Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन
महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १६, २०८०

धुलिखेल– बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरुको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा ल्याएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पुरानो बजारका विभिन्न पेसा व्यवसायमा आबद्ध महिलाहरुले सामूहिक रुपमा ‘पाहाँ छें’ नेवारी खाजा अर्थात् पाहुना खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

लोप हुँदै गएको नेवारी परिकार तखाला (छाला र हड्डीसहितको मासुलाई गालेर पकाएको थलथली), योमरी र सांगाख्वा विशेष खाजाको परिकारको स्वाद लिन पाइन्छ । एकातिर बजार क्षेत्र सुनसान बन्दै गएको र अर्कोतिर घरमा बिहान–बेलुकाको काम सकेपछि फुर्सदमा रहेका कारण आफूहरुले आम्दानीको नयाँ आधार खोज्ने क्रममा पाहाँ छें सञ्चालन गरेको उनीहरु बताउछन् । “बजारमा थप चहलपहल बढाउन र दिनभरिको समयलाई सदुपयोग गर्दा आम्दानी पनि हुने भएकाले सामूहिक रुपमा पाहुना खाजा घर सञ्चालनमा ल्याएका हौँ”, पनौती नगरपालिका–७ का सुनिता श्रेष्ठले भन ।े

नेवारी परिकार बारा, योमरी, चटामरी लगायतका सबै प्रकारका खाजाको परिकार एकै ठाउँमा पाउने गरी खाजा घर सञ्चालनमा ल्याएको उनले बताए । उनले भने, “अब पनौतीको खाजाको परिकार के हो ? हामी यहाँबाट देखाउने छौँ ।” खाजा घरमा विशेषगरी तखाला, योमरी र सांगाख्वा यहाँको विशेष खाजा सेट रहेको छ । नेवारी समुदायको भोजमा प्रयोग हुने खाजाको एउटा महत्वपूर्ण परिकार जुन पकाउनका लागि धेरै समय र गाह्रो हुने भएकाले लोप हुँदै गएको अवस्थामा त्यसको संरक्षण गर्ने गरी पाहाँ छेंमा आउने पाहुनाले स्वाद लिन पाउने उनीहरुको भनाइ छ ।

गुठी भोजमा अनिवार्य रुपमा हुने गरेकामा पछिल्लो समय लोप भइसकेको अवस्थामा त्यसको प्रयोगलाई स्थापित गर्नका लागि विशेषगरी तखालालाई परिकारको आकर्षकका रुपमा राखेको अर्का सञ्चालक रीता श्रेष्ठले बताए । विभिन्न आकृतिहरुको चित्रहरु कोर्ने कामको प्रशिक्षकसमेत रहेका उनले सामूहिक रुपमा सञ्चालन गरेको खाजा घरमा समेत सक्रिय छन् । 

अर्का सञ्चालक अम्बिका रघुश्रेष्ठ बुटिक कामको अलावा सञ्चालनमा आएको खाजा घरमा पनि संलग्न रहेका छन् । ब्युटीपार्लर व्यवसायी रमा कर्माचार्य पनि त्यसको अलावा खाजा घरमा संलग्न भएर काम गरेका छन् । नेवारी खाजाको प्रचारप्रसार गर्नाका साथै पनौती बजारमा आउने पाहुनालाई नेवारी परिकारको रैथाने स्वाद चखाउनका लागि यो व्यवसाय रोजेको कर्माचार्य  बताउछन् । व्यवस्थापन र सञ्चालनमा आपूmहरु नै खटिरहेको उनीहरुको अर्को एक जनालाई रोजगारीसमेत दिएका छन् । 

पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि सञ्चालनमा ल्याएको पाहुना घरमा हरेक दिन भिन्न प्रकारको परिकार उपलब्ध गराउँदै आकर्षणको थलो बनेकाले यसमा केन्द्रले आवश्यक सहयोग गरेको बताए । केन्द्रको सहकार्यमा चारजना सञ्चालकको रु पाँच लाखका दरले लगानी रहेको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पुरानो परिकारलाई प्रोत्साहन हुने किसिमबाट गर्ने व्यावसायिक कार्यमा नगरपालिकको तर्फबाट सहयोग रहने बताए । नगरभित्र सञ्चालन हुने उद्योग व्यवसायमा पनि आफ्नो मौलिक प्रकारको व्यवसायलाई स्थापित गर्नेलाई नगरपालिकाको सहयोग गर्ने नीति रहेको छ उनले भने । यसअघि पनौती नगरपालिका–७ पुरानो बजारमा नै महिलाहरुको सामूहिक प्रयासमा पन्ति कौला छें सञ्चालन गर्दै आएको छ । रासस


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP