Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री
चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १४, २०८०

काठमाडौं  -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताएका छन् । उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गरे  । 

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्ने उनले चीनका राष्ट्रपति सि चिनपिङले गरेकाे भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गरे। 

“कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भने। 

प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्मसंयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई सम्बोधन गरेका थिए । सो सम्बोधनपश्चात् सेप्टेम्बर २३ देखि ३० सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी उहाँ यही असोज १३ गते स्वदेश फर्किएका हुन्  । 

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन भ्रमणमा जानुअघि पनि आफूले सदनलाई जानकारी गराएको प्रधानमन्त्रीले उल्लेख गरे। चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। 

चीनका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफलका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्नेमा आफूले राखेको धारणाप्रति उहाँहरुले पूर्ण समर्थन रहनेबताएका प्रधानमन्त्री दाहालले जानकारी दिए । 

उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पुर्‍याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए । 

यस्तै, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमानाकाको पुनःसञ्चालन, सीमानाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका विषयमा छलफल केन्द्रित भएको उनको भनाइ छ । 

यसैगरी नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा समेत विस्तारपूर्वक छलफल भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे। 

“नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको र नेपाल–चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो”, प्रधानमन्त्री दाहालले भने। 

चीन भ्रमणका समयमा चीनको हाड्झाउमा विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिसमेतको उपस्थितिमा चीनका राष्ट्रपतिले गरेका उद्घाटन समारोहमा सहभागी भई नेपाली खेलाडीहरुको हौसला बढाउने अवसर प्राप्त भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । हाइझाउ र बेइजिङमा भएका बैठक र छलफलका अलावा चीनको छोङछिङ, चीनको स्वाशासित क्षेत्र तिब्बत र छन्दुकोसमेत भ्रमण गरी द्विपक्षीय सम्बन्धका बारेमा विभिन्न तहमा छलफल भएको थियो । 

“प्रत्येक बैठकमा त्यहाँका राजनीतिक नेतृत्वबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने एवं मेरो भ्रमणका अवसरमा नेपाल र चीनबाट संयुक्तरूपमा जारी वक्तव्यमा पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको थियो”, प्रधानमन्त्री दाहालले भने, “यसका साथै चीनको जनकाङ्ग्रेसका अध्यक्षसँगको भेटमा संसदीय प्रणाली र कानुन निर्माणमा चीनको जनकाङ्ग्रेसको अनुभवसमेत बुझ्ने अवसर प्राप्त हुनुका साथै आपसी सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।”

चीन भ्रमणअघि आफूले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई उच्चस्तरीय सत्रमा नेपालकोतर्फबाट सम्बोधन गरेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए । सो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशमा पारेका प्रभावलाई केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले ती समस्याको निराकरणका उपायहरू, हिमाली राष्ट्रका समस्या, दिगो विकासका लक्ष्यको प्राप्तिमा अल्पविकसित राष्ट्रका समस्याका बारेमा उल्लेख गरेको बताए । 

प्रधानमन्त्री दाहालले ती समस्या समाधानमा साधनस्रोतको व्यवस्थाका लागि विश्वसमुदायको गम्भीर ध्यानाकर्षण गराएको तथा अतिकम विकसित तथा भूपरिवेष्ठित राष्ट्रका समस्याप्रतिविश्वको ध्यानाकर्षण गराएको स्पष्ट पारे ।अतिकम विकसित राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको प्रधानमन्त्री दाहालल ेसदनलाई जानकारी गराए । 

समकालीन विश्वका प्रमुख मुद्दाहरू, मानवअधिकार, आतङ्कवाद तथा निःशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गरेको उनले उल्लेख गरे। प्रधानमन्त्री दाहालले समग्रमा दुवै भ्रमण सफल भएको आफूले ठानेको बताए । उनले चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको बताए । 

“उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीका संवेदनशील विषयमा नेपालले पालना गर्दै आएको नीतिको पुनःपुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ र अझ महत्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ”, प्रधानमन्त्री दाहालले भने। 

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावबारे नेपाललगायत अतिकम विकसित मुलुकका चुनौती र तिनको सम्बोधनका लागि विश्वसमुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए । 


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP