Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रसूति गृह नहुँदा महिलालाई सास्ती
प्रसूति गृह नहुँदा महिलालाई सास्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ११, २०८०

कञ्चनपुर– बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ । 

नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूलीलगायतका क्षेत्रमा पुरयाउने गरेका छन ।

एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हुँदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताइन् ।  “एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्”, उनले भनिन्, “घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पुर्याउने गरेका छन् ।”
 
जटिल प्रकृतिको प्रसूतिका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रहेका अस्पतालमा पुर्याउनु पर्ने अवस्था रहेको उनले बताइन् । “वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य चौकी बनेको छ”, स्थानीय कृष्णबहादुर बमले भने, “प्राथमिक उपचार गाउँमै पाएका छौँ तर प्रसूति हुनेका लागि व्यवस्था नहुँदा निकै अप्ठेरो रहेको छ ।”

आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् ।  “प्रसूति गृह तत्काल सञ्चालनका लागि भौतिक पूर्वाधारको व्यवस्था रहेको छ”, वडाध्यक्ष नवलसिंह रानाले भने, “प्रसूति गराउनका लागि तालिम प्राप्त दक्ष अनमी पनि छन्, सञ्चालनको अनुमति नदिँदा अन्यौलामा रहेका छौँ ।”
 
बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमतिसँगै आवश्यक औजार, औषधिलगायतको व्यवस्था गरिनुपर्ने उनले बताए । आधारभूत स्वास्थ्य चौकीका अहेव गणेश रानाका अनुसार गर्भ चेकजाँच गराउन आउने महिलाको सङ्ख्या वर्षमा दुई सय बढी रहने गरेको छ । “स्वास्थ्य चौकीमा गर्भ चेकजाँच र प्रसूतिपछिका सेवा स्वास्थ्य चौकीबाट दिँदै आएका छौँ”, उनले भने, “बर्थिङ सेन्टरको व्यवस्था नहुँदा प्रसूति हुनेलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।” 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तत्काल बर्थिङ सेन्टर थप्ने योजना नरहेको बताए ।  “सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने योजना छ”, उनले भने, “थप्ने योजना रहेको छैन, वडाले बजेटको व्यवस्थापन गरे बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ ।”

उनका अनुसार बर्थिङ सेन्टर सञ्चालनका लागि नर्सिङ स्टापसहित चार जना कर्मचारी आवश्यक पर्दछन ।  सर्जिकल सामग्रीको व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि अहिले बजेट अभाव रहेको छ । 
 


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP