Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सेना ‘हाइअलर्ट’मा
सेना ‘हाइअलर्ट’मा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, असोज १८, २०८०


काठमाडौं– देशको ठाउँठाउँमा धार्मिक तथा जातीय सद्भाव भड्काउने गरिका गतिविधि बढ्न थालेपछि नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन सरकारले निर्देशन दिएको छ । जुनसुकै बेला धार्मिक र जातीय सद्भाव भड्किन सक्ने र त्यसले सुरक्षा चुनौती बढ्ने सरकारको निष्कर्ष छ ।बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निकालेको यही निष्कर्षपछि सेनालाई परिचालन गर्नेगरी उच्च सतर्क रहन निर्देशन दिएको हो ।

परिषद् बैठकमा पछिल्ला दिनहरूमा देखिएका धार्मिक र साम्प्रदायिक असहिष्णुता सिर्जना गर्ने गतिविधिहरूलाई न्यूनीकरण गर्ने रणनीतिबारेसमेत छलफल भएको छ ।बैठकमा भएको छलफलबारे जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिनहरूमा देशका केही स्थानहरूमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरू विभिन्न प्रदेशहरूको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरूपयोगलगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरू तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमासमेत छलफल भएको छ ।’ आन्तरिक र बाह्य सुरक्षा चुनौती बढेका बेला सरकारले सेनालाई परिचालन गर्छ । सेना परिचालन गर्नुको मूल कारण सम्भावित सुरक्षा चुनौतीको सामना गर्दै व्यवस्थापन गर्नु हो ।

परिषद्को कायम कर्तव्य र अधिकार उल्लिखित ऐनअनुसार देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारण गम्भीर संकट उत्पन्न भएको अवस्थामा सुरक्षा परिषद्ले मन्त्रिपरिषद्समक्ष सेना परिचालनका लागि सिफारिस गर्दछ । त्यस आधारमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेर अन्ततः राष्ट्रपतिसमक्ष पठाउने गरिन्छ । राष्ट्रपतिले मन्त्रिपरिषद् बैठककै निर्णयका आधारमा सेना परिचालनको घोषणा गर्ने व्यवस्था छ ।

अहिले पनि बाँकेको नेपालगञ्जमा नेपाली सेना परिचालन गरिएको छ । धार्मिक सद्भाव भड्किन सक्ने विश्लेषणका आधारमा मंगलबारदेखि नै त्यहाँ सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिएका छन् । उनका अनुसार अझैसम्म त्यहाँ कफ्र्यु आदेश लागू छ । यद्यपि स्थिति सामान्य बन्दै गएको छ ।  देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा साउनमा साम्प्रदायिक सद्भाव भड्किने गतिविधि भएको थियो । स्थानीय प्रशासनले कफ्यु आदेश नै जारी गरेपछि स्थिति नियन्त्रणमा आएको थियो । त्यसपछि यही असोजको पहिलो साता सर्लाहीको मलंगवामा भने नेपालगञ्जमा जसरी धार्मिक सद्भाव भड्काउने गरी गतिविधि भए । त्यहाँ हिन्दू र मुस्लिम समुदाय आमनेसामने भए । अन्ततः स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गर्नुप¥यो । लगत्तै नेपालगञ्जमा तनाव उत्पन्न भएको हो ।

Hardik health

एकपछि अर्को स्थानमा धार्मिक तथा जातीय साम्प्रदायिक दंगा निम्तिने गरी गतिविधि भइरहेपछि सरकारले यसलाई गम्भीररूपमा लिएको छ । मंगलबार नै प्रधानमन्त्री दाहालले दुई धार्मिक समुदायबीच सद्भाव कायम गर्न अपिल गरेका थिए । छिमेकी मुलुक भारतको मणिपुरमा महिनौंदेखि जातीय दंगा भड्किएको छ । हजारौंले ज्यान गुमाइसकेका छन् । लाखौं मानिसहरू विस्थापित भएका छन् । यता नेपालमा पनि धार्मिक र जातीय दंगा हुनेगरी गतिविधि बढेका हुन् । 

प्रेस काउन्सिल नेपालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा असर गर्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । पछिल्लो समयमा देशका केही भागमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा असर गर्ने खालका गतिविधिहरू भइरहेका र त्यस्ता कार्यमा फेसबुक, ट्वीटर, युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालको दुरूपयोग भएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले बताए । उनले सामाजिक सञ्जालमा भेटिने अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा भ्रमसमेत सिर्जना गरेकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि हिन्दू र मुस्लिम समुदायलाई सद्भाव कायम राख्न आग्रह गरेका छन् । उनले नेपालगञ्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुतामा खलल पुगेको भन्दै एक आपसमा सद्भाव र धार्मिक आस्थाको सम्मान गर्नुपर्नेमा जोड पनि दिएका छन् ।उनले भनेका छन्, ‘हाम्रो समाजको मुख्य विशेषताबीचको एकता र आपसी सहिष्णुता हो । एउटाको आस्थामाथि अर्काले सम्मान गर्नु हाम्रो साझा धर्म हो । सबै धर्म र आस्था नेपालको भूमिमा सधैं संरक्षित हुँदै आएका छन् ।’ नेपाल प्रहरीले पनि धार्मिक तथा जातीय सद्भाव खल्बलिने गरी कुनै ‘स्टाटस’ सामाजिक सञ्जालमा नराख्न अपिल गरेको छ । यदि, कसैले सद्भाव खल्बलिनेगरी स्टाटस लेखे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाले धार्मिक तथा जातीय तनाव निम्त्याउन देशीभन्दा पनि विदेशी शक्ति जिम्मेवार रहेको दाबी गरेको छ । भारतदेखि केही दिनअघि आएका हिन्दू स्वयमंसेवकका मानिसहरूलाई जनमोर्चाले कारक मानेको छ । जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा वर्षौंदेखि मिलेर बसेका धार्मिक समुदायबीच तनाव सिर्जना गराउने कार्य नगर्न र नगराउन आग्रहसमेत गरिएको छ । 

मधेसमा चुनौती 
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा महोत्तरीको बर्दिबासमा बुधबार बसेको मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीले मधेसमा धार्मिक अतिवादको खतरा रहेको निष्कर्ष निकालेको छ ।बैठकमा प्रदेशका आठै जिल्लाका सुरक्षा अधिकारीहरूले सामाजिक सद्भाव, एकता र सहिष्णुतामा प्रहार गर्दै समाजलाई अन्ततः अशान्तिको दिशातिर उन्मुख गराउने त वहरू मधेसमा सक्रिय रहेको ब्रिफिङ गरेका थिए । हिन्दू र मुस्लिम समुदायबीच एक अर्कामा धार्मिक तथा सांकृतिक कार्यमा असहयोग गर्ने र आपसमा द्वन्द्व गर्ने मनोविज्ञान हाबी भएको पनि सुरक्षा अधिकारीले जनाएका थिए । त्यसलाई बढवा दिन सामाजिक सञ्जालमा लेखिने उत्तेजक स्टाटस पनि जिम्मेवार रहेको र यसलाई निरुत्साहित पार्नेबारे छलफल भएको छ । 


प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित सोमबार, चैत २३, २०८२
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल सोमबार, चैत २३, २०८२
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ सोमबार, चैत २३, २०८२
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण सोमबार, चैत २३, २०८२
यस वर्ष २३ स्थानमा बर्डफ्लु
यस वर्ष २३ स्थानमा बर्डफ्लु सोमबार, चैत २३, २०८२
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’ सोमबार, चैत २३, २०८२
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP