Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #विश्वकप एसिया छनोट
  • #हुलाकी_राजमार्ग
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #नीति तथा कार्यक्रम
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मुख्यमन्त्री कांग्रेसको, घोचपेच एमाले–माओवादीको 
कोशीमा दोहोरियो संघकै प्रकरण मुख्यमन्त्री कांग्रेसको, घोचपेच एमाले–माओवादीको 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २, २०८०
RBB RBB

काठमाडौं– गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दा २७५ सदस्यीय प्रतिनिधिसभामा २६८ मत पाएका थिए । कोशीका मुख्यमन्त्री केदार कार्कीले पनि यसरी नै ‘प्रचण्ड’ बहुमत प्राप्त गरेका छन् ।

एमालेको समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेका दाहाललाई आधा महिनामै अप्ठेरो पर्ने गरी नेपाली कांग्रेसले मत दिएको थियो । सोही प्रकरण कोशीमा दोहोरिएको हो । शनिबारमात्र मुख्यमन्त्रीमा शपथ लिएका कार्कीले बुधबार मत जाँच्दा ८६ सांसदले उनको समर्थन गरे । ९३ सदस्यीय कोशी प्रदेशसभामा उनलाई ४७ मत भए पुग्थ्यो । तर, एमालेको समर्थनमा कांग्रेसका आठ सांसदसहितको सरकार बनाएका उनले अत्यधिक मत ल्याएका हुन् ।

अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनुपर्छ ।
इन्द्र आङ्बो
माओवादी केन्द्र


पुसको घटनापछि एमालेले फागुन १५ गते संघीय सरकार छाड्यो । कोशीमा पनि यस्तै गर्नुपर्ने धारणा माओवादी कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो बताउँछन् । ‘एमालेले चाँडोभन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस्,’ कार्कीले विश्वासको मत पाउनसाथ सञ्चारकर्मीसँग आङ्बोले भने । आङ्बो गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार थिए । तर, कांग्रेसको संस्थापनइतरले विद्रोह गरी आठ जना सांसद तयार गरेपछि एमालेले कार्कीलाई समर्थन गरेको हो ।

कार्की मुख्यमन्त्री बन्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संस्थापनइतरका नेता डा. शेखर कोइराला र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बालुवाटारमा गठबन्धन बलियो बनाउने एकबुँदे ‘चिर्कटो’ सहमति भएको थियो । उक्त सहमति हुनसाथ एमाले नेताहरु कार्कीसँग सशंकित बनेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस संस्थापनइतरका नेता कोइरालालाई प्रयोग गरी सत्ता गठबन्धन फुटाउने कोसिसस्वरुप कोशीमा कांग्रेसलाई विद्रोह गर्न लगाएका थिए ।

तर, कोइरालाले एमालेसँगको सहमति कायम नराखेको भन्दै संघकै प्रकरण दोहोरिने आशंका एमाले नेताहरुले गरेका हुन् । नभन्दै बुधबार कांग्रेससहित माओवादी गठबन्धनले एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई विश्वासको मत दिए ।

केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ । यो जरूरी पनि छैन । यो परिस्थिति कसले बनायो ?
हिक्मत कार्की
नेकपा एमाले


कार्कीलाई कांग्रेसबाट विद्रोही आठ जनासहित २९, एमालेका ३९ जना, नेकपा माओवादी केन्द्रका १३ जना, नेकपा एकीकृत समाजवादीका चार जना र जसपाका एकसहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने विपक्षमा मत दिएको छ । कोशीमा राप्रपाका छ जना सांसद छन् । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी सरकारको राम्रा कामका समर्थन र नराम्रो कामको आलोचनासहित जनतामाझमा जाने बताए ।

एमाले–माओवादी आरोपप्रत्यारोप
कोशीमा कांग्रेसका मुख्यमन्त्रीको पक्षमा मत हालेका एमाले र माओवादी आरोप–प्रत्यारोपमा उत्रिएका छन् । मुख्यमन्त्रीका दाबेदार आङ्बोले एमालेलाई सरकारबाट बाहिरिन सुझाव दिएका छन् । एमाले जबरजस्ती सरकारमा घुसेको आङ्बोको आरोप थियो । ‘हामीले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निःशर्त मत दिएका हौं ।

अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनुपर्छ,’ आङ्बोले भने, ‘यो सरकार गठबन्धनको हो ।’ यता पूर्वमुख्यमन्त्रीसमेत रहेका एमालेका हिक्मत कार्कीले माओवादीप्रति लक्षित गर्दै कुण्ठा नपोख्न आग्रह गरे । ‘केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ । यो जरूरी पनि छैन । यो परिस्थिति कसले बनायो ?,’ उनले प्रश्न गरे, ‘एमालेले गलत गरेको छैन ।’

 

केदार कार्कीको कुनै बहादुरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म र भावनालाई आत्मसात् गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं, त्यसकारण हामी मुख्यमन्त्री भएनौं ।
राजेन्द्र राई
एकीकृत समाजवादी


कार्कीले माओवादीकै कारण यस्तो परिस्थिति सिर्जना भएको दाबीसमेत गरे । ‘कांग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन । माओवादीले पनि हाम्रो कुरा सुनेन । त्यसैले कांग्रेसका विद्रोहीलाई साथ दिएका हौं,’ एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले भने, ‘गठबन्धनले संघीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षप्त भयौं ।’ 

सरकार विस्तारका क्रममा गठबन्धनलाई आफ्नो दलले अप्ठेरोमा नपार्ने कार्कीको भनाइ थियो । ‘अहिले पनि तपाईंहरु सबै मिल्नुहुन्छ भने हामीलाई सरकारबाहिर बस्न कुनै आपत्ति छैन,’ विश्वासको मत दिने क्रममा कार्कीले भने, ‘एमालेका कारण गठबन्धनलाई अप्ठेरो परेको हो भने म आग्रह गर्न चाहन्छु, गठबन्धन एक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् ।’सरकारमा पाँच मन्त्री मागेको एमालेले कसैलाई बाहिर नराखी प्रदेशलाई अगाडि बढाउन पनि तयार रहेकोे कार्कीले बताए । उनले भने, ‘सहकार्य र सहमतिका साथ अगाडि बढ्न तयार छौं ।’

कांग्रेसका आठ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फूलमाला लगाएर आएपछि हामीले गलै लगायौं ।
उद्वव थापा
नेपाली कांग्रेस

कार्कीमाथि गठबन्धनको कटाक्ष
एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने कांग्रेसका कार्कीले कुनै बहादुरीको काम नगरेको भन्दै कटाक्ष गरे । आफूलाई मुख्यमन्त्री बन्ने अफर पटक–पटक आएको दाबी गर्दै राईले भने, ‘यो कुनै बहादुरीको कुरा होइन । यो हामीले गठबन्धनको मर्म र भावनालाई आत्मसात् गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं, त्यसकारण हामी मुख्यमन्त्री भएनौं ।’

गठबन्धनको निर्णय असफल भएपछि संसदीय दलको नेताबाट राजीनामा दिएका कांग्रेस सांसद एवं निवर्तमान मुख्यमन्त्री उद्धव थापाले कुण्ठा बोकेर हिँडेका भाइहरुलाई जितेर आएकाले फूलमाला लगाएर स्वागत गरेको बताए । ‘नेपाली कांग्रेसबाट आठ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो,’ थापाले भने, ‘अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फूलमाला लगाएर आएपछि हामीले गलै लगायौं, स्वागत ग¥यौं ।’ 

संघमा दाहाललेझैं मत पाएको कार्कीले सकेसम्म सहमतीय सरकार बनाउन पहल गर्ने बताए । ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ,’ कार्कीले भने । आइतबार नै उनले एमालेबाट राम रानामगर र कांग्रेस विद्रोही पक्षका शमशेर राईलाई विनाविभागीय मन्त्री बनाइसकेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP