Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विचार
  • Home
  • विचार
  • घुम्ने कुर्सीमा साइँदुवा
घुम्ने कुर्सीमा साइँदुवा
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, असोज १६, २०८०


आहा ! कत्ति मज्जाले घुम्ने कुर्सी रैछ । लच्किँदो पनि रहेछ । टिके नियुक्ति पाएलगतै जिम्मेवारी सम्हाल्न पुगेको हर्केले सरकारी कुर्सीमा बस्नासाथ फुस्एिको बोली । वरपर त्यही कार्यालयका हनुमानहरु थिए । हर्केसँगै थियो अर्को पावरवाला चश्माधारी फुर्के प्रशासक । 

हर्केको आहा ! शब्दले फर्के प्रशासकको मन फुरुङ चरी उडेजस्तै उड्यो । दंग पर्दै, चश्मा यसो नाकको डाँडीमा सार्दै फुर्केले भन्न थाल्यो, ‘श्रीमान्, यो हजुरका लागि आजै मात्र जिन्सीबाट झिकाएको । हजुरको कोठामा अत्तर पनि छरिदिएको छु ।’ दायाँ कुनामा देखाउँदै, त्यो गुलाफको फूल नक्कली हैन हजुर नर्सरीबाट ल्याएको । त्यो चाहिँ हप्तै पिच्छे फेरिन्छ । अनि यो चाहिँ बास्ना आउने इन्द्रकमलको फूल हजुरलाई मन पर्छ भनेर ‘महारानी’ ले तार चिठ्ठीमा भन्नु भाकाले । ठीक छ नि हजुर । यति भएपछि । 

चश्माधारी फुर्के प्रशासकको गणेशाय नममा दंग परेका हर्के मुस्कुराउँदै भन्छ, ‘ठीकै छ, यो नयाँ चाहिँ नकिनेकै भए हुन्थ्यो, पुरानैले काम चलाएको भए भइहाल्थ्यो नि । सोध्दै नसोधी किनिहाल्नुभएछ । ठीक छ ।’
मुस्कुराउँदै प्रशासक फुर्के भन्छ, ‘हैन हजुर यो त सिस्टम हो । पुरानो श्रीमान् बसेर गएपछि नयाँ श्रीमान्लाई नयाँ नै चाहियो नि होइन र हजुर ?

ए ठीकै हो । कसको ग्रहदशा के हुन्छ के था ? ठीकै गर्नुभो ।
फुर्के प्रशासकसँग नेपाली फाइल बाँया हातको काखीमा च्यापेर बसेको टंकेश्वरले नयाँ घुम्नेकुर्सीमा बसेका साइँदुवालाई बिन्ती गर्छन् । घरमा महारानीका लागि कुन सवारी पठाउँ हजुर ? रातो कि सेतो ? दुवै नयाँ नै हुन्, अस्ति भर्खर टेण्डरबाट आएको । साइँदुवाले दुवै हातमा लड्डु भनेजस्तो । आउन पाको छैन सुविधै सुविधा । केही घण्टा अघिसम्म हर्केकी स्वास्नी केही घण्टा पछि नै ‘महारानी’मा परिणत । उसका कानले दिव्य वच मात्र सुन्न पाएका छन् । 

Hardik health

कार्यालयको ढोकाबाहिरदेखि नै एउटा लस्कर छ । सयपत्री फूलमा जरी मिसाएर उनेका माला हर्केलाई लगाउन आतुर छन् । सबैको मुहारमा यति खुसी देखिएको छ कि मानौं १९५० को सन्धिमा गुमेको ‘अखण्ड नेपाल’ नै जितिसक्यौं ।

हर्के मनमनै फुरुंग छ । साला ! यो गणतन्त्र त्यसै त कहाँ ल्याका रैछन् र ? म जाबो हर्केले एउटा नियुक्ति पाउँदा त यस्तो बिध्न छ । यो भन्दा ठूलो पद पाउनेहरुको अवस्था के हुन्छ ? टुँडिखेलमा सुकिलामुकिला भन्दै कुर्लेका छविलाल हुन् किन मान्छेको भीड हेरेर उखानको रस स्वाद पस्कने खड्गप्रसाद किन छाड्थे पद । त्यसै भकभकेलाई फेरि पनि प्रधानमन्त्री चाहिया रैछ र बल्ल पो कुरा बुझ्दै छु । हर्के एकोहोर भित्तामा टाँगिएको सहिदहरुको फ्रेममा हेरेर टोलाउँछ ।

हर्के टोलाएको देखेर वरपरका गणेशहरु मुखामुख गर्छन् । चश्माधारी फुर्के प्रशासक देब्रे हातले आफ्नो नाकको डाँडीमा अड्काएको चश्मा अलि माथि सारेर नयाँ साइँदुवालाई तलदेखि माथिसम्म नियाल्छन् । अनि मुख मिठ्याउँदै भन्छन्, ‘के भो हजुर’ ?

प्रशासकको आवाजले झस्किँदै हर्के भन्छन्, सहिदहरुको नाममा एकछिन ‘मौनधारण’ गरेको ! कुर्सीमा बस्नुभन्दा पहिले उनीहरुलाई स्मरण गर्नुप¥यो नि ! उनीहरुकै बलिदानबाट प्राप्ति उपलब्धि पो हो त । हर्केको कुरामा सहमत जनाउँदै टकेश्वरले बोली फुटाउँछ । हो हजुर उनीहरुसँग हजुरहरुले निक संघर्ष गर्नु भएको थियो र पो आजको दिन आयो त । 
टंकेश्वरले च्यापेको फाइल तान्दै फुर्के प्रशासकले टेबलमा राख्छन् । हजुर अव पदबहाली गरेपछि पहिलो एउटा साधारण टिप्पणीमा सदर गर्नु पर्छ हजुर । रेकर्ड फाइल भित्रको नेपाली कागजमा लेखेको टिप्पणी बुझाएको जस्तै गरी फुर्केले फुर्काउँछ । 

हर्केले पढ्न त के भ्याउने उनै फुर्केलाई के गर्नुपर्ने हो भन्दै सोध्छ । केही छैन हजुर कर्मचारी कै साधारण सेवा सुविधाको कुरा छ । हजुरले सदर लेखिदिए हुन्छ । रातो कलम थमाउँदै फुर्केले भन्छ । हर्के सदर लेखेर हस्ताक्षर गर्छ । भयो हजुर यत्ति भए । अब हजुरलाई शुभकामना दिन साथीहरु कुर्न भएको छ त्यो सक्यौ अनि हजुरको निर्देशन चाहियो । फुर्केले अझ प्रस्ट्याउँछ । 

फुर्केले भनेजस्तै हर्केले कार्यालयमा कार्यरत गणेशजीहरुको शुभकामना लिन्छन् र निर्देशन दिन्छन् । ‘हेर्नुस् हामीहरु ‘घिउ खान्या र दूध खान्या’ कामलाई आजैदेखि बन्द गर्नुपर्छ, बुझ्नु भो नि ? धेरैले त्यही विषयमा चिन्ता गरेका छन् । यो कार्यालय त्यही कारण पनि बद्नाम भएको छ । त्यसकारण तपाईंहरु जे सुकै भन्नुस्, आजबाट कुनै पनि नगद वा जिन्सी उपहार लिन छाड्नुस् । त्यस्तो थाहा भयो भने राम्रो हुने छैन । विगतमा जे भयो भयो । अब नयाँ जोशका साथ सहिदको सपना साकार पार्नु पर्दछ । 

नाक डाँडीमा अड्काएको चश्माको थोरै माथि आँखा पारेर फुर्केले थप्छ, हजुरको निर्देशनअनुसार नै कार्यालय बढ्छ हजुर । केही चिन्ता मान्नै पर्दैन । सरकारले तलब दिएको छ । सेवा सुविधा दिएको छ । हामी त धेरै भाग्यमानी छौं हजुर । 
फुर्केको कुरासँग हर्के सबैलाई आ–आफ्नो कार्यकक्षमा गएर काम गर्न निर्देशन दिन्छन् । सबै बाहिरिन्छन् । अब फुर्के प्रशासक र हर्केमात्र छन बन्द कोठामा । फुर्केलाई केही भनौ भनौ लागिरहेको छ । हर्केलाई पनि केही सोधौं सोधौं भइरहेको छ । दुवै एक अर्काको मुखामुख गर्छन् । अनि हर्केले फुर्केलाई भन्छ, ‘केही सोध्नु खोज्नुभएको हो ?’
भन्न मिल्ने हो कि नमिल्ने हो हजुर ? फुर्केको शब्द निस्कन्छ । 

भन्नुस् भन्नुस् किन नमिल्ने ? हर्केले भन्छ । फुर्के आँट गरेर भन्छ, ‘हजुरको निर्देशन अलि कडा भयो कि भनेर । अब बिरालोलाई दूध नखा भनेर नि हुन्छ त हजुर ? यहाँ आउनेहरु कसरी आउँछन् भन्ने कुरा त हजुरलाई पनि थाहा होला नि ?
फुर्केको कुरा सुनेपछि हर्के सम्झाउँछन् । 

तपाइँ पनि कस्तो मान्छे । त्यो भाषण गर्ने बेला भन्ने कुरा पो त ! यहाँ सुन्नुस् म हरेक बैठकमा घिउ खान्या र दूध खान्या छोड्नुस भन्छु । तर तपाईंहरुले हरेक फाइलमा ‘सिस्टम’ को कुरा सधैं बेलुका मलाई बुझाउनुहोला त्यहीअनुसार तपाईंले ‘सर्कुलर’ गर्नु । बेलुका सम्भव नभए भोलिपल्ट बिहान मर्निङ वाकमा विशेष बैठक बसौंला । 

फुर्के प्रशासक दंग पर्छ र भन्छ, हुन्छ हजुर । हजुरको निर्देशन शिरोधार्य छ । ‘सिस्टम इज सिस्टम’ हजुर अब हाम्रो कार्यालयमा कुनै पनि किसिमको भ्रष्टाचार हुन दिने छैन हजुर । विगतदेखि चल्दै आएको ‘सिस्टम’ मा थप मजबुत बनाउनेछौं । 

आखिर छेपारो रंग त फेरि हाल्छ नि । ‘कुर्सीमा साइँदुवाहरु’ !
 


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
योजना कार्यान्वयनमा अस्थिर राजनीतिको प्रभाव
योजना कार्यान्वयनमा अस्थिर राजनीतिको प्रभाव शुक्रबार, माघ ९, २०८२
हुम्लाको विकास सूचक र भविष्य
हुम्लाको विकास सूचक र भविष्य बिहीबार, माघ ८, २०८२
वित्तीय क्षेत्रको संकट र राष्ट्र बैंंकको भूमिका
वित्तीय क्षेत्रको संकट र राष्ट्र बैंंकको भूमिका बुधबार, माघ ७, २०८२
गुमिरहेको अपार सम्भावना र सुधारको पर्खाइमा संग्रहालय  
गुमिरहेको अपार सम्भावना र सुधारको पर्खाइमा संग्रहालय   मंगलबार, माघ ६, २०८२
बाऽऽ छाडेकोऽऽ लेनऽऽ 
बाऽऽ छाडेकोऽऽ लेनऽऽ  मंगलबार, माघ ६, २०८२
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी सोमबार, माघ ५, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP