Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शेखरले कोशीमा मुख्यमन्त्री पाउँदा गगनसँग ‘खटपट’
शेखरले कोशीमा मुख्यमन्त्री पाउँदा गगनसँग ‘खटपट’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २९, २०८०

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइराला कोशीमा आफूनिकट नेतालाई मुख्यमन्त्री बनाउन सफल भएका छन् । शेखरले कांग्रेसमा विद्रोह गरेरै आफूनिकट नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा आफ्नै समूहका महामन्त्री गगन थापा भने रुष्ट सुनिएका छन् ।

आफूसँग कुनै सल्लाहविनै कोइरालाले कोशीमा निर्णय लिएकोप्रति कटाक्ष गर्दै गगनले शनिबार गोरखामा पार्टीलाई एमालेकरण गर्न नदिने दाबी गरेका थिए । ‘पार्टीलाई माओवादीकरण गर्न दिन्नौं, यसो भन्दै गर्दा एमालेकरण गर्न पनि दिइन्न,’ गोरखा पुगेर गगनले भने । १४औं महाधिवेशनमा एकै समूहबाट संस्थापन पक्षविरुद्ध उभिएका शेखर–गगनको यो पहिलो ‘टसल’ भने हैन ।

पार्टीलाई माओवादीकरण गर्न दिन्नौं, यसो भन्दै गर्दा एमालेकरण गर्न पनि दिइन्नँ
गगन थापा
महामन्त्री

संसदीय दलको निर्वाचनमा गगनको दाबीपछि असन्तुष्ट बनेका शेखर विस्तारै उनीसँग टाढिन थालेका थिए । संघको मन्त्रिपरिषद् विस्तारमा शेखरले असन्तुष्टि पोखिहाले । आफूनिकटकोमात्र नाम पठाएर शेखर सुटुक्क सिंगापुर उडे । यता मन्त्रिपरिषद् विस्तारमा धनराज गुरुङ, डिगबहादुर लिम्बूको शपथपछिमात्र गगनले थाहा पाए ।

उक्त विषयमा आफूले सिंगापुर उड्नुअघि फोन नगरेकोमा गल्ती भएको शेखर बताउँछन् । ‘हतारमा नाम बुझाएर सिंगापुरतिर लागे, गगनजीलाई जानकारी नदिनु मेरो मिस्टेक हो । तर, दुवैको नाम फाइनल सहमतिमै भएको हो,’ एक अनौपचारिक छलफलका क्रममा डा. शेखरले भने ।

पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवाले पुनः एकलौटीपन देखाउन थालेपछि असोजको केन्द्रीय समितिमा भने शेखरले संयुक्त रुपमा प्रस्तुत हुन गगनको खोजी गरे । सरकारमा कांग्रेसको प्रस्तुति कमजोर भएको भन्दै असोज ४ गते सुरु भएको केन्द्रीय समितिमा असन्तुष्टि पोख्ने निर्णय गर्‍यो शेखर समूहले । यसमा गगनको पनि सहमति थियो । तर केन्द्रीय समितिमा तयारी गरिएजस्तो पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापनइतर आक्रामक बनेन । 

संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न । सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न
विश्वप्रकाश शर्मा
महामन्त्री

 

संस्थागत नभई आवेगको निर्णय: विश्वप्रकाश
कोशी घटनाले शेखर–गगनमा फेरि खटपट देखिने भएको छ । जुन असन्तुष्टि गगनले गोरखामा पोखिसकेका छन् । संसदीय दलको नेतामा गगनलाई साथ दिएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि शेखरको कदमको विरोध गरेका छन् । शर्माले सधैं यही गठबन्धन बोकिरहन जरुरी नभएको र पार्टीभित्र संस्थागत निर्णय गरेर ‘डिभोर्स’ गर्न मिल्ने भन्दै नेतृत्वसामु घुर्की देखाएका हुन् ।

कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे आइतबार सार्वजनिक रूपमा धारणा राख्दै शर्माले संस्थागत निर्णय नगरी आवेगमा कुनै निर्णय लिन नहुने उल्लेख गरेका छन् । ‘यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सधैं यो बोकिरहनुपर्छ, जरुरी छैन । तर संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न । सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न । पुस १० पनि नबिर्षौं,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको उल्लेख गरेका छन् । गणितीय जटिलता र पहिचान आन्दोलन सम्बोधन गर्न दुवै महामन्त्रीले एमालेसहित गठबन्धन गर्न पहिले नै प्रस्ताव गरेको स्मरणसमेत उनले स्टाटसमा दाबी गरेका छन् । ‘गणितीय जटिलता अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो, ‘कोशीमा एमालेसहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर,’ शर्माले लेखेका छन् ।

उनले पार्टीको संस्थागत निर्णय भने सबैले मान्नुपर्ने उल्लेख गर्दै थप लेखेका छन्, ‘कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन संसद् विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित भएको हो । कांग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं तर पार्टीको संस्थागत निर्णय मान्यौं,’ शर्माले शेखरलाई सम्झाएका छन् ।

कोशीको मुख्यमन्त्री उम्मेदवार चयन गर्दा सभापति देउवा र नेता कोइराला दुवैले संस्थागत प्रक्रिया नअपनाएकोमा शर्माको असन्तुष्टि छ । ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनुभयो, न फरक विचार समूहको नेताले आफ्नै समूहभित्र (साझा मत) खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलीले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ,’ शर्माले लेखेका छन् ।

कोशीमा सत्तागठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । तर नेता शेखर कोइराला पक्षका कोशीका कांग्रेस सांसदले यो निर्णय अस्वीकार गर्दै केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि बढाएका थिए । नेकपा एमालेका ३९ र शेखर कोइराला पक्षका आठ सांसदको समर्थनमा कांग्रेसका कार्की कोशीमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

देउवाको निर्देशन भएन पालना 
कोशीमा भएको घटनाक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच ‘गठबन्धन बलियो बनाउने’ सहमति भोलिपल्टै तोडिएको छ । दाहाल, देउवा र कोइरालाले शनिबार बिहान बालुवाटारमा ‘गठबन्धनलाई कमजोर हुन नदिने’ सहमति गरेका थिए । आइतबार दिउँसो कोशीमा मन्त्रिपरिषद गठन गर्दा मुख्यमन्त्री कार्कीले गठबन्धनमा नरहेको नेकपा एमालेका नेतालाई मन्त्री बनाएसँगै सहमति तोडिएको हो ।

मुख्यमन्त्री कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई विनाविभागीय मन्त्री बनाएर शपथ खुवाएका छन् । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं । यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ शनिबार तीन शीर्ष नेताबीच भएको सहमतिमा भनिएको छ ।

गठबन्धनले कोशीमा मुख्यमन्त्रीका लागि माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई उम्मेदवार बनाइएको थियो । कोशीमा मुख्यमन्त्री बनेका कार्की शेखरनिकट हुन् । कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९ सांसदमध्ये आठ र एमालेका ४० मध्ये ३९ जनाले हस्ताक्षर गरेका थिए । कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि शनिबार नै काठमाडौं आइपुगेर एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति देउवासँग भेटेका थिए ।

आइतबार बिहान ८ बजेमात्र कार्की विराटनगरका लागि काठमाडौंबाट उडेका थिए ।कसलाई मन्त्री बनाउने भन्ने विषय टुंगो नलागेपछि २ बजे शपथको कार्यक्रम तोकिएकोमा ढिला गरीमात्र शपथग्रहण भयो ।मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाट मन्त्री नबनाउन कांग्रेस सभापति देउवाले निर्देशन समेत दिएका थिए । कार्कीले प्रारम्भिक चरणमा मन्त्रिपरिषद् बनाउँदा निर्देशनलाई पालना गरेनन् ।

संघमा एमाले–कांग्रेस सत्ता सहकार्य सम्भव होला ?
कोशीमा एमाले–कांग्रेसको सत्ता सहकार्यलाई विभिन्न कोणबाट हेरिन थालिएको छ । कोही यो घटनाले कांग्रेसभित्र फुट निम्त्याउने बताउँछन् भने कोही एमाले र कांग्रेसबीचको सत्ता सहकार्यको सुरुआत । यो बीचमा दुई दलबीचमात्र सहमति हुँदा सत्तारुढ गठबन्धनका अरु नेताहरुले खासै मुख खोलेका छैनन् । 

एमाले र कांग्रेसबीचको सत्ता सहकार्य बेलाबेला चर्चा चले पनि यो सम्भव हुन सकेको छैन । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको दुई महिनामै एमाले र कांग्रेसबीच संघमा सत्ता सहकार्य हुने दाबी गरेका छन् । ‘कोशीले के संकेत गर्छ भने अहिलेको सरकार दुई महिनामा बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ,’ आइतबार एमालेको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा पाण्डेले भने, ‘मंसिरभित्रमा, यो सरकारको आयु दुई महिना राखिदिए हुन्छ ।

त्यसपछिको स्थिति नयाँ ढंगले जाने छ । मैले केही सूचना, केही तथ्य र केही विश्लेषणको आधारमा भनिरहेको छु । त्यसै सुनेको भरमा भनेको छैन ।’ गठबन्धनभित्रकै खटपट पनि राजनीतिक समीकरण बदलिने उनको दाबी थियो । प्रधानमन्त्री दाहालले भने यो गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी दोहोर्‍याएका छन् ।

‘एकथरी मान्छे यो गठबन्धनभित्र खेल्न सकिन्छ कि भनेर योजनाअन्तर्गत ती काम भएका थिए । हिजो भएको सहमतिले त्यो षडयन्त्रलाई निस्तेज पारिएको छ । यो गठबन्धन अब पाँच वर्ष टिक्छ,’ आइतबार चितवनमा आयोजित कार्यक्रममा दाहालले भने ।
 


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP