Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रभावकारी बन्दै आयुर्वेद उपचार सेवा 
प्रभावकारी बन्दै आयुर्वेद उपचार सेवा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २६, २०८०

काभ्रेपलाञ्चोक– काभे्रपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । 

केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको सङ्ख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा वंशवदा कौण्डिन्न्यायनीले बताए । उनका अनुसार निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको छ । यसले नागरिकलाई सरकारले तोकेका निःशुल्कबाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ । 

उनका अनुसार आव २०७९/८० मा ३१ हजार सात सय ४२ जनाले बहिरङ्ग सेवा लिएका हुन् । पाँच सय ३१ ले स्नेहन, स्वेदनअन्तर्गत पाँच सय ६४ ले एकाङ्ग, ४६ ले सर्वागं, नौ ले नस्य, पाँचले शिरोधारा, २७ ले स्थानीक भास्ती, तीन हजार चार सय ८७ ले थेरापेटिक योगा, एक हजार नौ सय ५६ ले प्रवद्र्धनात्मक योगा, एक हजार ४१ ले अक्युपञ्चर, ७३ ले अक्युप्रेसर, दुई सय ६७ ले कपिङ सेवा लिएको केन्द्रले जनाएको छ । 

यस्तै छ सय ४८ स्तनपायी आमालाई दूधवद्र्धक खानेकुरा, नौ हजार ६३ ज्येष्ठ नागरिकलाई सेवा र दुई हजार एक सय ११ वटा प्रयोशाला परीक्षणसमेत गरिएको जनाइएको छ । जिल्लाको धुलिखेल, दाप्चा, मङ्गलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा दिइरहेको कौण्डिन्न्यायनीले बताए ।

त्यस्तै धन्वन्तरी दिवस, ट्राफिक प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, विद्यालयस्तरीय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, निःशुल्क आयुर्वेद सेवा, ज्येष्ठ नागरिक सेवा, क्षमता अभिवृद्धि कार्यक्रम, स्वस्थ जीवन कार्यक्रम, तनाव व्यवस्थापन, एक जिल्ला एक जडीबुडी कार्यक्रम सम्पन्न गरिएको केन्द्रले जनाएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रोग लाग्नै नदिने र रोग लागि हालेमा आयुर्वेदको सही प्रयोग गर्न सहज वातावरण बनाउनुपर्ने बताए । उनले  ‘प्रतिअसर नहुने, प्राचिन उपचार पद्धति’ बारे जनचेतना जगाउन आवश्यक रहेको बताए। 
 


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP