दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘तर, थप राजनीतिक विषयमा कुरा गर्न चाहन्नँ । यो राजनीतिक कुरा गर्ने ठाउँ होइन ।’दलीय नेतृत्वहरूबीच सम्बन्ध थप सुुदृढ पार्न औचित्यपूर्ण देखिने चियापान नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले गएको ७ असारमा आयोजना गरेको थियो । त्यहाँ प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीसहित अन्य दलका नेताहरू सहभागी थिए । आपसी हाँसिमजाक गरेका थिए । 

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ पुसमा चियापान आयोजना गरेको थियो । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राप्रपाले चियापान आयोजना गर्दै आएको छ । उक्त दलका प्रवक्ता सगुनसुन्दर लावतीका अनुसार यस वर्ष पनि चियापान आयोजना गरिने छ । राप्रपाको चियापानमा पनि प्रधानमन्त्रीदेखि सबै दलका नेता भेला हुने गरेका छन् । कमल थापा पार्टी अध्यक्ष हुँदा २७ पुस २०६५ मा पहिलोपटक राप्रपाले चियापान आयोजना गरेको थियो । त्यसलाई हालसम्म निरन्तरता दिइँदै आएको छ ।

जबकि, अन्य दिन भने नेताहरू एकअर्काबीच हिलो छ्यापाछ्याप गर्छन् । आरोपैआरोपको वर्षा गर्छन् । यतिसम्मकी कहिलेकाहीँ त तल्लोस्तरमा झरेर गालीसमेत गर्छन् । त्यस्तो अवस्थाले भेट हुुँदा पनि कोही नेताबीच त सम्वादहीनता स्थिति हुने गरेको छ । तर, पञ्चायतकालमा बिपीले थालनी गरेको चियापान वर्षौंदेखि नेताहरूको सम्बन्ध सुधार र मेलमिलापको कडी बन्दै आएको देखिन्छ ।


 


प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:११
#चियापान
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP