Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • हमास, धमास र हाम्रा बदमास
हमास, धमास र हाम्रा बदमास
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असोज २३, २०८०

हान्दियो रे है हान्दियो । हेर त हेर ! युट्युबमा ‘लाइभ’ दे को छ । निकै हतास स्वरमा काहिलो कराउँदै आइपुग्छ । एक्सलमा हिसाब किताब मिलाउँदै गरेको राँइलो किन चिच्याइरा छ, के यो भन्दै हपार्छ । तर, काहिँलो उही सुरमा छ । तेरो ल्यापटमा हेरौं न के ? पुरै लाइभ देको रे छ क्या !

काहिँलोको कुरा सुनेर राँइलो दिक्दारी हुँदै भन्छ । छाड्दे के छाड्दे यस्ता लाइभ साइभको पछि परिस् भने कहिल्यै पनि काम लाग्दैन । आजकल यी युट्युबे र फेसबुकेले ‘फेक न्युज’ दिएर पनि हैरान पार्छन् । कहाँको कुरा कहाँ लगेर जोड्छन् थाहै नहुने । हावादारी कुरामा लाइक र कमेण्ट हान्ने मान्छेकै कारण अहिले के सत्य हो कुन झूठो हो खुट्याउनै गाह्रो भइसक्यो ।

राँइलोको कुरा सुनेपछि काहिँलो सन्कँदै भन्छ । अँ सबै तेरा जस्तै हुन्छन् नि । भनेको कुरा सुने पो । उहाँ इजरेल र प्यालेस्टिनको रकेट बम हानाहान भइराको छ । युक्रेन रस्साले हान्न नपाउँदै अहिले इजरेल र प्यालेस्टाइन ठोका ठोक गर्न थाल्या छन् । हैन तेस्रो विश्वयुद्ध हुन थाल्या हो कि क्या हो, हेर पो भन्या त मैले । 

राँइलो अलि निराश जस्तै देखिन्छ । खै के के हुन लाग्या हो । एक ठाउँमा भए पो सिक्किम हेर्यो बाढी पैरो, बझाङ्ग सुन्यो भुकम्पले खत्तम अम्मिराका कि कता हो बाढीले स्वाहा । युक्रेनमा बारुदको करामत फेरि इजरेलमा रकेटको तमासा । 

Hardik health

‘त्यही भएर त के हो कुरा हेर’ भन्न आको त म काहिँलो फकाउँदै  भन्छ । राँइलो आफ्नो ल्यापटपमा इजरेल प्यालेस्टाइनको ताजा अपडेट खोज्छ । भए भर सामाजिक सञ्जालदेखि देशी विदेशी समाचार च्यानलका युट्युबमासमेत ‘हमासको धमास’का बारेमा चर्चा भइरहेको छ । 

हिजोसम्म मान्छे मार्नेलाई आममाफी दियो भनेर चर्चा भइरहेको बेला अहिले एक्कासि फेरि अर्कै चर्चा भएकाले चासो दिनु स्वाभाविक पनि हो । त्यसमाथि पनि नेपाली विद्यार्थी नै बम बारुदमा परे भनेपछि त जानकारी त लिनै प¥यो !कहिल्यै राम्रा कुरा सुन्नै नचाहने भन्दै कान नसुनेको जस्तो गर्ने काहिँला बा पनि बम र बारुदको शब्द सुनेर तीन छक्क पर्दै भन्छन्, ‘कलियुग केटा हो कलि युग’ यो कलियुग नै खराव हो । कलियुगमा सत्यमाथि सँधै असत्यले राज गर्छ । झुठको खेती गर्ने अगाडि बढ्छ । बाहिर एउटा कुरा गर्छ भित्र अर्कै कुरा गर्छ । आफ्नो बाहेक अरु को त हेर्दैन हेर्दैन भन्दै राँइला र काहिँलालाई सुनाउनु हुन्छ । 

काहिँला बा को कुरा सुनेर राँइलो भन्छ, हो नि त्यस्तै त देखिन्छ । को कसबाट परिचालित  छ भन्ने कुरा नै बुझ्न गाह्रो छ भन्यो खाली आफ्नोबाहेक अरुको सुन्न नै चाहँदैन । किन त्यस्तो हो काहिँला बा उल्टै राँइलोले सोध्छ ।राँइलोले सोधे पनि काहिँला बा भन्छन्, यो अरुको देखासिकी हो । के को इजरेल र प्यालेस्टाईनको कुरा गर्नु देखिनस् अस्ति उहाँ धरान, नेपालगञ्जमा के भाको?त्यस्तै हो । धरान नेपालगञ्जमा गाई खाने र गाई पुज्ने वीच कस्तो भाको थियो । त्यही भएर कसैले पनि अरुको धर्म, संस्कृति, भाषामाथि धावा बोल्यो भने हमासले धमास दिएजस्तै हुन्छ । 

हुन पनि नेपालीमा भन्छन् नि, ‘आगो ताप्नु मुढाको कुरा सुन्न बूढाको’ काहिँला बाहरुको पालामा यस्ता कुरा कति ढिला आइपुग्थे तर पनि सबै कुरा जानकार लिने गर्दथे । तर अहिले सबै कुरा अहिलेको अहिल्यै थाहा पाउने हुँदा पनि मानिसहरु बुझेर पनि नबुझेको जस्तो गर्छन् । राँइलोले काहिँलोलाई भन्छ ।

ल्यापटपमा इजरेल र प्यालेस्टाइनको फोटो र बमले ध्वस्त भएको त्यहाँको गिर्जाघर काहिँलालाई देखाउँदै भन्छ, ‘ल हेर यता, देखिस् यस्तो छ ।’ झगडा बीउ के रैछ ? थाहा पाइस् होला नि हेर त ५० वर्षदेखिको रिस । यो मेरो यो तेरो भनेकै कारण यस्तो भाको हो नि । कसै न कसैले नउचाली कहाँ यस्तो हुन्छ र ? प्रतिप्रश्न गर्छ । 

काहिँलो आँखा तन्काएर हेर्छ र भन्छ, ‘त्यो त हो ।’ अहिले इजरेल र प्यालेस्टाइनमा भएको यो धमासले चेत्लान् नि हाम्रा बदमासहरु । झण्डै–झण्डै धरान र नेपालगञ्ज यस्तै गरी सल्किन लागेको थियो ? ल हो कि होइन भन्त ?उसका कुरा सहमत गर्दै राँइलो भन्छ, ‘हो नि किन नहुनु’ यति आनन्दले मिलेर बसेको देश नेपालमा क–कसले गिजोल्न खोज्या छन् । इजरेल र प्यालेस्टाइनमा पनि ऊ बेला त्यही गिजोलेकै कारणले त हो नि अहिलेसम्म भिडेका भिड्याइ छन् । 

केटाहरुको कुरा सुनेर काहिँला बाको मनमा कुरा किन अड्थ्यो । बा बोल्न थालिहाले, ‘ऊ बेला म बिबिसी रेडियो सुन्थें, त्यहाँ अंग्रेजीमा भट्याउँथ्यो । इजरेल र प्यालेस्टाइन फाइटिङ भन्दै । गाजा तेरो कि मेरो भन्दै दुवैलाई क–कसले उचाल्थे रे । हाम्रा कांग्रेस एमाले माओवादीलाई कताका मालिकहरुले उचाले जस्तै । 

म त कुरो बुझ्दैन थें । गाजा गाजा भन्थ्यो मैले त गाँजा भन्ने बुझ्थे र भन्ने गर्थे जावो एउटा गाँजाका लागि सयौं मान्छे मर्ने र मार्ने काम किन गरिराख्या होलान् भनेर, पछि कुरा बुझें गाँजा होइन गाजा क्षेत्र भनेको ठाउँका लागि भनेर । यहुदी र अरबीको लफडा । यस्तै अहिले नेपालमा पनि धार्मिक रुपमा जातीय रुपमा लफडा गर्न खोजिरहेका छन् केही स्वार्थी समूहले बुझ्यौं । अव तिमी जस्ता पढेलेखेका युवाहरुले यस्ता लडाउनेहरुका विरुद्ध एकजुट हुनु पर्छ । नत्र नेपालमा पनि यहुदी र अरवीको लफडा जस्तै हुन बेर छैन । 

‘काहिँला बा’ निराश हुँदै काहिँला र राँइलालाई भन्छन्, ‘हमासको धमासमा हाम्रा बदमासहरुले चेत खालान् नि नखालान् भन्ने भएको छ । अहिले इजरेललाई हमासले दिएको धमासजस्तै धरानमा हिन्दू र क्रिस्चियन, नेपालगञ्जमा हिन्दू–मुस्लिम लडाउने खेल भित्रा–भित्रै भएको छ है, ख्याल गरौं बदमास हो । हामीलाई हमासको धमास पनि चाहिएको छैन । अरुको भतुवा बनेका बदमास पनि चाहिएको छैन । द्रव्यमा ¥याल काटेर नेपालमा पनि हमास जन्माउने खेलमा रमाउने तमासे पनि चाहिएको होइन । हमासको धमासजस्तै हाम्रा राजनीतिक व्यापारी बदमासले बुझून् ।

जय होस् नेपालको ।
 


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP