Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #गाईपालन
  • #सराय
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • मनाङका होटलमा पर्यटक भरिभराउ
मनाङका होटलमा पर्यटक भरिभराउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २१, २०८०

मनाङ - हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् । 

दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । मनसुन लम्बिए पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मौसममा सुधार हुनासाथ पर्यटक आगमन बढेको यहाँका होटल व्यवसायी बताउँछन् ।

हिमपात भएको समयमा पदयात्रा गर्दा जोखिम बढी हुने भएकाले यस समयमा पदयात्रा गर्न सहज हुने जिल्लास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको  छ । पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरदेखि पर्यटक पैदलयात्रा गरिरहेको देखिने आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताए। उनले सिजन सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल बढेको भन्दै दैनिक एक सय ५० देखि दुई सयसम्म पर्यटक मनाङ भित्रिन थालेका जानकारी दिए  ।  

प्रमुख भुजेलले भने, “मनाङ भित्रिएका पर्यटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल (चार हजार नौ सय १९ मिटर), विश्वकै १०औँ स्थानको जोखिमयुक्त पदमार्गअन्तर्गतको थोराङ्ला पासतर्फ जाने गरेका छन् ।” सन् २०२३ को सुरुआतदेखि सेप्टेम्बरसम्म १२ हजार दुई सय बाह्य पर्यटक भित्रिएको (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका अनुसार गत वर्ष सन् २०२२ मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य गरी १९ हजार पर्यटक भित्रिएका थिए । 

Hardik health

सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका भुजेलले जानकारी दिनुभयो । सन् २०२३ को जनवरीमा ४२ देशका नागरिकले मनाङ भ्रमणका लागि प्रवेश गरेको तथ्याङ्क रहेको आयोजना इलाका कार्यालयले जनाएको छ उनका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक भ्रमणका लागि आएको तथ्याङ्क छ । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ । यस वर्ष हिउँ पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो । सिजन सुरु भएपछि अहिले पर्यटक यहाँ भित्रिन थालेका छन्”, भुजेलले भने । नयाँ वर्षको योजनाअनुरुप कोरियाका पर्यटक भ्रमणमा आएको उनले बताए । 

“कोरियन नागरिक यहाँभन्दा बढी चिसोमा बसिरहेका हुन्छन्, जसले गर्दा हिउँदमा कोरियाका पर्यटक बढी आउने गरेका हुन्”, प्रमुख भुजेलले भने। हिमपात नहुँदा थोराङ्ला भञ्ज्याङ कट्ने, तिलिचो ताल लगायतका विभिन्न स्थानमा पुग्ने पर्यटक वर्षको पहिलो महिनामा बढी भित्रिएको उनको भनाइ थियो । “विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिन्छौँ । यो मार्ग जोखिम छ, केही जानकारी दिन्छौँ भने गाइड लिएर आएमा जोखिम कम हुन्छ भन्ने हो”, उनले भने, “यस वर्ष मनाङमा हिमपात नभए पनि पर्यटक बढ्ने क्रममा छ ।”

“हिमपात भएपछि हिउँ पहिरा आउन सक्ने भएकाले पूर्ण रुपमा यात्रा रोकिन्छ । तर, यसपटक हिमपात भएको छैन । पर्यटकलाई यात्रामा सहज हुन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हुन्छ यस पदमार्गमा । आवश्यक सतर्कता अपनाउन सुझाव दिने गरेका छौँ”, भुजेलले भने ।  उनका अनुसार मस्र्याङ्दी नदीको किनार हुँदै यस पदमार्गको यात्रा गर्नुपर्दछ । सडक र पदमार्ग एउटै हुँदा पर्यटकलाई सकस हुने गरेको उनले बताए । यात्राका क्रममा सवारी चल्दा हिलाम्मे भएको क्षेत्रमा हिलो छ्यापिने र धुलो भएको स्थानमा धुलोले बाटो छिचोल्न समस्या हुने गरेको भुजेलको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जोखिमयुक्त यात्रा गर्नुपर्ने भएकाले सचेतता अपनाउन सुझाव दिने गरिएको बताए । उनले भने, “उच्च हिमाली क्षेत्रमा आउँदा लेक लाग्न सक्ने भएकाले गन्तव्यमा पुग्न सकस हुन्छ, जसले गर्दा आवश्यक सचेतता अपनाउन सुझाव छ ।”पर्यटन व्यावसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटक देशकै आयस्रोत भएकाले उनीहरुको आकर्षण बढाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने “सडकको स्तरोन्नतिसँगै पदमार्गलाई पनि व्यवस्थित बनाउन आवश्यक छ । सडक र पदमार्ग एउटै भएको स्थानमा वैकल्पिक पदमार्ग बनाउनतर्फ सबैको चासो पुग्नुपर्छ ।” उनका अनुसार जिल्लामा करिब सानाठूला गरी तीन सय होटल रहेका छन् । 

विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दै गएको सङ्घका अध्यक्ष गुरुङले बताउनुभयो । “आन्तरिक पर्यटकलाई सहज हुने गरी विकास गर्न आवश्यक छ । यहाँ आउने पर्यटकलाई स्वागत गर्दा यहाँको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्छ”, उनले भने “यसका साथै फिल्म सुटिङको गन्तव्य बनाउन पनि सबै लाग्नुपर्छ ।” पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई सिजन गरी यहाँ पर्यटक घुम्न आउने गर्दछन् ।


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:२३
#मनाङ
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक
पर्यटन बोर्डद्वारा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक सोमबार, असोज २७, २०८२
सिंगा तातोपानीमा स्नान गर्नेको भीड
सिंगा तातोपानीमा स्नान गर्नेको भीड सोमबार, असोज २७, २०८२
पर्यटकलाई सावधानी अपनाउन आग्रह
पर्यटकलाई सावधानी अपनाउन आग्रह सोमबार, असोज २७, २०८२
फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै
फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै सोमबार, असोज २७, २०८२
नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन
नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन आइतबार, असोज २६, २०८२
तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन
तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन आइतबार, असोज २६, २०८२
‘लुङटुङ’ डाँडाबाट पुनहिल
‘लुङटुङ’ डाँडाबाट पुनहिल शुक्रबार, असोज २४, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
बिपी राजमार्ग शनिबार बिहानदेखि सवारी खुलाइने
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP