Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • इजरायल संकटमा नेपाली विद्यार्थी, ३२ जनालाई सुरक्षित स्थानमा, एक जना अझै बेपत्ता
इजरायल संकटमा नेपाली विद्यार्थी, ३२ जनालाई सुरक्षित स्थानमा, एक जना अझै बेपत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २३, २०८०
  • सरकारले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने 
  • दिवंगत नेपालीहरुप्रति सम्मानमा आज राष्ट्रिय शोक । देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने
  • हमासको आक्रमण क्षेत्रमा पर्ने कृषि फार्मभित्रै अलपत्र परेका ३२ जना नेपालीलाई सुरक्षित स्थानतर्फ लगिएको छ


काठमाडौं– शनिबार इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हमासको हमलामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरुप उक्त राहत दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसैगरी सरकारले घटनामा दिवंगत नेपालीहरुप्रतिको सम्मानमा आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । उनीहरुको सम्मानमा देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा आज राष्ट्रिय झण्डा आधा झुकाइने छ ।शनिबार बिहानै मध्यपूर्वी देश इजरायलमा रहेको सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टाइनको लडाकु समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । आक्रमणमा परी कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी–४ का गणेशकुमार नेपाली, कैलालीको बाउनिया–३ का आशीष चौधरी, दार्चुलाको लेकाम–५ का दीपेशराज विष्ट र धनुषाको सपही–६ का आनन्द साहको मृत्यु भएको थियो ।

त्यसैगरी सुनसरीको मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीका पाँचनली–३ का राजन फुलरा, सोही जिल्लाको लमिखाल–८ का पदम थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारी र दार्चुलाको मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामीको पनि मृत्यु भएको थियो । सरकारले स्वदेश फर्कन चाहनेहरुलाई उद्धार गरी नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमानमार्फत स्वदेश ल्याउने निर्णयसमेत गरेको छ । त्यसैगरी, मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ । इजरायललस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा बेपत्ता भएकाको खोजी गर्ने तथा घाइतेहरुको उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण ‘अनलाइन’मार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न तथा स्वदेश फर्कन चाहनेलाई आफ्नो विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ । अहिलेसम्म २०० जना नेपालीले स्वदेश फर्कनका लागि नाम टिपाइसकेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।त्यसैगरी सरकारले इजरायलमा रहेका नेपालीको उद्धार र स्वदेश फिर्तीमा सहयोग गर्न स्थानीय भाषामा पोख्त व्यक्तिबाट बढीमा तीन महिना सेवा लिन स्वीकृति दिने निर्णय गरेको छ ।

जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार, समन्वय र सहजीकरण गर्ने, नेपाल फर्कन चाहनेलाई अस्थायी ‘ट्राञ्जिट होम’ स्थापना गरी व्यवस्थापन गर्न इजरायललस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिने निर्णय गरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकी र अन्य मित्रराष्ट्रहरुसमेतको सहयोग लिनेसमेत निर्णय गरेको छ ।

३२ जना सुरक्षित स्थानतर्फ, एक जनाको अवस्था अज्ञात
इजरायलस्थित हमासको आक्रमण क्षेत्रमा पर्ने कृषि फार्मभित्रै अलपत्र परेका ३२ जना नेपालीलाई सुरक्षित स्थानतर्फ लगिएको छ । त्यहाँस्थित लुइस रिजालका अनुसार इजरायली सेनाको स्कर्टिङमा उनीहरु तेल अभिभ पुगेका हुन् । ‘हामी सबै यहाँ सुरक्षित सेनाको क्याम्पमा आइपुगेका छौं । हाम्रो समूहका सबै जनाको रेस्क्यु भएको छ,’ रिजालले इजरायलबाट भनेका छन् । सुदूरपश्चिम विद्यालयबाट इजरायल पुगेका ४९ विद्यार्थीमध्ये ३२ जनाको उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको इजरायलस्थित नेपाली दूतावासले जाएको छ । ४९ मध्ये १७ जना गाजा क्षेत्रबाट नजिक पर्ने किबुज अलुमिममा थिए । उनीहरु रहेको फार्ममा आक्रमण हुुँदा १० जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता रहेका छन् । 

आक्रमणमा परी घाइते भएकामध्ये चार जना उपचाररत छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङका प्रवीण डाँगी, कैलालीको टीकापुर–९ का धनबहादुर चौधरीसँगै गोरखाको गोरखा नगरपालिका–८ का हिमाञ्चल कट्टेल घाइते भएको बताएकी छन् । कञ्चनपुरको भीमदत्त–३ का विपीन जोशी भने सम्पर्कविहीन छन् ।

सम्पर्कबिहीनको खोजी जारी
तेल अभिभस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अभिभमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजी कार्यलाई तीव्र बनाइएको जनाएको छ । 

‘हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।नेपाल फर्कन इच्छुकहरुको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु भई २०० भन्दा बढीको विवरण प्राप्त भइसकेको छ । राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभा इजरायल घटनामा केन्द्रित
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् । गत शनिबार प्यालेस्टानी लडाकु समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका व्यक्तिको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अजुननरसिंह केसीले हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शवलाई तुरुन्त नेपाल ल्याउन माग गर्दै घाइतेको तत्काल उपचार गर्न सरकारको ध्यानाकर्षण गराए । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्काल कूटनीतिक प्रयास गरी शव ल्याउने व्यवस्था गर्न, बेपत्ताको खोजी, घाइतेको उपचार र नेपाल आउन चाहनेलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले गरे विद्यार्थीसँग संवाद
प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग सोमबार ‘भर्चुअल’ संवाद गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्रीले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरेका हुन् । त्यसैगरी परराष्ट्रमन्त्री साउदले पनि त्यहाँ रहेका नेपालीहरुसँग ‘भर्चुअल’ संवाद गरेका हुन् ।

जहाजको तयारी
सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्नेसमेत निर्णय गरेको छ ।
 
सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा उक्त संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्नेछ ।

मृतकको सम्झनामा दीपबत्ती
आतंकवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्वशान्ति मञ्च र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले सोमबार साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन कार्यक्रमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।

गाजा कब्जामा लिन इजरायलको आदेश
इजरायलले आफ्नो सेनालाई गाजा क्षेत्र पुरै कब्जामा लिन आफ्नो सेनालाई आदेश दिएको छ । गाजा बोर्डरमा इजरायलले एक लाख सेनालाई तैनाथ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाइएको छ । त्यसैगरी थप तीन लाख सेनालाई तयारीका लागि आग्रह गरिएको छ । गाजापट्टीमा खानेपानी, विद्युत् र पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्न इजरायलका रक्षामन्त्री योव गल्यातले आदेश दिएका छन् ।

इजरायलमा हमासको आक्रमणमा परी नौ अमेरिकी र १० बेलायतीको मृत्यु भएको जनाइएको छ । त्यसैगरी उक्त आक्रमणमा परी दुई जना थाई नागरिकको मृत्यु भएको छ भने ११ जना हमासको कब्जा रहेको बताइएको छ । विभिन्न समाचार एजेन्सीहरुले दोहोरो भिडन्तमा ८०० इजरायली र ५०० प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP