कालोपत्र भएको तीन महिनामा नै भत्किएको बोखिम-पिप्ले-खाल्डे-आहाले-दधिपुर–सल्लेनी सडक । यो सडक खण्डको बोखिम-पिप्ले साढे चार किलोमिटर सडक रौताहा–रामसागर विल्डरस जेभीले करिब साढे दश करोड लगातमा निर्माण गरेको हो ।
कालोपत्र भएको सडक तीन महिनामा भत्किएर आवतजावत समस्या भएपछि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ । तस्बिर: युवराज विष्ट/रासस