Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धनमा खटपट
सत्ता गठबन्धनमा खटपट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १८, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको कार्यशैलीप्रति सत्तारुढ गठबन्धनभित्रै असन्तुष्टि चुलिँदो छ । गठबन्धनको प्रमुख साझेदार नेपाली कांग्रेसका नेताहरू विभिन्न मञ्चबाट दाहाल नेतृत्वको सरकारविरुद्ध आलोचनामा उत्रिन थालेका छन् ।आइतबारमात्र सरकारको कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेस महामन्त्री गगन थापाले सरकारबाट कांग्रेस फिर्ता हुनुपर्ने बताएका थिए । ‘मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउँ । दुई अढाइ वर्ष मोर्चालाई चलाउन दिउँ । हामी चुप लागेर बसौं न,’ दाहालले समाजवादी मोर्चा कसेकोप्रति असन्तुष्टि जनाउँदै थापाले भनेका थिए ।

अब अति भयो । जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ ।
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस

बुधबार कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नभए नेतृत्व छाड्न तयार हुनुपर्ने धारणा राखे । कपिलवस्तुको तौलिहवामा आयोजित कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भइसक्यो,’ कोइरालाले भने । कोइरालाले सरकारको हेपाहा र बलमिच्याइँले चर्को महँगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए । जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नु राम्रो संकेत नभएकोसमेत बताए । 


मुख नमिठ्याउन माधव नेपालको आग्रह
कांग्रेस नेताले सरकारको विरोध गरिरहँदा गठबन्धनका एक साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने यही सरकारले निरन्तरता पाउने दाबी पेस गरेका छन् । ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौं । कमजोर र असहयोग गर्ने पक्षमा छैनौं ।’ यद्यपि कांग्रेसविनाको सरकार कल्पनै गर्न नसकिने नेपालको भनाइ थियो ।

को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो ।
माधवकुमार नेपाल
अध्यक्ष, एकीकृत समाजवादी


मेची–महाकाली समाजवादी जागरण अभियानको क्रममा बुधबार जनकपुरधाम पुगेका नेपालले अहिलेको संसद्को संरचनामा शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको बताएका हुन् । प्रधानमन्त्री दाहालले राम्रो काम गर्न खोजिरहे पनि पर्याप्त नभएको नेता नेपालले बताए । ‘उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ,’ उनले भने ।

‘डिफेन्सिभ’ मुडमा ओली
 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले केही दिनअघि वर्तमान सरकारलाई जसरी भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आएको बताएका थिए । तर, अहिले उनी ‘डिफेन्सिभ’ मुडमा उत्रिएका छन् ।   ‘अहिलेको सरकार बसिरहन हुन्छ ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ ?,’ असोज ७ गते ओखलढुंगा पुगेर ओलीले भनेका थिए, ‘तपाईं–हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो ।’

तर, उनै ओली हप्ता दिनमै एकाएक प्रतिरक्षात्मक ढंगमा प्रस्तुत हुन थालेका छन् । सत्तारुढ दलका कांग्रेसदेखि एकीकृत समाजवादीसम्म फुटाउन कोसिसमा लागेको आरोप खेपेका ओलीले बुधबार उल्टै आफ्नै पार्टी फुटाउन खोजेको आरोप लगाए । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमालेभित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् । पछिल्लो समय प्रदेश महाविधेशनमा प्यानलै बनाएर ओली गुटविरुद्ध लागेकोप्रति लक्षित गर्दै ओलीले आक्रोश पोखेका हुन् ।

देश चलाउने एमाले भएको बताउँदै ओलीले फुटको प्रयास गर्नेहरू एमालेभित्र कहिल्यै सफल नहुने बताए । त्यसो त कांग्रेससहितका सत्ता गठबन्धन फुटाएर वा कांग्रेसलाई फकाएर माओवादीलाई सत्ताबाट निकाल्ने अभ्यासमा रहेको ओलीले मंगलबार प्रतिनिधिसभामा सबै दलमाथि रोष पोखेका छन् । ओलीले कांग्रेसका मन्त्री र राष्ट्रपतिमाथि निशाना साँधेर कांग्रेसलाई बिच्काउने काम गरेको कतिपय राजनीतिक विश्लेषकहरू बताउँछन् ।
ओलीले कांग्रेसबाट सहभागी कानुनमन्त्री र अर्थमन्त्रीको कामका चर्को आलोचना गरेका थिए । ‘धेरै कुरा किन गरौं, मेराविरुद्धको मुद्दामा उफ्रीउफ्री सक्रिय भूमिका खेल्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनुपरेको रहेछ । पारितोषिक त कहाँ–कहाँबाट लम्कीलम्की कति याद गरेको ? आफ्नो सेवा गरेका मान्छेको कति याद आउँदो रहेछ,’ ओलीले भनेका थिए ।

त्यसैगरी ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यक्षमतामाथि प्रश्न गर्दै गठबन्धन पद टिकाउनैमा केन्द्रित हुँदा त्यसको प्रभाव अर्थतन्त्रमा परेको दाबी गरेका थिए । सरकारले विदेश भ्रमणलगायतका नाममा अर्थतन्त्रको दोहन गरिरहेको आरोपसमेत लगाए । नेपालको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै उनले राजस्व संकलनमा गिरावट आउँदा, बचत गर्नुपर्नेमा तलब खुवाउन नसकेर ऋण लिन बाध्य हुँदासमेत सरकार गम्भीर नदेखिएको बताएका थिए ।


प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP