Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • मिथिलाञ्‍चलको घरआँगनमा गुञ्‍जिन थाल्यो झिझियाको लोकभाका
मिथिलाञ्‍चलको घरआँगनमा गुञ्‍जिन थाल्यो झिझियाको लोकभाका
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ३०, २०८०

धनुषा- ‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्‍चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्‍जिन थालेको छ ।

यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । यहाँका मठमन्दिरमा दसैँका लागि बनाइएका पन्डालमा साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् ।मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य भएको मान्यता छ ।

मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले भने, “दसैँका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रका लागि अनुष्ठान गरी सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गर्ने गरिएको जनविश्वास छ । घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ ।”

झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्नेबारे जानकारी दिँदै उनले भने, “एक वा दुईटा सफा घैँटो किनेर त्यसलाई सफासुग्घर गरी प्वालै प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा मट्टितेल हालेर आगो सल्काइन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ  तर टाउकामा राखी नृत्य गर्नपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।”

बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ ।यसरी मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिलाले टाउकामा आगो बलिरहेको घैँटो राखेर हातको सहारा बिना नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँटोलका पुरोहित इन्द्रकान्त झाका अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी (डाइन)ले गन्न सफल भइहाले भने उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुन सक्ने जनविश्वास छ । त्यसैले झिझिया टाउकामा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्ने बित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ ।

मैथिली संस्कृतिका जानकार महेन्द्रनगरका रमापति चौधरीले भने, “महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाका लागि लोक अनुष्ठानका रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दसैँभर प्रदर्शन गरिन्छ । गाउँघरमा भिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् ।”

प्रत्येकको घरघरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामल दाल सहयोग दिने चलन छ । भिझियालाई तन्त्रमन्त्र र जादुटुनाको प्रतिकात्मक मानिए पनि अहिले अन्धविश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको उनको भनाइ थियो ।यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धूनसँगै झिझिया नृत्य सुरु हुन्छ ।

अहिले यो नृत्य  लोप हुँदै गएकाले मिथिला नाट्य कला परिषद्ले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा अगाडि बढाउँदै आएको छ ।उक्त परिषद्ले केही वर्षयतादेखि  पाँच सयभन्दा बढी झिझियाको नृत्य प्रदर्शन गरिसकेको छ । जनकपुरधामकै देवी चोकमा रहेका राजदेवी युवा क्लबले पनि दसैँको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दसैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबले पनि भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुत गर्ने गर्छ ।


प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP