Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आर्थिक मन्दीमा प्रधानमन्त्रीदेखि मन्त्रीहरुको मस्तराम भ्रमण
आर्थिक मन्दीमा प्रधानमन्त्रीदेखि मन्त्रीहरुको मस्तराम भ्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असोज १३, २०८०
  • काम नपाएपछि समाजवादी मोर्चा कसेर ठाउँठाउँमा उत्तेजक प्रवचन दिएर हिँडेका प्रधानमन्त्रीले १०÷१५ दिन नबोल्दा सायद जनतालाई शान्त महसुस पनि भएको हुनसक्छ
  • तर उनीहरुको घुमघामको खर्च सबै सरकारले बेहोर्नुपर्ने हुन्छ । त्यतिमात्र होइन, पदअनुसार दैनिक १५ हजारभन्दा बढीका दरले भत्तासमेत दिनुपर्छ
  • लठीभद्र अवस्थामा सत्तारुढ दलदेखि प्रमुख राजनीतिक दलहरु भने अर्को चुनावमा आफू पहिलो दल बन्नुपर्ने भन्दै ‘मिसन ८४’ अभियान लिएर अगाडि बढेका छन् 

 

काठमाडौं– देश यतिबेला आर्थिक मन्दीले जर्जर छ । बजार तताउने नेपालीको मुख्य चाड दसैंको मुखमा कारोबार ठप्प छ । तर, देशको अवस्था सुधार गर्न भनेर जनताले चुनेर पठाएका जनप्रतिनिधि भने संसद् बन्द गरेर विदेशमा मोजमस्ती गर्न व्यस्त छन् ।
यसरी मस्तराम घुम्नमा पहिलो नम्बरमा परेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल । हुन पनि सरकारमा केही काम छैन प्रधानमन्त्रीको । काम नपाएपछि समाजवादी मोर्चा कसेर ठाउँठाउँमा उत्तेजक प्रवचन दिएर हिँडेका प्रधानमन्त्रीले १०÷१५ दिन नबोल्दा सायद जनतालाई शान्त महसुस पनि भएको हुनसक्छ । तर, देशकै मुख्य नेतृत्व परिस्थिति पन्छाएर मस्तराम घुम्नु अनौठो नै मान्नुपर्छ । 

असोज ५ गते अमेरिकाबाट चीन रवाना भएका प्रधानमन्त्री दाहाल शुक्रबार छेन्दु पुगेका छन् । उनलाई छेन्दुमा सिचुवान प्रान्तका उपप्रमुख याङ सिङफिङ, प्रान्तीय सरकारका उपमहासचिवलगायतले स्वागत गरे । छेन्दुमा खासै उपलब्धिमूलक कार्यक्रम छैन प्रधानमन्त्रीको । तर, मन्त्रीको लस्करै लगाएर दाहाल ल्हासा घुमेर छेन्दु पुगेका छन् । 
राष्ट्रसंघको महासभामा भाग लिन भदौ २५ गते न्युयोर्क उडेका परराष्ट्रमन्त्री एनपी साउद प्रधानमन्त्रीसँगै छन् । उनीसँगै यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महेन्द्र राय यादव पनि ल्हासामै छन् । लस्करै भ्रमणमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरुले शुक्रबार छेन्दुमा पाण्डा प्रजनन केन्द्र घुमे । सिचुवान प्रान्तका पार्टी सेक्रेटरी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय बैठकमा सहभागी भए ।

राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवलगायत अधिकारीले पनि सरकारी खर्चमा चीनका विभिन्न ठाउँ घुमिरहेका छन् ।

प्रधानमन्त्रीमण्डलले बिहीबार चीनको तिब्बतमा पर्ने मानसरोवर र कैलाश पर्वत अवलोकन गरेका थिए । मंगलबार छोङछिङमा कृषि फार्म हेर्न पुगेको टोली बुधबार ल्हासा गएको थियो । चीनसँग दीर्घकालीन महŒवका सम्झौता नभए पनि जम्बो टोलीका लागि घुमघाम निकै फलदायी भएको देखिन्छ । उनीहरुको घुमघामको खर्च सबै सरकारले बेहोर्नुपर्ने हुन्छ । त्यति मात्र होइन, पदअनुसार दैनिक १५ हजारभन्दा बढीका दरले भत्तासमेत पाउँछन् । देशको आर्थिक अवस्था ओरालो लागेको अवस्थामा विदेश भ्रमण कम गर्नुपर्ने अर्थविद्हरु बताउँछन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पनि यस्तो बेला सरकार निर्मम बन्नुपर्ने बताउँछन् । ‘विदेश भ्रमण कम गर्न सकिँदैन ? अर्थमन्त्रीले बजेटमा केही सरकारी संरचना घटाउने कुरा उल्लेख गर्नुभयो । अर्थमन्त्रीले यस्तो बेलामा निर्मम बन्न सक्नुपर्छ,’ कोइरालाले भने ।
तर, पछिल्लोपटक मन्त्रीहरुको विदेश सयर चर्को रुपमा बढेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको टोली शनिबार बिहान काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

अरु मन्त्री पनि छैनन् कम
सरकारमा केही काम नपाएका मन्त्रीहरु विदेश सयरमै व्यस्त देखिन्छन् । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू चीनकै ह्वाङ्झाउमा एसियाली खेलकुद हेर्न पुगेका छन् ।

अर्थमन्त्री डा. प्रकाशरण महत बिहीबारमात्र काठमाडौं आइपुगे । एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)को वार्षिक बैठकमा सहभागी हुन उनी इजिप्टको कायरो पुगेका थिए । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल क्युवाको हवान र सहरी विकासमन्त्री सीता गुरुङले एक साता लामो युरोप भ्रमण गरेर फर्किएका छन् । स्वास्थ्यमन्त्री मोहन बस्नेत केही समयअघि विभिन्न देश पुगेर स्वदेश फर्केका छन् ।

यता यहीबेला स्वास्थ्यकर्मी, शिक्षक आन्दोलनमा उत्रिएका छन् । तर सरकारलाई उनीहरुको मागमा गम्भीर भएको देखिँदैन । देशको अवस्था लठीभद्र अवस्थामा छाडेर सत्तारुढ दलदेखि प्रमुख राजनीतिक दलहरु भने अर्को चुनावमा आफू पहिलो दल बन्ने भन्दै ‘मिसन ८४’ अभियान लिएर अगाडि बढेका छन् ।
 


प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP