Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेससँग प्रधानमन्त्री दाहाल सशंकित
कांग्रेससँग प्रधानमन्त्री दाहाल सशंकित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ३०, २०८०

काठमाडौं– कोशी प्रदेशमा कांग्रेस नेतृत्वको भूमिकाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सशंकित बनेका छन् । एमालेका ३९ जना सांसदको समर्थन र कांग्रेसका आठ विद्रोही सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बन्नेपछि बालुवाटारमा गरेको सहमति पालना नभएकोमा दाहाल सशंकित बनेका हुन् ।

‘कांग्रेस पार्टी हो कि मञ्च हो कि मोर्चा हो ? बुझिनसक्नु छ । कोशीमा देखिहाल्नुभयो । त्यहाँ दुईवटा गठबन्धन बन्यो । हाम्रो एउटा गठबन्धन, एमाले र कांग्रेसको अर्को गठबन्धन । लाजमर्दो,’ कैलालीको धनगढीमा सोमबार प्रधानमन्त्री दाहालले भने । शनिबारको सहमति मसी सुक्न नपाउँदै तोडिएकोमासमेत दाहालले असन्तुष्टि जनाए ।

‘यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने कमिटमेन्टमा हस्ताक्षर गरायौं । यति भएपछि एमालेले गरेको चलखेल रोकियो भनेको त हिजो फेरि अर्को चलखेल भयो । हामीले कांग्रेसका एक जनामात्रै मन्त्री बनाउनु भनेका थियौं । तर, एमालेका पनि मन्त्री छिराइहालेछन्,’ उनले भने ।

हामीले कांग्रेसका एक जनामात्रै मन्त्री बनाउनु भनेका थियौं । तर एमालेका पनि मन्त्री छिराइहालेछन् ।
पुष्पकमल दाहाल
प्रधानमन्त्री


कोशीमा गठबन्धनले समर्थन गरेको उम्मेदवार इन्द्र आङ्बो मुख्यमन्त्री नबन्ने पक्का भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री दाहाल र डा. शेखर कोइरालाबीच एक बुँदे  सहमति भएको थियो । उक्त सहमतिलाई कतिपयले ‘चिर्कटो सम्झौता’समेत भनिन थालिएको छ ।

उक्त सहमतिको सार थियो– अहिलेको संघीय गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने । तर, कोशीमा आइतबार नवनियुक्त मुख्यमन्त्री कार्कीले आफूसँगै एमालेका राम राना मगर र कांग्रेसका विद्रोही सांसद राईलाई विनाविभागीय मन्त्री बनाए । एमालेलाई पनि सरकारमा सहभागी गराएकोमा दाहालले असन्तुष्टि पोखेका हुन् । 

 

कोशीमा जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो, यसको सबैभन्दा ठूलो प्रधान जिम्मेवारी, अंशियारी सभापतिले फिल गर्नुपर्छ ।
विश्वप्रकाश शर्मा
महामन्त्री, कांग्रेस

‘काम गर्न गाह्रो छ’
प्रधानमन्त्री दाहालले सरकारमा रहेर काम गर्न निकै गाह्रो भएकोसमेत बताए । दाहालले आफूहरु बलियो बन्न समाजवादी मोर्चा बनाए पनि यो खासै बलियो नभएकोसमेत तर्क गरे । ‘मोर्चामा आबद्ध चार दललाई काम गर्न सजिलो छैन । विप्लवजी सरकारबाहिर रहेकाले बोल्ने स्वतन्त्रता छ ।

अलिअलि लड्ने स्वतन्त्रता छ,’ दाहालले भने, ‘हामी मिल्दा जम्मा ५४ सिट हो । कांग्रेस एक्लै झण्डै ९० को नजिक छ । एमाले एक्लै ८० को नजिक छ । अनि साथीहरू ठोक्नोस् बेसरी ठोक्नोस् भन्नुहुन्छ । परिस्थिति त्यस्तो छ । मिलाएर ठोकेन भने आफैंतिर उल्टिने खतरा छ । यो कुरा पनि तपाईंले बुझ्न जरुरी छ । बडो मिलाइ–मिलाइ ठोक्नु छ अझै ।’

देउवा र शेखरलाई दुई महामन्त्रीको प्रश्न
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशी सरकार निर्माणको क्रममा देउवा र डा. शेखरले गरेको सम्झौताबारे प्रश्न उठाएका छन् । सोमबार साँझ देउवानिवास धुम्बाराहीमा भएको कांग्रेस पदाधिकारी बैठकमा बालुवाटारमा गरेको चिर्कटो सम्झौताप्रति प्रश्न उठाएका हुन् ।

मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत जाँच्ने भएपछि देउवाले बैठक डाकेका थिए । बैठकमा आफूहरुले प्रधानमन्त्री दाहालसँग भएको सम्झौताबारे प्रश्न राखेको विश्वप्रकाशले दाबी गरे । ‘तीन नेताले हस्ताक्षर गरेको कागजको चिर्कटो देखियो, यस्तो चिर्कटोमा सम्झौता किन गरियो, गर्नुपर्नका कारण के हुन् ? दाहाल प्रधानमन्त्री हुनुहुन्छ । सभापतिजी गठबन्धन दलको ठूलो दलको नेता, गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो ?’ आफूहरुले यस्तै विषय उठाएको विश्वप्रकाशले दाबी गरे ।

कोशी घटनाबारे कांग्रेसभित्र गम्भीर आत्मसमीक्षा हुनुपर्ने आवाज बैठकमा उठाएको शर्माको दाबी छ । ‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो, यसको सबैभन्दा ठूलो प्रधान जिम्मेवारी, अंशियारी सभापतिले फिल गर्नुपर्छ भनेर हामीले बैठकमा राख्यौं,’ महामन्त्री शर्माले भने, ‘कोशीबारे महामन्त्री, सहमहामन्त्रीलगायत कसैसँग पनि सभापति र नेता कोइरालाले संस्थागत रूपमा छलफल गर्नुभएको थिएन ।’ शर्माले यस प्रकरणमा डा. शेखरले पनि जवाफ दिनुपर्ने बताएका छन् ।

कोशीमा गठबन्धनले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि शेखर समूहले विद्रोह गरेको थियो । शेखर समूहले आठ जना सांसद विपक्षमा पु¥याएसँगै एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री भएका हुन् । 

कोशी घटनाक्रम
असोज २७: केदार कार्की मुख्यमन्त्रीमा नियुक्त
असोज २०: हिक्मत कार्कीद्वारा मुख्यमन्त्री पदबाट राजीनामा
भदौ २२: हिक्मत कार्की दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त
भदौ २१: सर्वोच्चको आदेशसँगै उद्वव थापा मुख्यमन्त्रीबाट पदमुक्त
साउन १६: उद्धव थापा ४७ जना सांसदको समर्थनमा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त
साउन १६: सभामुख बाबुराम गौतमद्वारा राजीनामा
साउन १२: कोशी प्रदेशका प्रमुख परशुराम खापुङद्वारा साउन १६ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
साउन ११: सर्वोच्च अदालतद्वारा कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर । सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश
साउन ८: सर्वोच्च अदालतद्वारा कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश
असार २७ः कोशी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चको आदेश
असार २२: कांग्रेस नेतृत्वको कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन
असार २२: सभामुखसमेतको समर्थनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन
असार १५: नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले विश्वासको मत पाएन
जेठ २३: माओवादी सरकारबाट फिर्ता
२०८०, जेठ १७: जसपा सरकारबाट फिर्ता
फागुन १७: प्रदेशको नामाकरण कोशी 
२०७९, पुस २४: एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसदको समर्थनमा हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त
 


प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP