Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • कञ्चनपुरको गाउँ– गाउँमा खेलकुद प्रतियोगिता
कञ्चनपुरको गाउँ– गाउँमा खेलकुद प्रतियोगिता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १५, २०८०

महेन्द्रनगर– दसैँ–तिहारलगायत चाडपर्वको रौनकता छाएसँगै कञ्चनपुरमा खेलकुद गतिविधि सञ्चालनले व्यापकता पाएको छ । प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा यहाँ धमाधम सञ्चालन भइरहेका छन् ।

गत असोजको अन्तिम साता जिल्ला भलिबल सङ्घ र नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाको आयोजनामा पहिलोपटक महाकाली नदीमा रु एक लाख राशिको पुरुष खुला तथा भेट्रान बिचभलिबल प्रतियोगिता आयोजना भयो । त्यससँगै दोधारा चाँदनीमा स्थानीय अनलाइनको आयोजनामा रु ७५ हजार पुरस्कार राशिको डे–नाइट क्रिकेट प्रतियोगिता पनि सम्पन्न भएको छ ।

त्यसैगरी आगामी शुक्रबारदेखि शुभ दीपावलीको अवसर पारेर बेल्डाँडी गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । बेल्डाँडी समाजको आयोजनामा हुने प्रतियोगितामा उपाधि विजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित पुरस्कृत हुनेछ । बेल्डाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले युवालाई लागुऔषध दुव्र्यसनबाट टाढा राख्न युवाहरूको व्यस्तताको लागि पनि खेल आवश्यक रहेको बताए।

स्वास्थ्यको लागि खेलको महत्व रहेको जनाउँदै उहाँले बेल्डाँडीमा खेलाडीका लागि खेलमैदान आवश्यक रहेको र त्यसका लागि स्थानीय तहले पहल गरिरहेको बताए । जिल्ला खेलकुद विकास समितिका सदस्य एवं फुटबल खेलाडी विकास महताले कञ्चनपुरमा दक्षिण क्षेत्र र दोधारा चाँदनीमा दसैँअघिदेखि विभिन्न कप तथा प्रतियोगिता निरन्तर भइरहेको बताए ।

“चाडपर्वका बेला भए पनि आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन र खेलको विकासमा महत्त्वपूर्ण योगदान रहन्छ”, सदस्य महताले भने, “सदरमुकाम महेन्द्रनगरभन्दा पहिले ग्रामीण भेगमा खेल गतिविधि दोब्बरले बढेका छन् ।”

त्यसैगरी यहाँको लालझाडी गाउँपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । आजदेखि सुरु हुन लागेको उक्त फुटबल प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार रु एक लाख २५ हजारबाट पुरस्कृत हुनेछन् ।

त्यस्तै बेल्डाँडी गाउँपालिकामा केही समयअघि चाडपर्वलक्षित आयोजित बेलडाँडी फुटबल महोत्सव सम्पन्न भएको थियो । बेलडाँडी क्षेत्रकै ठूलो धनराशि रु एक लाख एक हजार एक सय ११ को फटुबलको उपाधीसहित नेपाल प्रहरीको टिम प्रथम भएको थियो ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं १२ को आयोजनामा वडा कप क्रिकेट प्रतियोगिता ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा जारी छ । वडा नं १२ का वडाध्यक्ष भूपेन्द्र रावलले प्रपितयोगितामा २८ वटा टिमको सहभागिता रहेको बताउँदै पाँचाँैपटक आयोजनक भएको संस्करणले क्रिकेटको विकासमा टेवा पुग्नेमा जोड दिए ।

“दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा र विनोद भण्डारीजस्ता खेलाडी हाम्रो नगरपालिकाका हुन्”, उनले भने, उनीहरूजस्ता खेलाडी भएको भीमदत्तमा अहिले क्रिकेट चलायमान भएको छ ।”

उक्त प्रतियोगितामा उपाधि विजेता टिमले रु एक लाख ५१ हजार एक सय ११ सहित ट्रफी र मेडलबाट पुरस्कृत हुने वडाध्यक्ष रावलले जानकारी दिए । त्यसैगरी यहाँको शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा पुनः फुटबल प्रतियोगिता आयोजनाको तयारी छ । बेलौरी नगरपालिकामा फुटबल आयोजना र बेलडाँडीमा भलिबल आयोजनाको तयारी रहेको खेलकुद विकास समितिका सदस्य महताको भनाइ छ । पछिल्लो समय स्थानीय पालिकादेखि वडास्तरसम्मले खेलकुदको विकासका लागि रकम विनियोजन गरिरहेकाले सहज भएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जिल्लाभरि खेल गतिविधि सञ्चालन भइरहेको बताए । “अहिले खेलकुदमय वातावरण बनिरहेको छ”, उनले भने, “अहिले पालिकादेखि गाउँ क्लब र सङ्घसंस्थाले दिएको प्राथमिकता सकरात्मक पक्ष हो ।” उनले खेलकुदका गतिविधिले नयाँ खेलाडी उत्पादनमा सहजीकरण भइरहेको बताए ।


प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP