Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • फोटोपत्रकार केशवराज थोकरले ल्याए कोरोनाकालको मोमेन्ट्स 'लाइफ इन पान्डेमिक'
फोटोपत्रकार केशवराज थोकरले ल्याए कोरोनाकालको मोमेन्ट्स 'लाइफ इन पान्डेमिक'
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १, २०८०

काठमाडौं। फोटोपत्रकार केशवराज थोकरको फोटो किताब 'लाइफ इन पान्डेमिक : काठमान्डु ड्युरिङ कोभिड - १९' सार्वजनिक भएको छ। बुधबार काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको आनन्दभूमि बाङ्क्वेटमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त किताब सार्वजनिक गरे।

 

सभामुख घिमिरेले कोरोनाकालको अर्काइभ आफैमा महत्वपूर्ण भएको बताए। 'हामीले यो कालखण्डमा भोगेको अप्ठ्याराहरुका बारेमा फोटोग्राफरले सजीवताका साथ जुन कुरा ल्याउनुभयो,' सभामुख घिमिरेले भने। घिमिरेले कोरोनाकाल झैं पहिलेपहिले ठुलो खटिरा र क्षयरोग महामारीले धेरैको ज्यान गएको सम्झनासमेत गरे।

'ठुलो खटिरा जसलाई माइ भनिन्छ। यसले धेरैको ज्यान गएको थियो। लास ढडाएको ठाउँबाट आएको धुवाँतिर हेर ज्यान जान्छ भन्थे। पछि टिबीले सिंगो शरीर नै सखाप भयो। त्यस्तै कोरोना महामारी पनि हामीले ब्यहोर्‍यौ,' सभामुख घिमिरेले भने।

Hardik health

वरिष्ठ सरुवा रोग चिकित्सक डा शेरबहादुर पुनले किताबका फोटोहरु देख्दा आफूलाई पुराना दिनको याद आएको बताए। 'गाडी चलाउँदै किताबका फोटो हेर्दा मलाई आँसु आयो। त्यो बेला मलाई फ्रिक्वेन्टली फोन आउँथ्यो। सेकेन्ड वेभमा एम्बुलेन्स बज्दै आउथ्यो। ढोका खुल्नसाथ मृत्यु देख्नुपर्थ्यो। त्यो त्रसादीको समय सम्झे,' डा पुनले भने। अक्सिजनका लागि मानिसहरु दौडदै अस्पताल आइपुगेको स्मरणसमेत उनले गरे। आफूले त्यतिबेला प्रभावितको आत्मविश्वास बढाउन धाराबाहिक लेखसमेत लेखेको उनले बताए। तर अहिले सरकारले भूकम्प बिर्से झै महामारी व्यवस्थापनका कुरा बिर्सन थालेकोमा उनले चिन्ता जनाए। 'अहिले सबैले बिर्सिसके। सरकारले पनि बिर्सिसक्यो। नीति केही बनेको छैन,' डा पुनले भने।

वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले कोरोना महामारीका क्षणलाई दस्तावेजका रुपमा ल्याएकोमा आफूलाई खुसी लागेको बताए। 'समयलाई कसैले रोक्न सक्छ भने त्यो फोटो हो। केशवराज थोकरले कोरोनाको समयमा भएका क्षणहरुलाई किताबकै रुपमा ल्याउनुभएकोमा खुसी लागेको छ,' कार्कीले भने।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यो दस्तावेजका रुपमा र पाठ्यक्रमका रुपमा पनि काम लाग्ने बताए। 'यो दस्तावेज एकदम काम लाग्ने विषय हो। हामीले पत्रकारितामात्र हैन पत्रकारितामार्फत समाजको सेवा गरिरहेका छौं। यो फोटो पत्रकारिता कक्षका लागि पाठ्यक्रमका लागि पनि काम लाग्नेछ,' बस्नेतले भने।

फोटोपत्रकार क्लबका पूर्व अध्यक्ष विकास कार्कीले थोकर फोटोग्राफीको योद्ध भएको बताए। 'क्यामरा बोकेर भिड्ने मान्छे हो केशवराज थोकर। फोटोग्राफीको योद्धा हो,' कार्कीले भने।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले किताब कोरोनाकालको जिउँदो प्रमाण भएको बताए।

कोरोना महामारीका समयमा नेपालीले भोगेको क्षणलाई दस्तावेजका रुपमा आफूले फोटो किताबलाई प्रकाशनमा ल्याएको फोटो पत्रकार थोकरले बताए। 'त्यो बेला मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्था थियो। परिवारमै त्यस्तै थियो,' थोकरले भने, 'तर फोटो खिच्न अस्पताल जाने क्रममै डाक्टरबाट आत्मविश्वास पाएँ। फ्रन्टलाइनरका रुपमा ठाउँठाउँमा पुगेपछि गर्भवती श्रीमतीलाई पनि कोभिड पुष्टि भयो। निकै आत्तिएको थिएँ म। अरु धेरैलाई त्यस्तै भयो होला। सरकारविरुद्ध आन्दोलन पनि भए।'

किताब कोरोनाकालको प्रतिबिम्ब भएकोले प्रकाशनमा ल्याएको प्रकाशक म्हेन्दो ट्रस्टका अमृत योञ्जनले बताए। १२५ पृष्ठको रंगीन किताबको मुल्य एक हजार रुपैयाँ तोकिएको छ।


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP