Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • थपिँदै महिला उद्योगी व्यवसायी 
थपिँदै महिला उद्योगी व्यवसायी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १६, २०८०

वीरगञ्ज– पर्साको पोखरिया नगरपालिका–७ की सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैको चोकमा पसल सञ्चालन गरिहरहेका छन । गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालयमा उनले पसल दर्ता गराएका हुन् । साह यतिबेला असल गृहणीसँगै सफल व्यापारी बन्ने अभियानमा लागेका छन् । 

सुरुआतमा श्रीमान्लाई सञ्चालक बनाएर पसल दर्ता गराउने सोचमा रहेकाी साहले सरकारले दिएको छुट सुविधाका कारण आफ्नै नाममा पसल दर्ता गराएको बताएकी हुन् । 

यसैगरी सीप नभएपछि घरकै काममा मात्र सीमित रहँदै आएकी ठोरी गाउँपालिका–४ की अम्बिका श्रेष्ठले पनि यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर व्यवसाय गर्दै आएकी छन् । सुनिता र अम्बिका मात्रै होइन, सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि पर्सामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको पर्सामा विगत केही समययता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढ्ेको पाइएको छ । 
    
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीका दर्र्तामा ३५ प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उनीहरुलाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख धनञ्जयकुमार सिंहले बताए । 
    
“दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ , करिब ७० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको छ”, उनले भनिन् । पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढ्ेको छ । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा जिल्लामा तीन सय एक नयाँ उद्योग दर्ता भएकामा एक सय २९ व्यवसायको मालिक महिला नै छन् । चालु आव २०८०÷८१ को तीन महिनामा सेवामूलक एक सय १९, कृषिमूलक ६१, उत्पादनमूलक ५०, निर्माणमूलक ४५ र पर्यटनसम्बन्धी २६ वटा नयाँ उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी सविता खड्काले जानकारी दिईन् । नयाँ उद्योग दर्ता, नवीकरणलगायतका शीर्षकबाट रु २१ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । विगतमा उद्योग मात्र दर्ता गर्दै आएको सो कार्यालयले चालु आवदेखि वाणिज्यतर्फका व्यावसायिक फार्मसमेत दर्ता सुरु गरेको सूचना अधिकारी खड्काले बताए । 

यस्तै वाणिज्य दर्ता, नवीकरणलगायतबाट रु एक लाख ५३ हजार दुई सय राजस्व सङ्कलन भएको छ ।   महिलाको नाममा दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ र ब्युटिपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालनका छन् ।   
    
पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउने क्रम बढ्ेको पुष्टि गरेको छ ।  सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसाय दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुन सक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढ्ेको प्रमुख सिंह बताउछन् ।  

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्नुभयो, “पुरुष प्रधान समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिएन, तर अहिले महिलालाई सुविधा दिन थालेपछि समाज रुपान्तरण हुन थालेको छ ।”


प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP