Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचोः डा उप्रेती
निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचोः डा उप्रेती
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १६, २०८०

काठमाडौं– निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी तुल्याउन निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो औल्याइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निर्वाचन आयोगले गरेको अनुरोधमा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल ल क्याम्पससँगको सहकार्यमा गरेको अध्ययनमा हालको निर्वाचन प्रकृया र प्रणाली दुवैमा थप सुधार अतिआवश्यक रहेको सुझाव दिइएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सारोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञकारुपमा प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले हालको निर्वाचन प्रणालीको प्रभावकारीता र निर्वाचन व्यवस्थापन एवं सञ्चालनलाई स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन अत्यन्त जरुरी देखिएको बताए।

उनले भने, “हालको प्रणालीभित्रै ऐन र नीतिमा गरिमार्जन गरेर वा  राजनीतिक सहकार्य, व्यापक राष्ट्रिय बहस र राजनीतिक सहमतिका आधारमा संविधान सशोधनबाट गर्न उपयुक्त हुन्छ ।”

प्रतिष्ठानले निर्वाचनलाई स्वच्छ तुल्याउन निरन्तर मतदाता नामावली सङ्कलन र अध्यावधिक गरिनुपर्ने, मतदातास्थल र केन्द्रलाई अशक्त तथा अपाङ्गता मैत्रीसँगै उपयुक्त स्थान छनोटका साथै पिउने पानी, प्रारम्भिक उपचार  र शौचालयको व्यवस्था अनिवार्य गर्न सुझाव दिएको छ ।

मतदाता शिक्षालाई स्थानीय तह, राजनीतिक दल  तथा विभिन्न संघसस्थामार्फत नागरिक शिक्षाकारुपमा निरन्तर सञ्चालन तथा पठ्यक्रममा समावेश गरी विद्यालय तहदेखि विद्यार्थीलाई सूसूचित गर्न आवश्यक देखिएको अध्ययन साराशंमा उल्लेख छ ।

मतदाता शिक्षालाई स्थानीय भाषमा श्रव्यदृश्य सामग्री र विद्युतीय माध्यमबाट मतदाता समक्ष पु¥याउने तथा दलको साधारण सदस्यता वितरण प्रकृयालाई सहज बनाई सदस्यले मतदान प्रकृक्रियामार्फत प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौट गर्ने कानूनी व्यवस्था गर्न पर्ने सुझाइएको छ ।
    
अध्ययन प्रतिवेदनमा उम्मेदवार छनौट, निर्वाचन खर्च,  आचारसंहिताको पालना,  विवाद समाधान एवं न्यायिक निरुपण, आयोगका सशक्तीकरण, विदेशमा बस्ने व्यक्तिको मतदान अधिकार, हालको मिश्रित निर्वाचन प्रणालीमा प्रणालीगत सुधार तथा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीलगायतका विषयमा सुझाव दिइएको छ ।

मन्त्रिमण्डल गठन गरिदा संसदबाहिर र विशेषज्ञता हासिल गरेको व्यक्तिबाट गरिनुपर्ने तथा निर्वाचित सांसदलाई विधायिकी काममा सीमित तुल्याउन आवश्यक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिष्ठाले विभिन्न स्थानमा पुगेर सुझाव लिने क्रममा आमजनताले स्थानीयतहको निर्वाचन निर्दलीय प्रकृतिको हुनपर्ने तथा हालको दुई सय ७५ रहेको प्रतिनिधिसभा सदस्यको सङ्ख्या घटाउन टड्कारोरुपमा आवाज उठेको विषय पूर्वअध्यक्ष उप्रेतीले समिति समक्ष प्रस्तुत गरे ।

सभापति दिलकुमारी रावलको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरुले योगदान र सङ्घर्ष गरी सांसद बनेकालाई मन्त्रिपरिषदमा लैजानु हुन्न भन्ने भनाइसँग सहमत  हुन नसकिने तर्क गर्दै हालको निर्वाचन प्रणाली खर्चिलो भएकाले सुधारको खाँचो रहेको बताए।

निर्वाचन प्रणाली खर्चिलो भएकै कारण भ्रष्टिकरण, इमान्दार तथा निष्ठाको राजनीति गर्ने पलायन भएको घटना सुनाउँदै सदस्यहरुले निर्वाचन प्रणाली र सदस्य सङ्ख्या घटाउन आवश्यक रहेको सुझाव दिए ।


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP