Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशी प्रकरणपछि एमालेसँग नजिकिँदै माओवादी
कोशी प्रकरणपछि एमालेसँग नजिकिँदै माओवादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १, २०८०
  • कोशीमाझैं केन्द्रमा पनि एमाले–कांग्रेस गठबन्धन हुनसक्ने भन्दै माओवादी नेताहरु सशंकित
  • देउवाले कोशीमा खेलेको खेल केन्द्रमा पनि खेले एमालेसँग फेरि मिल्नुको विकल्प नरहेको माओवादीका नेताहरुको बुझाइ
  • माओवादीका दोस्रो तहका नेताहरुले एमालेका दोस्रो तहका  नेताहरुसँगै अनौपचारिक भेट तथा कुराकानी बढाउँदै

काठमाडौं– कोशीमा गठबन्धनमाथि घात गरेको आशंकामा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिन थालेको छ । माओवादीको नजरमा नेपाली कांग्रेसले कोशी प्रदेशमा धोका दिएको बुझाइ छ ।

गत पुस १० मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न ठीक्क परेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास डाकेर प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मौका दिएका थिए । ओलीको यो चतु¥याइँले जिल्ल परेका देउवाले विस्तारै दाहाल नेतृत्वको सरकारबाट एमालेलाई ‘आउट’ गरेका थिए । देउवा र दाहाल मिलेर छ प्रदेशको सरकारबाट एमालेलाई हटाए पनि कोशीमा भने सांसद संख्याका कारण केन्द्रीय नेतृत्वले चाहेजस्तो भइरहेको छैन ।

गठबन्धनबाट कांग्रेसका उद्धव थापा दुईपटक मुख्यमन्त्री बने उनी दुवैपटक सर्वोच्च अदालतबाट अपदस्त भए । त्यसपछि गठबन्धनमा नयाँ उम्मेदवारको खोजी भयो मुख्यमन्त्रीका लागि । माओवादीले थापा पहिलोपटक मुख्यमन्त्री बन्दा नै नेतृत्वमा दाबी गरेको थियो । त्यसैले संसदीय दलका नेता इन्द्र आङ्बोको नाममा सहमति जनाए शुक्रबार ।यो सहमतिलाई कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले असहमति जनाए र विद्रोहमा उत्रिए ।

एमालेमा ओली कांग्रेसलाई जसरी पनि असफल बनाउने दाउमा थिए । यहीबेला ओलीले आठ सांसद लिएर आउने सांसदलार्ई आफ्नो दलले सघाउने सन्देश शेखरलाई पठाए । लगत्तै शेखरले आफूनिकट नेता केदार कार्कीको नेतृत्वमा आठ जना सांसद जुटाए । एमालेले सहमतिअनुसार सनाखत गर्न पुगेपछि कांग्रेसका कार्की शनिबार कोशीको पाँचौ मुख्यमन्त्री बनिसकेका छन् ।

उनको नियुक्तिलाई कतिपयले देउवाकै खेल भनी चर्चा गरेपछि माओवादी सशंकित बनेको हो । देउवाले कांग्रेसले नै नेतृत्व पाउनुपर्ने कोशी माओवादीले मागेपछि शेखरमार्फत कार्कीलाई उम्मेदवार बनाएको कांग्रेसकै नेताहरु बताउँछन् । कोशी सरकार निर्माणमा मुख्य भूमिका निभाउँदै आएको कृष्ण सिटौलाको मौनताले यो पुष्टि हुने कांग्रेस नेताहरु बताउँछन् । बालुवाटारमा शनिबार नै प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र डा. कोइरालाबीच भएको चिर्कटो सहमतिले पनि यसलाई पुष्टि गर्ने नेताहरुको दाबी छ ।

उक्त दिन कोशी सरकारमा एमालेलाई सहभागी नगराउने सहमति भए पनि कांग्रेसले त्यो पालना नगरेकोमा सोमबार नै धनगढी पुगेर प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाइसकेका छन् । ‘हामीले कांग्रेसका एकजना मात्रै मन्त्री बनाउनु भनेका थियौं । तर, एमालेका पनि मन्त्री छिराइहालेछन्,’ दाहालले सोमबार भनेका थिए ।

माओवादीले कतिपय निर्णयमा सत्ता साझेदार प्रमुख दल कांग्रेससँग सल्लाह नै नलिने भन्दै सरकारमै सहभागी मन्त्रीहरुले असन्तुष्टि पोख्न थालेका छन् । यसले पनि कतिपयले एमाले–कांग्रेस सत्ता गठबन्धन हुन सक्ने चर्चा चलाएका थिए । कोशी घटनाले यो चर्चामा थप मलजल पुगेको र माओवादी थप सशंकित भएको बताइन्छ । 

बढ्यो एमाले–माओवादी हिमचिम
कोशीमा कांग्रेसले झड्का दिएपछि माओवादी नेताहरुले एमालेसँग अनौपचारिक कुराकानी थालेका छन् । माओवादीबाट सेकेन्ड लाइनमा रहेको नेता वर्षमान पुनले हालै एमाले उपाध्यक्ष विष्णु पौडेलसँग भेटेका छन् । माओवादीले आफ्ना नेता कार्यकर्तालाई पछिल्ला दिनमा एमाले नेता कार्यकर्तालाई गालीगलौज नगर्न आग्रह गरेको बताइएको छ । देउवाले कोशीमा खेलेको खेल केन्द्रमा पनि खेले एमालेसँग फेरि मिल्नुको विकल्प नरहेको माओवादीका नेताहरुको बुझाइ छ ।

गठबन्धनलाई जसरी पनि भत्काउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलेबाटै लागेका हुन् । कांग्रेसका शेखर पक्षलाई प्रयोग गरेर गठबन्धन फुटाउन लागेका ओली कोशीमा सफल भए पनि अन्ततः काग्रेसले अपनत्व लिएको छ । यो घटनाले ओली कांग्रेस नेता शेखरसँग आक्रोशित भएको एमाले नेताहरु बताउँछन् ।  राजनीतिक विश्लेषक झलक सुवेदी कोशीमा शेखरले कच्चा खेल खेलेको बताउँछन् ।

‘कमरेड शेखर कोइरालालाई दल विभाजनको प्रयासलाई मूर्तरुप दिन लाग्नुभएकोमा बधाई र धन्यवादसहित दसैंको शुभकामना,’ सुवेदीले व्यंग्य गर्दै सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन् ।केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि नेपाली कांग्रेसका सभापति देउवा र नेता शेखरसँग यही गठबन्धनलाई टिकाउने, सरकारलाई निरन्तरता दिने सहमति गर्नुपरेको थियो ।

प्रधानमन्त्री दाहालले आफ्नो पद जोगाउन चिर्कटोमा हस्ताक्षर गरेको माओवादी नेताहरुको आरोप छ । महासचिव देव गुरुङ, जनार्दन शर्मालगायतले यस सहमतिमा असन्तुष्टि पोखेका छन् । यो बीचमा कांग्रेसले केन्द्रमा धोका दिन खोजे एमालेसँग मिल्नुको विकल्प नरहेको भन्दै माओवादीका दोस्रो तहका नेताहरुले एमाले नेताहरुलाई अनौपचारिक भेट तथा कुराकानी बढाएका हुन् ।

राप्रपाबाहेकले पक्षमा मत दिने
आइतबारमात्र मुख्यमन्त्रीमा शपथ लिएका कार्कीले आजै विश्वासको मत जाँच्दै छन् । ९३ सदस्यीय कोशी प्रदेशसभा राप्रपाबाहेक सबै दलले मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मत दिने तयारी गरेका छन् । कार्कीको विरोधमा उभिएको नेपाली कांग्रेस संस्थापन पक्षलेसमेत उनलाई विश्वासको मत दिने भएको छ । ‘कांग्रेसले मुख्यमन्त्रीको पक्षमा मत हाल्ने पक्कापक्की भएको छ,’ कोशी कांग्रेसका सांसद भूपेन्द्र राईले भने । कोशीमा कांग्रेसका २९ सांसद छन् ।

त्यसैगरी मुख्यमन्त्री गुमाएको माओवादीले पनि कार्कीलाई मत दिने तयारी गरेको छ । १३ सांसद रहेको माओवादीसँगै एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा)को एक सांसदले पनि पक्षमा मत दिने बताइएको छ । एमालेका ३९ सांसदले पनि मत दिए कार्कीले उपसभामुखबाहेक ८६ मत पाउने देखिन्छ । एमालेले पाँच मन्त्री पाउनुपर्ने लबिइङ मंगलबारबाट थालिसकेको छ । यता केन्द्रीय गठबन्धनले भने विश्वासको मत दिएर एमालेलाई सरकारबाट बाहिर निकाल्ने तयारी गरेको गठबन्धनका एक नेताले बताए ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP