Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
साहित्य
  • Home
  • साहित्य
  • फोटोपत्रकार केशवराज थोकरले ल्याए कोरोनाकालको मोमेन्ट्स 'लाइफ इन पान्डेमिक'
फोटोपत्रकार केशवराज थोकरले ल्याए कोरोनाकालको मोमेन्ट्स 'लाइफ इन पान्डेमिक'
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १, २०८०

काठमाडौं। फोटोपत्रकार केशवराज थोकरको फोटो किताब 'लाइफ इन पान्डेमिक : काठमान्डु ड्युरिङ कोभिड - १९' सार्वजनिक भएको छ। बुधबार काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको आनन्दभूमि बाङ्क्वेटमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त किताब सार्वजनिक गरे।

 

सभामुख घिमिरेले कोरोनाकालको अर्काइभ आफैमा महत्वपूर्ण भएको बताए। 'हामीले यो कालखण्डमा भोगेको अप्ठ्याराहरुका बारेमा फोटोग्राफरले सजीवताका साथ जुन कुरा ल्याउनुभयो,' सभामुख घिमिरेले भने। घिमिरेले कोरोनाकाल झैं पहिलेपहिले ठुलो खटिरा र क्षयरोग महामारीले धेरैको ज्यान गएको सम्झनासमेत गरे।

'ठुलो खटिरा जसलाई माइ भनिन्छ। यसले धेरैको ज्यान गएको थियो। लास ढडाएको ठाउँबाट आएको धुवाँतिर हेर ज्यान जान्छ भन्थे। पछि टिबीले सिंगो शरीर नै सखाप भयो। त्यस्तै कोरोना महामारी पनि हामीले ब्यहोर्‍यौ,' सभामुख घिमिरेले भने।

Ncell
Hardik health

वरिष्ठ सरुवा रोग चिकित्सक डा शेरबहादुर पुनले किताबका फोटोहरु देख्दा आफूलाई पुराना दिनको याद आएको बताए। 'गाडी चलाउँदै किताबका फोटो हेर्दा मलाई आँसु आयो। त्यो बेला मलाई फ्रिक्वेन्टली फोन आउँथ्यो। सेकेन्ड वेभमा एम्बुलेन्स बज्दै आउथ्यो। ढोका खुल्नसाथ मृत्यु देख्नुपर्थ्यो। त्यो त्रसादीको समय सम्झे,' डा पुनले भने। अक्सिजनका लागि मानिसहरु दौडदै अस्पताल आइपुगेको स्मरणसमेत उनले गरे। आफूले त्यतिबेला प्रभावितको आत्मविश्वास बढाउन धाराबाहिक लेखसमेत लेखेको उनले बताए। तर अहिले सरकारले भूकम्प बिर्से झै महामारी व्यवस्थापनका कुरा बिर्सन थालेकोमा उनले चिन्ता जनाए। 'अहिले सबैले बिर्सिसके। सरकारले पनि बिर्सिसक्यो। नीति केही बनेको छैन,' डा पुनले भने।

वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले कोरोना महामारीका क्षणलाई दस्तावेजका रुपमा ल्याएकोमा आफूलाई खुसी लागेको बताए। 'समयलाई कसैले रोक्न सक्छ भने त्यो फोटो हो। केशवराज थोकरले कोरोनाको समयमा भएका क्षणहरुलाई किताबकै रुपमा ल्याउनुभएकोमा खुसी लागेको छ,' कार्कीले भने।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यो दस्तावेजका रुपमा र पाठ्यक्रमका रुपमा पनि काम लाग्ने बताए। 'यो दस्तावेज एकदम काम लाग्ने विषय हो। हामीले पत्रकारितामात्र हैन पत्रकारितामार्फत समाजको सेवा गरिरहेका छौं। यो फोटो पत्रकारिता कक्षका लागि पाठ्यक्रमका लागि पनि काम लाग्नेछ,' बस्नेतले भने।

फोटोपत्रकार क्लबका पूर्व अध्यक्ष विकास कार्कीले थोकर फोटोग्राफीको योद्ध भएको बताए। 'क्यामरा बोकेर भिड्ने मान्छे हो केशवराज थोकर। फोटोग्राफीको योद्धा हो,' कार्कीले भने।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले किताब कोरोनाकालको जिउँदो प्रमाण भएको बताए।

कोरोना महामारीका समयमा नेपालीले भोगेको क्षणलाई दस्तावेजका रुपमा आफूले फोटो किताबलाई प्रकाशनमा ल्याएको फोटो पत्रकार थोकरले बताए। 'त्यो बेला मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्था थियो। परिवारमै त्यस्तै थियो,' थोकरले भने, 'तर फोटो खिच्न अस्पताल जाने क्रममै डाक्टरबाट आत्मविश्वास पाएँ। फ्रन्टलाइनरका रुपमा ठाउँठाउँमा पुगेपछि गर्भवती श्रीमतीलाई पनि कोभिड पुष्टि भयो। निकै आत्तिएको थिएँ म। अरु धेरैलाई त्यस्तै भयो होला। सरकारविरुद्ध आन्दोलन पनि भए।'

किताब कोरोनाकालको प्रतिबिम्ब भएकोले प्रकाशनमा ल्याएको प्रकाशक म्हेन्दो ट्रस्टका अमृत योञ्जनले बताए। १२५ पृष्ठको रंगीन किताबको मुल्य एक हजार रुपैयाँ तोकिएको छ।


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP