Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्‍न
शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १४, २०८०

काठमाडौं -  एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र सूर्यास्त, स्थानीय संस्कृति, रैथाने परिकार, चौंरी गोठ र गोठाले जीवनसँगै चिसो अनि शान्त मौसमको अनुभव लिँदै कार्यक्रम सम्पन्न गरिएको हो ।

दोलखा र रामेछापको सिमानामा पर्ने पर्यटकीय क्षेत्र शैलुङमा ‘वाइल्ड स्टे विथ चौँरी’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा क्याप्टेन विजय लामा, अभिनेता निखिल उप्रेती, गायक यशकुमार, लोक गायक प्रेमराजा महतलगायत दुई सयभन्दा बढीको सहभागिता थियो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एडभेञ्चरको उद्घाटन गरिएको थियो ।

 

sailung11696158246.jpg

विभिन्न ठाउँमा स्थानीयहरुले गरेको सम्मान तथा स्वागतमा रमाउँदै पर्यटकहरू शैलुङसम्म पुगेका थिए । सोही दिन साँझ गाडीमा खोलाखर्क पुगेको टोलीलाई खोलाखर्कमा स्थानीय संस्कृतिअनुसार स्वागत गरिएको थियो । त्यहाँ स्थानीयले सगुनस्वरुप प्याला (स्थानीय रक्सी), घ्यु र नुन राखेर पकाइएको चिया (स्युच्या) खुवाएर पाहुनाको सम्मान गरेका थिए ।

त्यसपश्चात पर्यटकहरू करिब ३५ मिनेटको पैदलयात्रामा शैलुङ पुगेका थिए । करिब ५० वटा गाडीमा लामबद्ध भएर गएका विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध पर्यटकले स्थानीय परिकारको स्वाद लिँदै शैलुङको थुम्कामा क्याम्पिङ टेन्टभित्र बसेका थिए । यही असोज ११ देखि १३ गतेसम्म आयोजना गरिएको कार्यक्रममा कलाकार गरिमा शर्मा, स्वानिका बास्तोला, लेखक बुद्धिसागर, डा रञ्जित बराल, हास्यकलाकार कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जुलगायत प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी भएका थिए ।

sailung21696158283.jpg

कार्यक्रममा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादे, चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कुटनैतिक नियोगका प्रतिनिधिलगायत फरक–फरक क्षेत्रमा संलग्न व्यक्तित्वहरूको सहभागीता थियो । कार्यक्रम संयोजक अमरदीप भट्टराईले भौगोलिक हिसाबले गाह्रो हुँदाहुँदै पनि शैलुङमा कार्यक्रम सम्पन्न गरिएको बताए । पर्यटकहरूलाई एड्भेञ्चर महशुस गराउने उद्देश्य पूरा भएको बताउँदै उनले कार्यक्रमले शैलुङको पर्यटन प्रवर्द्धनमा निकै ठूलो भूमिका खेलेको उल्लेखगरे । कार्यक्रम अवधिभर स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिएको भन्दै उनले भने, “स्थानीय खाना खाँदै सो स्थानको प्रवर्द्धन गर्ने प्रयास सफल भयो ।”

स्पार्क एड्भेञ्चरको टोलीलाई स्वागत गर्न दोलखा र रामेछापका स्थानीय सरकार र तथा बागमती प्रदेश सरकारका प्रतिनिधिहरू समेत सहभागी भएका थिए । करिब पाँच घण्टा लगाएर शैलुङ आसपासबाट स्वस्फूर्त पुगेका स्थानीयले विभिन्न स्थानीय झाँकी, सांस्कृतिक नृत्यलगायतको प्रस्तुति दिएका थिए । स्पार्क कारका अनुसारका यस किसिमको कार्यक्रम नेपालमै पहिलोपटक भएको हो । आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि यस किसिमको कार्यक्रम आयोजना भइरहनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

कार्यक्रममा सहभागी क्याप्टेन विजय लामाले यस किसिमको एड्भेञ्चर कार्यक्रमले मुलुकको पर्यटन एवम् आर्थिक रूपान्तरणमा उल्लेख्य सहयोग पुग्ने बताए । उनले स्पार्क कारको यस किसिमको काम आफैंमा साहसिक भएको समेत सुनाए । क्याप्टेन लामाले भने, “साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्ष अवलोकन गर्न पाएँ । पर्यटनमार्फत यहाँका स्थानीयको भविष्य उज्जवल बन्ने सम्भावना देखेको छु ।”

sailung31696158418.jpg

उनले शैलुङ सुनको कचौरा भएको र यसलाई स्थानीय समूदाय, जनप्रतिनिधि तथा समग्र मुलुकले चिन्न सक्नुपर्नेमा जोड दिए । अभिनेता निखिल उप्रेतीले आफू भगवान बुद्धले टेकेको भूमिमा आउँदा निकै आनन्दित भएको प्रतिक्रिया दिए । लोक गायक प्रेम राजा महतले यस किसिमको कार्यक्रमले मुलुको पर्यटन प्रवर्द्धन भई आर्थिक समृद्धी हासिल गर्नेमा विश्वास व्यक्तगरे । उनले भने, “स्पार्क कारको यस किसिमको कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।” सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक एवम् पर्टकीय क्षेत्र हो ।

यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ पनि हो । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो । यस किसिमको कार्यक्रम आगामी दिनमा पनि गर्दै जाने स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले बताए । “नेपाल चिनाउने यस किसिमको अभियानलाई हामीले निरन्तरता दिनेछौँ”, उनले भने ।

 


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:४४
#स्पार्क_एड्भेञ्चर #शैलुङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP