Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सदन रिझाउन प्रधानमन्त्रीका दुई आकस्मिक निर्णय
सदन रिझाउन प्रधानमन्त्रीका दुई आकस्मिक निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १५, २०८०

 

  • देशको समस्या छलेर मस्तराम चीन घुमेका प्रधानमन्त्री दाहालले आइतबार सदन रिझाउन आकस्मिक मन्त्रिपरिषद् डाकेर महत्वपूर्ण दुई निर्णय गरे 
  • पहिलो झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गरेर र अर्को शनिबारमात्र बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएर
  • कुनै हालतमा आयोग गठन नगर्ने सत्तापक्षको अडानबाट ‘ब्याक’ भएका प्रधानमन्त्री दाहाल पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणालीको सहमतिबाटसमेत पछि हटेका छन् ।


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका र चीन पुगेर फर्केलगत्तै आलोचनाबाट बच्न चलाखी अपनाएका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्न पुगे पनि चीनमा भने मस्तराम घुमेका दाहालले काठमाडौं उत्रेको भोलिपल्टै संसद्को चाँजोपाँजो मिलाए ।यतिमात्र हैन प्रधानमन्त्री दाहालले संसद्मा राख्ने विषयवस्तुसमेत ‘क्रिएट’ गरे ।

दाहालले सबैभन्दा पहिले प्रतिपक्षी रिझाउने काम गरे । यसका लागि बिहानै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगिसकेका थिए । सदनमा एमालेको माग थियो करिब ६१ किलो सुन प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठन हुनैपर्छ । साउन ३ गते समातिएको सुन प्रकरणमा सत्तापक्षको अडान थियो, कुनै हालतमा उच्चस्तरीय आयोग गठन हुन्न । तर, देशका समस्यालाई वास्तै नगरी बेफिक्री घुमेर काठमाडौं उत्रेका प्रधानमन्त्रीमाथि एमालेले सदनमै प्रतिरोध गर्ने तयारी गरेको बुझिएको थियो । 

त्यही बुझेर प्रधानमन्त्री दाहालले एमाले रिझाउन ‘निञ्जा टेक्निक’ अपनाए, जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेर । दिउँसो १ बजे संसद् सुरु हुनुअघि नै आकस्मिक मन्त्रिपरिषद् बोलाएर दाहालले सुन प्रकरण जाँचबुझका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरे ।

‘आजै (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ,’ संसद्मा सम्बोधनको क्रममा दाहालले भने ।

त्यसपछि आयल निगमले ग्यासको भाउ बढाएको थियो शनिबारमात्र । मन्त्रिपरिषद्को नियन्त्रणबाहिर रहेको यो विषयलाई मन्त्रिपरिषद्बाटै निर्णय गराएर आयल निगमलाई तोक आदेशमा मूल्य घटाउन लगाए दाहालले । जनतालाई चुप गराउन दाहालको अर्को टेक्निक थियो यो । ‘नेपाल आयल निगमले हिजो (शनिबार)देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धि आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यानमा राखी तत्काल फिर्ता लिन मैले निर्देशन गरेबमोजिम नेपाल आयल निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पुरानै मूल्य कायम गरेको छ,’ दाहालले संसद्समक्ष अर्को निर्णय सुनाइहाले । यी दुवै विषय प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी एमालेलाई के चाहियो, सदनमा नतमस्तक हुने भइहाल्यो ।

रास्वपाका लामिछानेले बोल्न पाए, अरुले पाएनन्
सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर विरोध जनाए । रास्वपाका सभापति रवि लामिछानेले दुई मिनेट समय पाए । ‘सम्माननीय प्रधानमन्त्रीज्यू चाइना भ्रमणबाट मुडफ्रेस गरेर आउनुभएको रहेछ । आउँदाआउँदै जनताको मुडअफ गरिदिनुभयो मूल्यवृद्धि गरेर । तर, फेरि मुडफ्रेस गराउने काम फिर्ता लिएर गराउनुभएको छ,’ लामिछानेले भने, ‘स्वचालित प्रणालीमा गए पनि नेपाल आयल निगमले सधैं घाटा भयो भनेर मूल्यवृद्धि गर्ने गरेको र बोनस बाँड्ने गरेको भन्दै सभापति लामिछानले असन्तुष्टि जनाए । ‘आयल निगम व्यापार पनि आफैं गर्छ, आयात पनि आफैं गर्छ, नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ र सधैं घाटामा छु भन्छ । कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ । तर, सधैं घाटामा रहन्छ ।’ 


लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा पनि आपत्ति जनाए । त्यसपछि राप्रपाका सांसदहरु उठेर विरोध जनाए । प्रधानमन्त्रीको जवाफ आउने कार्यक्रम भएकोले प्रमुख सचेतकहरुसँग आफूले पहिले नै तयारी गरेको सभामुखले पटक–पटक राप्रपालाई सम्झाए । राप्रपा सांसद ज्ञानेन्द्र शाही बोल्न तम्सिराखेका थिए । तर, सभामुख घिमिरेले शाहीलाई समय दिएनन् । त्यसैबेला एमालेका प्रमुख सचेतक पदम गिरी बोल्ने प्रयास गरे । सदनमा यसअघि अलमलमा पर्ने घिमिरे आइतबार भने कडाइका साथ प्रस्तुत भए । रघुजी पन्तलाई पनि समय दिएनन् । स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि बोल्ने तयारीमा थिए । तर, उनले पनि समय पाएनन् ।

प्रधानमन्त्रीकै निर्णय ‘फेल’
निगमले शनिबारमात्र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर आठ रुपैयाँ बढाइएको थियो । स्वचालित मूल्यवृद्धिको चर्को विरोध भएपछि प्रधानमन्त्रीको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि निगम सञ्चालक समिति बैठक बसेर मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो । निगमका कार्यकारी निर्देशक उमेश थानीले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय भएको बताए । झण्डै डेढ महिनाअघि निगमले प्रधानमन्त्रीलाई जानकारी गराएर स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । यो निर्देशनसँगै निगमको स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने निर्णय फेल भएको छ ।


प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP