Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १४, २०८०

त्रिवेणी– पछिल्लो समय कुमसोत  पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।

देवचुली, कावासोती र हुप्सेकोट गरी तीन पालिकालाई जोड्ने यो स्थानमा हिजोआज दैनिकरूपमा भ्रमणमा पुग्नेको सङ्ख्या बढ्दो रहेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब नौ किलोमिटर उत्तरमा कुमसोत अवस्थित रहेको छ । राजमार्गबाट नजिकको पहाडी क्षेत्रका रूपमा रहेको यहाँबाट नवलपुरको उत्तरतर्फ रहेका पहाडी भू–भाग, जिल्लाकै अग्लो स्थान देवचुली डाँडो, दक्षिणतर्फ नवलपुरको समथर भू–भाग, राजमार्ग आसपासका घना बस्ती सहजरूपमा अवलोकन गर्न सकिन्छ । यसका साथै चितवनका भू–भाग, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको मनोरम दृश्यसमेत सहजरूपमा अवलोकन गर्न सकिने भएकाले कुमसोत आन्तरिक तथा छिमेकी जिल्लाका पर्यटकको गन्तव्य बन्दै गएको छ ।
 
देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने यहाँ  सडक, विद्युत्, खानेपानीको उपलब्धताले यहाँको विकासमा टेवा पुर्याएको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए । “विकासका विभिन्न पूर्वाधार निर्माणले यसको विकासमा सहयोग पुग्यो, राजमार्गको सहज पहुँच भयो, यो सँगै क्रमशः सुविधाजनक होटल खुल्न थाले, विस्तारै धेरै पर्यटकको रोजाइमा कुमसोत पर्नथाल्यो”, उनले भने।
 
आन्तरिक पर्यटक गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । बिदाको दिन तथा चाडपर्वको समयमा कुमसोतमा उल्लेख्यरूपमा आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष सोतीले बताए ।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउन योजना बनाई काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने योजनाका साथ काम अघि बढाइएको छ । प्राकृतिक मनोरमस्थल भएकाले यसलाई पर्यटनसँग जोड्ने र पर्यटनलाई आर्थिक उपार्जनसँग जोड्दै जाने आफूहरूको योजना रहेको उनले बताए। 

Hardik health

कुमसोत र जिल्लाकै अग्लो डाँडो देवचुलीको काखमा पर्ने कीर्तिपुरको विकासको प्रमुख आधार पर्यटन हुनसक्ने भएकाले सोहीअनुसारका काम वडा तथा नगरस्तरबाट बढाउँदै लैजाने वडाध्यक्ष सोतीले बताए ।

पालिकाभित्रको प्रमुख पर्यटकीयस्थलका रूपमा देवचुली डाँडो पर्ने र यो सँगै जोडिएका कुमसोत र कीर्तिपुरमा समेत पर्यटनको प्रचुर सम्भावना भएकाले नगरस्तरबाट यस क्षेत्रमा थप पूर्वाधार विकासलगायतका काम अघि बढाउँदै लैजाने नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए।

कुमसोतलाई  जिल्लाको पहाडी क्षेत्रको प्रवेशद्वारका रूपमा समेत लिइन्छ । यही स्थान हुँदै जिल्लाको पहाडी क्षेत्रमा पर्ने  पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकाको केही वडा पुग्न सकिन्छ । जिल्लाको तराई क्षेत्र र पहाडी क्षेत्रलाई जोड्ने स्थलका रूपमा समेत रहेको कुमसोतमा पर्यटकको आगमन बढ्दै गएकामा आफूहरु उत्साहित बनेको वडाध्यक्ष सोतीले बताए।  रासस


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग
मन्त्री घिसिङको निर्देशनपछि तातोपानी सडक बनाउन तातियो विभाग बिहीबार, असोज २, २०८२
पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले-बाघखोर’
पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले-बाघखोर’ बुधबार, असोज १, २०८२
दसैँसम्म मितेरी पुल निर्माण हुने
दसैँसम्म मितेरी पुल निर्माण हुने मंगलबार, भदौ ३१, २०८२
अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो
अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो मंगलबार, भदौ ३१, २०८२
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस
ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस सोमबार, भदौ ३०, २०८२
व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग
व्यावसायिक सुरक्षा सुनिश्चित गर्न पर्यटन व्यवसायीको माग आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP