Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'सरकारले सिन्को भाँचेन, टिपेर मिल्काउनुपर्छ'
ओलीको आक्रोश  'सरकारले सिन्को भाँचेन, टिपेर मिल्काउनुपर्छ'
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ८, २०८०

 

  • नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने हुन्छ
  • आज प्रचण्डका कार्यकर्ता भएर शेरबहादुरजीहरु पछाडिपछाडि हिँड्नुभएको छ
  • अहिले त सरकार बनाएर छोराछोरीका घर हेर्नुस्, गाडी हेर्नुस् । आफन्त सप्रिएको हेर्नुस् । मुला पनि त्यति राम्ररी सप्रिँदैन ।
  • चट्टानको कारणले हुम्लाको सदरमुकाममा दुई किलोमिटरको बाटो छिचोल्न सकेको छैन । यदि मै प्रधानमन्त्री भएको भए देशभरि पुग्यो त्यहाँ नपुग्ने कुरा थिएन

काठमाडौं– सरकारबारे पछिल्लो समय नरम सुनिएका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली आइतबार एकाएक खरो सुनिएका छन् । ओखलढुंगामा सहिद गुरु लुइँटेल स्मृति पार्क उद्घाटन गर्न पुगेका एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमाथि खरो टिप्पणीमा उत्रिएका हुन् ।

दाहाल नेतृत्वको सरकार नालायक देखिएकोले जुनसुकै तरिकाल फाल्नुपर्ने ओलीको तर्क रह्यो । ‘अहिलेको सरकार । यो सरकार बसिरहन हुन्छ ? तपाईंहरु भन्नुस् त यस्तो सरकार ? यस्तो सरकार बसिरहन हुन्छ ? राख्न हुन्छ अब ? तपाईं हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने हुन्छ,’ आक्रोशित हुँदै ओलीले भने ।

अर्थतन्त्र जर्जर भएको बेला दाहाल नेतृत्वको सरकारले जनतालाई वास्तै नगरेको उनको भनाइ थियो । बरु सुन तस्करीमा अहिलेको सरकार लागिपरेको ओलीको आरोप रह्यो । ‘यति नलायक । जनता हेर्दैन । सुनतिर हेर्छ । ब्रेक शुमा ल्याउँछ सुन । पानी तान्ने मोटरमा ल्याउँछ सुन । स्याउमा ल्याउँछ सुन,’ ओलीले भने, ‘बूढाबूढीले उहिले आसिक दिँदै माटो छुँदा अन्नै होस् । ढुंगा छुँदै द्रव्य होस् भनेजस्तै अहिले जे छोए पनि सुन ।’

कांग्रेस माओवादीको ‘पुच्छर’
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दाहाल नेतृत्वको प्रमुख सत्ता साझेदार हो । यो सरकारमा कांग्रेसका तर्फबाट नौ जनामन्त्री छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहालको पछाडिपछाडि हिँडेको ओलीले आरोप लगाए । ‘आज त नेपाली कांग्रेसको कुरा नगरौं । नेपाली कांग्रेसका साथीहरु पनि हुनुहुन्छ होला यहाँ । लोकतन्त्रका लागि तपाईंहरु अडिनुभएको होला,’ ओलीले भने, ‘लोकतन्त्र हैन आज प्रचण्डका कार्यकर्ता भएर शेरबहादुरजीहरु पछाडिपछाडि हिँड्नुभएको छ ।’

सरकार आफैं सुन तस्करीमा लागेको आरोपसमेत ओलीले लगाए । ‘सरकारले दिनको क्विन्टल क्विन्टलका दरले सुनको तस्करी गर्छ । देख्नुभयो तपाईंले ? भनेर सोधे देखिनँ भन्छ । सुन तस्करी भइरहेको छ भनेर सोध्यो भने अर्कोतिर फर्केर देखिनँ भन्छ,’ ओलीले व्यंग्य कसे ।माओवादी नेतृत्वको सरकारले तस्करी र हिंसा मच्चाएको छ । मलंगवामा कफ्र्यु छ । देशमा हिंसा भड्काउने काम भइरहेको छ । सरकार नदेखेको नदेखेझैं कानमा तेल लगाएर बसेको छ ।

मुलाझैं सप्रिए माओवादी
अध्यक्ष ओलीले आफ्नो पालामा धेरै काम भएको उल्लेख गर्दै अहिलेको सरकारले केही नगरेको दाबी पेस गरे । ‘हामीले विकास निर्माणका काम चौतर्फी गरेका छौं । चट्टानको कारणले हुम्लाको सदरमुकाममा दुई किलोमिटरको बाटो छिचोल्न सकेको छैन । यदि मै प्रधानमन्त्री भएको भए देशभरि पुग्यो त्यहाँ नपुग्ने कुरा थिएन,’ ओलीले भने । दाहाल नेतृत्वको सरकारले अहिले तस्करीमात्र हैन हिंसासमेत मच्चाएको उनको दाबी रह्यो । ‘माओवादी नेतृत्वको सरकारले तस्करी र हिंसा मच्चाएको छ । मलंगवामा कफ्र्यु छ । देशमा हिंसा भड्काउने काम भइरहेको छ । सरकार नदेखेकोझैं कानमा तेल लगाएर बसेको छ,’ ओलीले भने ।

उनले माओवादीमाथि लक्षित भनाइ राख्न कुनै कसर बाँकी राखेनन् । पुस ११ गते कांग्रेसलाई छक्याएर बालकोटको बार्दलीमा दाहाललाई उभ्याउन सफल ओलीले सरकार छाडेको छ महिनामै माओवादी नेतृत्वमाथि चर्को आलोचना गर्न भ्याएका हुन् । ‘किन ग¥या रहेछ तथाकथित जनयुद्ध ? जनयुद्धले को सप्रियो ? उहिले हामी जेलमा हुँदा गीत गाउँथ्यौं । गैतीबेल्चा उचालेर कुल्ली दाइले बाटो बनायो । मोटर अर्कैले कुदायो, आफूलाई त धुलो उडायो,’ ओलीले माओवादीलाई निशाना गर्दै भने, ‘अहिले त सरकार बनाएर छोराछोरीका घर हेर्नुस्, गाडी हेर्नुस् । आफन्त सप्रिएको हेर्नुस् । मुला पनि त्यति राम्ररी सप्रिँदैन मज्जाले बढे पनि । त्यति राम्ररी आफन्त सपारेको छ ।’

जनताको पक्षमा भने यो सरकारले सिन्को नभाँचेको ओलीको तर्क रह्यो । ‘जनतालाई केही गरेको छैन । नौ महिनामा सरकारले केही गरेको छ ? सिन्को भाँचेको छैन । एउटा कानुन बनाएको छैन,’ उनले भने । अहिले प्रधानमन्त्री चीन र अमेरिका भ्रमणमा जाँदा संसद् ठप्प रहेको प्रसंग निकाल्दै सुन तस्करीको विषयमा एमाले विरोधमा उत्रँदा सबै एमालेको आलोचनामा उत्रिएकोप्रति दुःख जनाए ।

सुन तस्करी रोक्न एमालेले संसद्बाट माग गरे पनि त्यसबेला संसद् अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उनको भनाइ थियो । प्रधानमन्त्री अमेरिका र चीन भ्रमणमा जाँदा संसद् रोकिएको उनको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP