Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • महासचिव गुटेरेस आज सोलु र पोखरा, भोलि लुम्बिनी पुग्ने
महासचिव गुटेरेस आज सोलु र पोखरा, भोलि लुम्बिनी पुग्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १३, २०८०
  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहानै सोलुखुम्बुको नाम्चे पुग्ने कार्यतालिका, उनी आजै पोखरा बास बस्न पुग्ने
  • भोलि कात्तिक १४ गते बिहान उनी पोखराबाट हेलिकप्टरमार्फत अन्नपूर्ण सर्किट अवलोकनमा जाने 
  • महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत लुम्बिनी जाने 
  • लुम्बिनीबाट फर्केपछि मंगलबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम


काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा पुग्दै छन् । नेपालको चारदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका गुटेरेस आज बिहान हेलिकप्टरमार्फत सोलुखुम्बुको नाम्चे पुग्ने कार्यतालिका रहेको छ । त्यसपछि उनी पोखरामा बास बस्न पुग्नेछन् । 

शनिबार राति काठमाडौं आइपुगेका महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा शिष्टाचार भेट गरे ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गरे ।सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्कासँग गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । आइतबारै महासचिव गुटेरेस पाटन क्षेत्रको भ्रमणमा पुगेका थिए । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरे । 

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमणमा आइपुगेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महŒवका साथ हेरिएको छ ।

यस्तो छ आजको कार्यतालिका
महासचिव गुटेरेस आज हेलिकोप्टरमार्फत नाम्चे पुग्ने र त्यहाँबाट पोखरा बास बस्ने कार्यतालिका रहेको छ । जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन् । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् ।

आजै साँझ उनी पोखरा गएर बास बस्ने कार्यक्रम छ । महासचिव गुटेरेस दिउँसो पोखरा आइपुग्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । गुटेरेस अन्नपूर्ण आधार शिविरमा पनि जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।

भोलि कात्तिक १४ गते बिहान उनी पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । हेलिकप्टरबाट बेसक्याम्प पुग्ने कार्यतालिका रहेको छ । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
 
लुम्बिनीबाट फर्केर सदनमा सम्बोधन
मंगलबारै गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् । संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनीे भ्रमण गरेका थिए । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महŒवपूर्ण थालनी भएको थियो । 

राष्ट्रसंघका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै उनको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । त्यसक्रममा महासचिव ऊले लुम्बिनीको विकास पर्याप्त नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनीको विकासका लागि आफू सहयोग गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए ।

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको थियो । त्यस भ्रमणपछि लुम्बिनीको योजनाबद्ध विकास सुरुआत भएको मानिन्छ । 

जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टांगेले राष्ट्रसंघका तत्कालीन महासचिव ऊकै आग्रहमा लुम्बिनीको गुरुयोजना तयार गरेका थिए । उक्त गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसंघकै भूमिका रहेको छ । 

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टांगेले तयार पारेको गुरुयोजना ४५ वर्ष बितिसक्दा पूरा हुन सकेको छैन । गुरुयोजनाअनुसार अहिलेसम्म करिब ८५ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । त्यसपछि अहिलेसम्म संयुक्त राष्ट्रसंघका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष चासो र महŒवका साथ हेर्दै आएका छन् ।

राष्ट्रसंघको महासचिवका रूपमा ड्याग ह्यामरकेजोल्ड, ऊ थान्त, ज्याभियर पेरेज डि कुइलर, कर्ट वाइल्डहाइम र बानकी मुनले लुम्बिनीको भ्रमण गरेका थिए । लुम्बिनी विकास कोषका अनुसार राष्ट्रसंघको छैटौं महासचिवका रुपमा गुटेरेसको भ्रमण हुँदै छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा गुटेरेसको भ्रमण गौरवपूर्ण भएको बताउँछन् । ‘नेपाल भ्रमण गर्ने हरेक राष्ट्रसंघका महासचिवको बुद्धको जन्मस्थल भ्रमण गर्नु लुम्बिनीकै  इतिहास, गौरव र बुद्धको सन्देश संसारभर पु¥याउन सफलता मिलेको छ,’ लामाले भने, ‘यसपटक पनि भ्रमणले निरन्तरता पाउने भएकाले लुम्बिनीवासीका लागि यो गौरवको विषय बनेको छ ।’

महासचिव गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत लुम्बिनी आउने कार्यक्रम तय भएको कोषका उपाध्यक्ष डा. लामाले जानकारी दिए । यसबाट राष्ट्रसंघको रोहवरमा १० वर्षे युद्धपछि माओवादी पार्टी शान्ति प्रक्रियामा आएको र विस्तृत शान्ति सम्झौता हुँदै हाल संविधान कार्यान्वयन र शान्ति प्रक्रियाकै अन्तिम चरणमा रहेको अवस्थामा महासचिवको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्रीसमेतको सहभागिताले विश्वभर शान्तिको सन्देश जाने लामाले बताए ।
कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार मंगलबार बिहान करिब ९ बजेदेखि १० बजेभित्र महासचिव गुटेरेस लुम्बिनीको औपचारिक कार्यक्रममा रहनेछन् ।

गुटेरेसलाई लुम्बिनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, कोषका उपाध्यक्ष डा. लामालगायतले स्वागत गर्नेछन् । यस लगत्तै महासचिव गुटेरेस शान्तिदीप हुँदै मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै र त्यहाँको वातावरण अवलोकन गर्ने कोषले जनाएको छ ।

कोषको तर्फबाट त्यहाँ लुम्बिनी क्षेत्र र गुरुयोजनाका विषयमा जानकारीपश्चात् सञ्चारकर्मीसँग गुटेरेसले आफ्नो शान्तिको सन्देशसहितको भनाइ राख्ने कार्यक्रम तय भएको सदस्यसचिव शाक्यले बताए । महासचिव गुटेरेस शान्तिदीपबाट मायादेवी मन्दिरसम्म पैदलै जाने र त्यसक्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कलासंस्कृतिसहित स्वागत गर्ने कार्यक्रम छ ।

लुम्बिनीबाट फर्केपछि मंगलबार नै अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गुटेरेसको सम्बोधनबारे जानकारी दिए । ‘संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा उक्त दिन माननीय सदस्यहरू बैठकमा उपस्थित भई दिनको ३ बजेर ४५ मिनेटभित्रै आ–आफ्नो आशनग्रहण गरिसक्न अनुरोध छ,’ घिमिरेले भने ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउन १८ गते तत्कालीन व्यवस्थापिका संसद्लाई सम्बोधन गरेका थिए । मोदीपछिका कुनै पनि उच्चस्तरीय भ्रमणमा संसद्लाई सम्बोधन भएको थिएन । महासचिव गुटेरेस बुधबार संयुक्त राष्ट्रसंघ मुख्यालय फर्किने कार्यक्रम छ ।

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुसँग भेट
आइतबार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँगै शीर्ष नेताहरुसँग भेट गरे । राष्ट्रपति पौडेलसँग गुटेरेसले शितलनिवासमा शिष्टाचार भेट गरेका हुन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोग्नुपरेका यसका नकारात्मक परिणामबारे गम्भीर हुन अनुरोध गरेका थिए । पौडेलले जलवायु परिवर्तनको असर घटाउन जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई आफ्ना दायित्व पूरा गर्नेतर्फ आवश्यक पहलकदमी लिन राष्ट्रसंघ प्रतिनिधिमण्डलसमक्ष आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

महासचिव गुटेरेसले हरित गृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ‘कोप’ प्रसंग उठाउँदै जलवायु परिवर्तनका नकारात्मक असरबारे विश्वलाई सन्देश प्रवाह गर्न आफू नेपाल भ्रमणमा आएको बताए । आफ्नो नेपाल भ्रमण तीन ‘एजेण्डा’मा केन्द्रित रहेको जानकारी दिँदै महासचिव गुटेरेसले नेपालको सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकाले यहाँ आएको बताए ।
यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री साउदसँग बेग्लाबेग्लै भेट गरेका थिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघको शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयका अन्य अधिकारीहरू सहभागी छन् ।

‘संक्रमणकाल अन्त्यका लागि सहयोग गर्न तयार’
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे । ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ । संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ,’ प्रधानमन्त्री दाहालसँगको भेटेपछि गुटेरेसले भने ।

भेटपछिको पत्रकार सम्मेलनमा नेपाल शान्ति स्थापनामा अगाडि रहेकोसमेत बताए । ‘नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो,’ गुटेरेसले भने, ‘बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानप्रति संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थिति त्यसैको नतिजा हो ।’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको भेटमा पनि उनले शान्ति प्रक्रियाबारे चासो राखेका थिए । बानेश्वरस्थित संसद् भवनमा भएको भेटवार्तामा सभामुखले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन आफूहरु प्रतिबद्ध रहेको जानकारी गराए ।

उनले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गरेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैंले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पु¥याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताएका थिए ।

सभामुख घिमिरेले भने, ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरुका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ  ।’नेपाली कांग्रेसका सभापति देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाटै छिट्टै पारित गर्ने प्रतिबद्धता जनाए । महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गराउने बताएका भेटमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले बताए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भएको बताए । गुटेरेससँगको भेटमा शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने आफूले चाहेको सुनाउँदै भने, ‘तर प्रधानमन्त्रीज्यू, जो हिजो बिद्रोही नेता हुनुहुन्थ्यो, उहाँले नै यो सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढवा दिने खालको महिमा मण्डन गर्ने उहाँको क्रियाकलापले असहज जस्तो भएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले थपे, ‘खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्नेजस्ता कामले पीडितहरु चिन्तामा छन् ।’ 

उनका अनुसार ओलीले गम्भीर अपराधमा आममाफी नहुने र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने एमालेको चाहना रहेको ओलीले बताएका छन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP