Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शेखर–गगनबीच बोलचालै बन्द !
शेखर–गगनबीच बोलचालै बन्द !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक ३, २०८०

 

  •  डा. शेखर कोइरालासँग एक महिनायता भेटघाट र बोलचाल नै नभएको गगनको खुलासा
  •  गगनसँग पछिल्लो समय फोन कुराकानीसमेत हुन छाडेको शेखर सचिवालयको भनाइ
  •  देउवाको एकलौटीविरुद्ध लड्न जुटेको समूह आफैं टकरावमा

काठमाडौं– नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको मनपरी बढेको भन्दै एक भएर महाधिवेशन उत्रेका दुई नेता नै बोलचाल बन्द हुने अवस्थामा पुगेका छन् । देउवाको एकलौटीविरुद्ध १४औं महाधिवेशनमा डा. शेखर कोइराला र गगन थापा ‘टिम अप’ गरी भिडेका थिए ।

सभापतिमा देउवाले जित निकाल्दा महामन्त्रीमा शेखर समूहका गगन निर्वाचित भए । १३ औं महाधिवेशनमा भन्दा पार्टीमा देउवा थप शक्तिशाली बने । केन्द्रीय समितिमा देउवाको मनपरी अझै बढ्न थालेको छ । दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति वर्ष दिनसम्म बस्न नसक्दा पनि कांग्रेस संस्थापनइतरले खासै आवाज उठाउन सकेन । दुई महामन्त्री गगन र विश्वप्रकाश शर्माले भने केन्द्रीय समिति बैठकबारे आवाज उठाइरहे । उनै देउवाले भदौपछि एकैचोटि साउनमा केन्द्रीय समिति डाके ।

केन्द्रीय समिति लाइभ गरेर देउवाले वाहवाही बटुल्दा दुई महामन्त्री भने रक्षात्मक देखिए । कांग्रेसमा अझै पनि भ्रातृ संगठन लथालिंग अवस्थामा छन् । केन्द्रीय कोषाध्यक्षको चयन हुन गर्न देउवाले कुनै तयारी गरेका छन् । महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो । महाधिवेशन सकिएको छ महिनामा केन्द्रीय समितिमा पूर्णता दिनुपर्ने हो । त्यो काम अझै अपूरै छ । यस्तो अवस्थामा कांग्रेस कोशी प्रदेश सरकार निर्माणको प्रक्रियामा विवादमा तानियो ।

एउटै समूहका दुई नेताबीच बोलचालै बन्द
कोशी प्रदेशमा शेखर समूहका नेता केदार कार्की मुख्यमन्त्री भएका छन् । कोशी प्रकरणमा असन्तुष्ट जनाएका गगनले आफूले महिना दिनयता नेता शेखरलाई नभेटेको खुलासा गरेका छन् । ‘वरिष्ठ नेताजीसँग एक महिना जति भयो भेट नभएको । पत्रपत्रिकामा पढिरहेको छु । भेटघाट भएमा भनौंल,’ काठमाडौंको बत्तीसपुतलीमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने । 

गगनसँग लामो समय संवाद हुन नसकेको शेखरको सचिवालय पुष्टि ग¥यो । शेखर गगन टसल संसदीय दलको निर्वाचनदेखि नै हो । यद्यपि गत असोज २ गते दुई नेताबीच बालुवाटारस्थित शेखरको सचिवालयमा केन्द्रीय समितिमा प्रस्तुत हुने एजेण्डाबारे छलफल हुँदा गगन उपस्थित भएका थिए । बरु निम्ता पाएका महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल भने गुटभेलामा आएनन् । केन्द्रीय सदस्य पौडेल पछिल्लोपटक शेखरसँग नजिकिन थालेका छन् ।

कोशी प्रकरणमा देउवासँग भेटेर आफूले पहिले अँध्यारो कोठामा काम गर्ने अनि पछि सबैलाई बोलाएर निर्णय गर्ने काम गर्न नहुने अडान राखेको दाबी गरे । ‘सभापतिजीलाई केही दिनअघि भेट भएको थियो । धेरै पछि उहाँसँग भेट भयो । प्रदेश सरकार निर्माणबारे मैले उहाँसँग हात जोडेर भने तपाईं पहिले काम गर्ने । काम गरेपछि निर्णय गर्ने । सबै कुरा अँध्यारोमा गर्ने । फोहोर सफा गर्नेबेला अरुलाई बोलाउने । यसो नगर्नूस् भनेर आएको छु,’ गगनले भने । 

उनले आफू शेखरको जस्तो विद्रोहमासमेत नलाग्ने बताए । कोशीमाझैं अरु प्रदेशमा पनि सरकार बदल्न कांग्रेस प्रदेश सांसदहरुले चाहेको उल्लेख गर्दै गगनले यसबारे शेखरलाई कटाक्षसमेत गर्न भ्याए । ‘कांग्रेसमा विद्रोह हैन बदल्नुपर्छ । परिवर्तनको चेत सम्बन्धमा म सचेत छु । पार्टीलाई बदल्नुपर्छ भन्ने हिसाबमा म लागेको छु । नेतृत्वको सन्दर्भमा सबै यसरी नै लाग्नुपर्नेछ,’ उनले भने ।

बागमती प्रदेशका केही कांग्रेस सांसदले आफूकहाँ आएर माओवादी नेतृत्वको प्रदेश सरकार कोशीमाझैं ढाल्न आग्रह गरेकोसमेत गगनले खुलाए । ‘हामी माओवादीको मुख्यमन्त्री मान्दैनौं । हाम्रो पनि १२÷१३ जना पुग्न लागेको छ । सरकार बदल्नुपर्छ भनेर बागमतीका साथीहरु आउनुभएको छ,’ गगनले भने, ‘मैले पार्टी सभापति र वरिष्ठ नेतालाई सोध्नुहोला भनेर फर्काएको छु ।’
 
कांग्रेसले जनयुद्ध दिवस मान्दैन
महामन्त्री थापाले नेकपा माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन १ मा सार्वजनिक बिदा दिने २०७९ माघ २९ मा निर्णय गरेको थियो । महामन्त्री थापाले आफ्नो पार्टी सामेल नभएको त्यतिबेलाको सरकारले दिएको सार्वजनिक बिदालाई नमान्ने बताएका हुन् ।

‘यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ । हामी अघिल्लो सरकारमा थिएनौं । यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौं, यसलाई मान्छौं भनेर स्वीकार गर्न सक्छ ? सक्दैन,’ महामन्त्री थापाले भने, ‘हाम्रा लागि त्यो सैद्धान्तिक विषय हुन्छ । हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौं ।’

फागुन १ मा बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वपीडितले दायर गरेको रिट विचाराधीन छ । थापाले आगामी चुनावमा कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् । ‘अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, ग¥यो भने पार्टी एक रहन्न,’ उनले भने । 

‘पपुलिजमको रोग हटाऊ’
पार्टी अहिले पपुलिजमको रोगले गाँजेको उल्लेख गर्दै गगनले यो रोगबाट हटाउन सबैले भूमिका निभाउनुपर्ने बताए । ‘अहिले पपुलिजमको रोग छ । पार्टीलाई पनि गाँजेको छ, संसद्लाई गाँजेको हुन्छ । पपुलिजमको रोगबाट जोगाउन सबै लाग्नुपर्छ,’ उनले भने ।

दसैंमा असुर प्रवृत्तिको अन्त्य गर्न आफैंबाट सुरुआत गर्नुपर्ने गगनको भनाइ थियो । ‘असुर कहाँ छ भनेर हामी झ्यालबाट हेर्छौं । आफैंभित्र भएको असुर प्रवृत्ति परास्त गरौं,’ दसैंको शुभकामना दिँदै उनले भने, ‘आफंैभित्रको कुन्ठा, आफैंभित्रको घमण्ड, प्रतिशोधको भावना अन्त्य गर्नुपर्नेछ ।’
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP