Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपत्यका पनि बागमतीले हेर्न पाउनुपर्ने दाबी
संघ र प्रदेशबीच अधिकारको लडाइँ  उपत्यका पनि बागमतीले हेर्न पाउनुपर्ने दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १४, २०८०

 

  • संघीय सरकारले सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी प्रदेशको अधिकारमा हस्तक्षेप गरेको बागमती प्रदेश सरकारको ठहर
  • काठमाडौं उपत्यकाका तीन जिल्लालाई बागमती प्रदेशबाट अलग गर्ने संघीय सरकारको कदमविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता 
  • प्रदेशभित्र यातायातसम्बन्धी व्यवस्थापनको संविधानप्रदत्त अधिकारमा संघले हस्तक्षेप गर्न खोजेपछि सर्वोच्च पुगेको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालको भनाइ
  • अहिले बागमतीमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् भने संघमा माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री छन्

काठमाडौं– मुलुक संघीय संरचनामा गएको आठ वर्ष बितिसक्यो । तर, संघीयताको मुख्य खम्बा मानिएको प्रदेशले संविधान र संघीयताको मर्मअनुसार अधिकार नपाएका भन्दै गुनासो गर्दै आएको छ । संघीय सरकारले अधिकार हस्तान्तरणमा आलटाल गर्दा प्रदेश सरकार रुष्ट बन्दै आएका छन् ।

अघिल्लो निर्वाचनपछि यस विषयमा सबैभन्दा आक्रामक बनेको थियो मधेस प्रदेश । मधेस प्रदेशले विभिन्न पाँच विषयमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो । त्यतिबेला मधेसमा जनता समाजवादी पार्टी (जसपा)का लालबाबु राउत मुख्यमन्त्री थिए भने संघमा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली । दुई फरक पार्टीको सरकार भएकोले उक्त टसललाई सामान्य रुपमा हेरिएको थियो ।

यसपटक बागमती प्रदेश सरकारले पनि मधेसको सिको गर्दै संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको छ । बागमती प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आइतबार संघीय सरकारविरुद्व सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । प्रदेश सरकारको अधिकार हस्तक्षेप गरेको भन्दै बागमती प्रदेशले संघविरुद्व रिट हालेको हो । बागमतीले संघीय सरकारको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध रिट निवेदन दिएको हो । श्रममन्त्री लम्साल एकीकृत समाजवादी पार्टीका हुन् ।

यद्यपि, यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रकै शालिकराम जम्कट्टेलको मुख्यमन्त्री छन् । संघीय सरकारले सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी प्रदेशको अधिकारमा हस्तक्षेप गरेको भन्दै बागमतीको मन्त्रिपरिषद् बैठकले नै सर्वोच्च अदालतमा बागमती प्रदेशका तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार रिट दर्ता गरिएको श्रममन्त्री लम्सालले बताए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।

प्रदेश सरकारले प्रदेशभित्र यातायातसम्बन्धी व्यवस्थापनको संविधानप्रदत्त अधिकार पाएकोमा काठमाडौं उपत्यकाका तीन जिल्लालाई बागमती प्रदेशबाट झिकी, अलग गर्न खोजेपछि बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको श्रम, रोजगार तथा यातायातमन्त्री लम्सालले बताए ।  ‘काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात सञ्चालन व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार संघीय सरकार मातहत रहने गरी ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९’ बनाई संघीय संसद्बाट पारित गराएर लागू गराउन खोजेको छ । उक्त ऐनअनुसार उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको समग्र व्यवस्थापन संघीय सरकारले सो कानुनअनुसार गठन गर्ने प्राधिकरण मातहत ल्याएको’ उक्त ऐनको प्रस्तावना र यसको उद्देश्यबाट देखिने रिटमा उल्लेख छ । 

ऐनअनुसार संघीय सरकारले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवा आफूमातहत रहनेगरी संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्ने प्रक्रियासमेत सुरु गरिसकेको छ । बागमती प्रदेशका मन्त्रीहरु भने उपत्यकाका तीन जिल्लाका विषयमा आफूहरुले कुनै निर्णय गर्न नपाउँदा प्रदेश सरकार नै कमजोर भएको गुनासो गर्दै आएका छन् । ‘बागमतीको सबैभन्दा धेरै आर्थिक गतिविधि हुने जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुर हुन्,’ बागमतीका एक पूर्वमन्त्रीले भने, ‘तर यी जिल्लाहरु बागमतीको नियन्त्रणबाहिर छन् । जसकारण यहाँको सरकार अरु प्रदेशको सरकारभन्दा कमजोर छ । केही काम गर्नै पाउँदैन ।’

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका डिभिजनल इञ्जिनियर सुरेश श्रेष्ठका अनुसार सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरिसकेको छ । यातायात मन्त्रालयका सहसचिव कुवेर नेपाली सिइओमा नियुक्त भएका छन् ।बागमती प्रदेश सरकारले अघिल्लो कार्यकालमा पनि संघीय सरकारविरुद्ध अदालत जाने चेतावनी दिँदै आएको थियो । राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा संघले प्रदेशलाई प्रहरी समायोजनको अधिकार नदिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका थिए । त्यतिबेला मौखिक चेतावनी दिँदै आए पनि औपचारिक रूपमा भने प्रदेश सरकारले कुनै कदम चालेको थिएन । यसपटक भने बागमती सरकार मन्त्रिपरिषद्बाटै निर्णय गरेर संघविरुद्ध अदालत गएको छ ।  

मुख्यमन्त्री जम्कट्टेलले यसअघि पनि प्रहरी समायोजन चाँडो हुनुपर्ने माग प्रधानमन्त्री दाहालसमक्ष राखेका थिए । असोज ३० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६८औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जम्कट्टेलले प्रहरी समायोजन छिट्टै गरिने दाबी गरेका थिए । आफूहरूले संविधानमा रहेको अधिकारअनुसार काम गर्दा संघीय कानुनले व्यावधान देखाएकाले प्रहरी समायोजन हुन नसकेको उनको गुनासो थियो । ‘शान्ति सुरक्षा  र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च सम्मान रहेको छ,’ मन्त्री जम्कट्टेलले भनेका थिए, ‘प्रहरी संगठनलाई रुपान्तरण गर्दै अझ सुदृढ बनाउनुपर्छ ।’

संघीयता कार्यान्वयनमा सरकार उदासीन
आफ्नो अधिकार कुण्ठित गरेर संघीय सरकारले आवश्यक कानुन बनाउँदा प्रदेश सरकार रुष्ट बनेको छ । संघीयता कार्यान्वयनमा गएको आठ वर्ष बित्दा पनि प्रहरी ऐन जारी गर्न संघ उदासीन छ । त्यसैले प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीहरुले कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले भदौ मसान्तसम्ममा संघीय प्रहरी ऐन जारी नभए कानुनी उपचार खोज्ने चेतावनी दिएका थिए । प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालयको अधिकार क्षेत्रबारे व्याख्या माग्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ । न त अदालतले नै फैसलाको तदारुकता देखाएको छ न कार्यान्वनयमा संघ नै जिम्मेवार देखिन्छ । 

माओवादी केन्द्रले आफ्नै एजेण्डा मानेको तर उसैका अध्यक्ष प्रधानमन्त्री रहँदा पनि संघीयता कार्यान्वयनमा ठोस प्रगति देखिँदैन । सरकारको न्यूनतम साझा कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट प्रहरी समायोजनसम्बन्धी ऐन छ महिनाभित्र ल्याउने संकल्प थियो । छ महिना गएको भदौ अन्तिममा बितिसकेको छ, तर ऐन ल्याउने सुरसार छैन । 
मधेस प्रदेशले संघले ऐन ल्याउन ढिला गर्दा संविधानले दिएको अधिकार प्रयोग गरेर प्रदेश प्रहरी ऐन जारी गर्दै प्रहरी भर्ना आह्वान गरेको थियो तर, सर्वोच्चले रोक लगाइदियो । संविधान कार्यान्वयनका लागि भने अदालतले अहिलेसम्म सरकारलाई आदेश दिएको छैन ।

संविधानको अनुसूची ६ मा प्रस्टसँग प्रदेश प्रहरी र शान्ति सुरक्षाको अधिकार उल्लेख गरिएको छ । तर, संघीय कानुनले निर्देश गर्ने भएकाले प्रहरी ऐन जारी हुनुपर्छ । यो ऐन जारी गर्दा संघले आफ्नो अधिकार कटौती हुने डर मानेको हो वा प्रदेशलाई मजबुत बनाउन नचाहेको हो ? प्रदेशले प्रहरी ऐन कार्यान्वयनमा ल्याउन नपाउँदा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मका पिएसओ संघले नै पठाउनुपर्ने अवस्था छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP