Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारी पीडितलाई  छोएन दसैँले
सहकारी पीडितलाई  छोएन दसैँले
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १, २०८०

गलकोट– दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो । 

इमेज सहकारीले रू डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके पनि पीडितलाई दसैँले छुन नसकेको बचत पीडितहरुले बताएका छन् । उनीहरु दसैँ लागिसक्दा पनि सडकमै आन्दोलन गरिरहेका छन् । 

इमेज सहकारी बचतकर्ता सङ्घर्ष समितिले सहकारीका अध्यक्ष एवं नगर प्रमुख देवकुमार नेपालीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै मङ्गलबार बागलुङ बजारमा सिठ्ठी जुलुस निकालेको थियो । 

सहकारीले पोखरा र बागलुङमा गरी बचतकर्ताको करिब रू दुई अर्ब फिर्ता नगरेकाले उक्त रकम फिर्ताको माग गर्दै आन्दोलन थालिएको सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए । गत जेठ ५ गतेदेखि फरार रहेका नेपालीलाई यथाशीघ्र पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राख्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको उनले बताए । 

“दुखजिलो गरेर बचत गरेको रकम चाडवाडको समयमा फिर्ता नपाउँदा बचत पीडितलाई कस्तो भएको छ? , हामीलाई चाडवाडको भन्दा बचतको पिरलो छ” कार्कीले भने, “छ महिनादेखि चुनौती दिएर फरार भएका नेपालीलाई राज्यले कानुनी दायरामा ल्याउन नसक्नु दुःखद् हो ।” सबैलाई दसैँ लागे पनि बचत कर्तालाई दशा लागेको बताउँदै नेपाली कानुनी दायरामा नआउँदासम्म आन्दोलन जारी रहने उनको भनाइ थियो ।

रू डेढ अर्ब रकम हिनामिनापछि भागेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली छ महिनादेखि बेपत्ता छन् । 

नेपालीको खोजीमा राज्यले पहल नगरेको भन्दै पीडितले राज्यको ध्यानाकर्षण गराउन निरन्तर सडक आन्दोलन गरिरहेका छन् । एक हजार सात सयको बचत उठाएर नेपाली फरार भएपछि बचत कर्तालाई दसैँले छुन नसकेको पीडित यामप्रसाद शर्माले बताए। “राज्यले पीडितको कुरा सुनेन । फरार रहेका नेपालीलाई पक्राउ गरेर ल्याउन माग गर्दर्छौँ”, उनले भने, “चाडवाडको सयमा हामी जस्ता बचतकर्ता सडकमा आउनु परेको छ । हामी जस्ताले राखेको रकमले घर गाडी किनेर मोजमस्ती गर्नेलाई कारबाही गर्न आवशयक छ ।”

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म नखुलेको शर्माले जानकारी दिए । उनका अनुसार सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द भएको छ । 

उनीविरुद्ध प्रशासनले डेढमहिनाअघि नै गृहमन्त्रालयमा ‘रेडकर्नर नोटिस’ जारी गरिदिन सिफारिससमेत गरेको थियो । रेडकर्नर जारी हुँदा अन्तर्राष्ट्रिय तहमा पनि अभियुक्तको खोजी गर्न सकिने प्रावधान भए पनि अहिलेसम्म रेडकर्नर नोटिस जारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। नेपालीको खोजी कार्य भइरहे पनि अहिलेसम्म उनलाई पक्राउ गर्न नसकिएको उनले बताए।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP