Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा
वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्र बन्दै भैंसेगौंडा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २६, २०८०

गण्डकी– स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भंैसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम प्रकृति र संस्कृति यहाँको विशिष्टता हो ।    

तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को लगभग बीच भागमा पर्ने भएका कारण यहाँको गरिमा र महत्व अझै चुलिएको छ । प्रकृतिको वरदान पाउको भैंसेगौँडा यहाँका प्राचीन मौलिक संस्कृतिले पनि उत्तिकै सम्पन्न रहेको स्थानीय समाजसेवी मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ बताउछन् ।

प्राकृतिक सम्पन्नताकै कारण पछिल्लो समयमा यो ठाउँ वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्रका रुपमा समेत विकास हुँदै गएको उनले बताए । यहाँका प्राकृतिक विधिताकै कारण प्रकृतिका साथीहरू नामक संस्थाले विभिन्न छवटा शृङ्खलामा यसै ठाउँमा वन्यजन्तु अनुसन्धान विधि तालिम सञ्चालन गरिसकेको  उनले जानकारी दिए ।

वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा भेटिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । आचार्यका अनुसार यस क्षेत्रमा ५७ प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन् ।

“वनस्पति र वन्यजन्तुको अध्ययन एवम् अनुसन्धानका लागि भैसेंगौँडा अत्यन्त उपयुक्त स्थल हो”, उनले भने, “नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुरदेखि नेपालमा मात्रै पाइने चमेराका प्रजाति पनि यही ठाउँमा भेटिएका छन् ।” प्राकृतिक रुपमा भैसेंगौँडा आफैँमा सम्पन्न क्षेत्र भएकाले प्रकृतिका साथीहरूको रोजाइमा यो ठाउँ परेको बताउँदै उहाँले यस स्थललाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने बताए । 

तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए । प्रकृतिका साथीहरूको छैटौँ चरणका वन्यजन्तु अनुसन्धान तालिमका साथै उक्त संस्थाका माध्यमबाट यो ठाउँ वनस्पति एवम् वन्यजन्तु अनुसन्धान तालिमका लागि उपयुक्त ठहरिनुलाई आफूहरूले यसलाई महत्वका साथ हेरेको होमस्टेका अध्यक्ष गुरुङ बताउछन् ।

प्रकृति र संस्कृतिले सम्पन्न भैंसेगौँडालाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा समेत स्थापित गर्ने आफूहरूको लक्ष्य रहेको जनाउँदै उनले यसको सम्भावना र महत्वलाई पनि प्रवद्र्धन गरिने बताए । “प्रकृतिका साथीहरू संस्थाले अनुसन्धान विधि तालिमका क्रममा फेला परेका चरा, स्तनधारी प्राणी एवम् पुतली लगायतका प्रजातिको विवरण समेटेर हामी चाँडै नै पुस्तक प्रकाशन गर्ने सोचमा छौँ”, उनले भने, “यहाँको महत्वलाई उजागर गर्ने गरी वनस्पति एवम् वन्यजन्तुको अध्ययन अनुसन्धानका लागि यो ठाउँलाई खुल्ला विश्वविद्यालयका रुपमा स्थापित गर्ने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”

यहाँ आउन चाहने पर्यटक एवम् वन्यजन्तु तथा वनस्पतिको अध्ययन गर्ने अध्येता जो कोहीलाई बस्नखानका लागि मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेले सेवा प्रवाह गर्दै आएको जनाउँदै उनले समयमा ठाउँठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गरेको जानकारी दिए। होमस्टेमा दैनिक २० जनासम्म पर्यटकलाई राख्न सकिने व्यवस्था छ ।

नेपालमा मात्रै पाइने काँडे भ्याकुरका साथै चीन, मङ्गोलिया लगायतका स्थानबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागिसमेत यो महत्वपूर्ण गन्तव्य रहेको पोखरा पछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । हिउँदको समयमा भैंसेगौँडा र आसपासका विभिन्न स्थानमा ठूलै सङ्ख्यामा हिमाली चराहरूसमेत देख्न सकिने उनले बताए ।

तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहस्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरणसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउछन् । पछिल्लो नक्साङ्कनबाट सहस्राब्दी पदमार्गलाई पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरि लगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनले पनि पर्यटकहरू लोभिने गरेको उनले बताए । 
 


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP