Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रिग र तिलाचन तालमा पर्यटकको चहलपहल
रिग र तिलाचन तालमा पर्यटकको चहलपहल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १२, २०८०

ढोरपाटन- शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टी नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारी छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको शिरमा रहेका यी ताल पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेका छन् । 

दुवै ताल फरकफरक जिल्लामा पर्छन् । एउटै मार्गमार्फत पुग्न सकिन्छ । रिग ताल बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्छ भने तिलाचन ताल रोल्पाको सुनछहारी गाउँपालिका–१ मा पर्छ । तिलाचन तालले बागलुङ र रोल्पाको सिमाना पछि छुट्याएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हुँदै यी तालमा पुग्न सकिन्छ । 

बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने लोकमार्गमै पर्छ । यहाँदेखि रिगताल १५ मिनेट र तिलाचन ताल ३० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । चिसो मौसम, सिरसिर हावा चलिराख्नु र शान्त वातावरण यहाँको विषेशता हो । करिब तीन हजार तीन सय मिटरको उचाइमा पर्ने रिग र तिलाचन ताल एउटै ‘रेन्ज’ मा पर्छन् । 

आधादशक अगाडिसम्म सुनसान रहेका दुवै ताल अहिले पर्यटकको रोजाइमा पर्न थालेका छन् । यतिबेला चाडपर्वको बिदा छ । त्यसले गर्दा क्याम्पस, विद्यालय तथा विभिन्न सङ्घसंस्था बन्द छन् । यो समयमा यहाँ दैनिक एक सयबढी पर्यटक आउने गरेको पाइएको छ । पहिले गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रुपमा रहेका यी क्षेत्रमा अहिले दैनिक पर्यटक पुग्छन् ।

Hardik health

तीन वर्ष अगाडि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै रिग र तिलाचन ताल चर्चामा आएका हुन् । रिग ताल पातीहाल्नेदेखि नजिक रहेको हुँदा बढी पर्यटक पुग्ने गरेका छन् भने तिलाचनमा केही कम पुगेका छन् । दुईवटै तालमा पहिले गोठालाले खानेपानी भर्ने गर्थे । बाह्रै महिना यहाँ फाट्टफुट्ट पर्यटक पुग्ने गरे पनि यो सिजनमा बढी आएको स्थानीय भीमबहादुर घर्ती मगरले बताए । 

पन्ध्र दिनदेखि दैनिक दुई समयको हाराहारीमा यहाँ पर्यटक आउने गरेको उहाँको भनाइ छ । लोकमार्गमार्फत बढी पर्यटक गाडी तथा मोटरसाइकलमा आइरहेका घर्तीमगरले बताए । पहिले आफूहरुले गाईभैँसी र भेडाबाख्रा चराउनेबेला सुनसान रहेका रिग र तिलाचन ताल क्षेत्र यतिबेला पर्यटकले भरिभराउ भएको उनी बताउँछन्।

“विसं २०३९/४० जति भयो मैले यस ठाउँमा बिताए, तर पहिले यहाँ पशुचौपाय र गोठालाबाहेक बाहिरी मान्छे आउँदैनथे, गोठाला पनि बर्खामा मात्रै बस्ने गर्थे तर अहिले देश विदेशका मान्छे आएर घुम्छन्, हामीहरुले पानी भर्ने तालमा फोटो खिच्ने, भिडियो बनाउने गर्छन्”, घर्ती मगरले भने, “हिउँद बर्खा जतिबेला पनि मान्छे आइराखेका छन्, ठाउँ पनि निकै राम्रो छ, दसैँ आउनुभन्दा पहिलेबाटै यहाँ मान्छे आउन थालेका थिए, अहिलेसम्म आइरहेका छन्, दिनदिनै यहाँ आउनेको सङ्ख्या बढि छ, चिसो ठाउँ छ र मान्छे घुम्न आएका छन्, यो देख्दा विकास भएको अनुभूति भएको छ ।”

रिग ताल मगर खाम भाषाबाट नामाकरण गरिएको हो । मगर भाषामा ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो गरेर जमेको भन्ने बुझाउँछ । त्यस्तै तिलाचन ताललाई गोठालाले पहिले ‘तिलाचन दह’ भन्ने गरिएको स्थानीय भीमबहादुर बताउनुहुन्छ । उहाँले लोकमार्गको स्तरोन्नतीपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउनुहुन्छ । 

रिग तालसम्म पुग्नका लागि दुई वर्ष अगाडि नै निसीखोला गाउँपालिकाले मोटरबाटो निर्माण गरेको छ भने तिलाचन तालमा गोरेटो बाटोमार्फत पुग्नुपर्छ । रुकुमपश्चिमबाट घुम्न आएका विशाल विष्टले यो क्षेत्र निकै रमणीय भएको हुँदा आफू तेस्रो पटक आएको बताए । 

तीन वर्षदेखि लगातार दसैँ तिहारको बिदामा यहाँ आएको भन्दै यसपटक १३ जनाको समूह घुम्न आएको बताए । रिग र तिलाचन तालसँगै ढोरपाटनसम्म पुगेर फर्किने योजना बनाएर भ्रमणमा निस्किएको उनको भनाइ छ । लोकमार्ग कालोपत्र हुनुपूर्व यी तालको नाम नै नसुनेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा फोटो तथा भिडियो भाइरल हुँदै गएको विष्ट बताए । 

 उनी भने “खलाङ्गाबाट तीन÷चार घण्टामै आउन सकिन्छ, बाटो पनि निकै राम्रो छ, पहिले कच्ची बाटो हुँदा समस्या थियो, बागलुङतिर आइँदैनथ्यो, सडकको स्तरोन्नतिपछि यता आइराखेकै हुन्छ, यहाँको ताल घुम्न त म तीन पटक आएँ, ताल मात्रै होइन, यहाँको डाँडापाखा, जङ्गल र खोलाले पनि धेरैलाई आइराखौँ झैँ बनाउँदो  रहेछ, बागलुङबाट त आउने नै भए, रुकुम तिरबाट पनि धेरै मान्छेहरु घुम्न आएको पाइयो ।” 

गुल्मीको रिडीदेखि घुम्न आएका भरत पुरीले गलकोटको गाईघाट झरना अवलोकन गरि बुर्तिबाङ बजार हुँदै रिग र तिलाचन ताल घुम्न आएको बताए । करिब १२ जनाको समूह भएर पूर्वी रुकुमको कमल दहसम्मको यात्रामा हिँडेको भन्दै लोकमार्ग नजिकै रहेको हुँदा यी दुवै ताल अवलोकन गरेको उनको भनाइ छ । 

दुईवटै तालसम्म पुग्नका लागि सरोकारवाला निकायले सडक निर्माण गर्न र अन्य पर्यटन पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्नसके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने पुरीको भनाइ छ । रिग तालसम्म मोटरबाटो पुगेर सहज भए पनि तिलाचन तालसम्म पुग्नका लागि पातीहाल्नेदेखि पदमार्ग निर्माण गर्नसके पर्यटकलाई थप सहज हुने उनले बताए ।

ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खलाको सहजरुपमा अवलोकन गर्न सकिन्छ । यहँबाट बागलुङ, रोल्पा, पूर्वी रुकुम, प्यूठान, गुल्मीलगायतका ठाउँ देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ । आगन्तुक पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन् । यी तालमा पुग्न बागलुङ सदरमुकामदेखि गाडीमा साढे पाँच घण्टा, गलकोटबाट तीन घण्टा र बुर्तिबाङबाट एक घण्टामा पुग्न सकिन्छ । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट करिब तीन घण्टा, पश्चिम रुकुमको सदरमुकाम खलङ्गा मुसिकोटबाट साढे चार घण्टा लाग्छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:०९
#रिग र तिलाचन_ताल
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP