Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी
पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ७, २०८०

गण्डकी– उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक (सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् ।

कोरोनालगायत विविध कारण विगतका केही वर्ष यस क्षेत्रको पदयात्रामा पर्यटक आउने क्रम घटे पनि आगामी दिनमा पर्यटकको आगमन बढ्ने आशा पलाएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । कोरोना महामारीपछि सुस्ताएको यहाँको पर्यटन व्यावसायमा पछिल्ला दिनमा उत्साह थपिँदै गएको बताउँदै उहाँले नयाँ याम सुरु हुँदै गर्दा युरोपियन राष्ट्रका विभिन्न छ समूहले अग्रिम बुकिङ गरिसकेको जानकारी दिनुभयो ।

“पदयात्रा गर्नका लागि दिनानुदिन आउने गरेका सोधपुछका कारण पनि हामी उत्साहित छौँ”, गुरुङले  भन्नुभयो, “युरोपियन राष्ट्रकै पदयात्री पर्यटकको एउटा समूह यतिखेर मिलेनियम ट्रकमा पदयात्राकै क्रममा छ ।” सुस्ताएको पर्यटनलाई गति दिने उद्देश्यले समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गत जेठ २६ गतेदेखि ३२ गतेसम्म उक्त क्षेत्रमा पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा पदयात्रामा खटिने पथप्रदर्शकसहित सरोकारवाला समेतको प्रवर्द्धनात्मक भ्रमण गराइएको उहाँले बताउनुभयो । 

तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने उक्त पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएको हो । यस पदमार्गको पहिलो नक्शाङ्कन विसं २०६४र६५ मा गरिएको थियो । “समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यस पदयात्रा मार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ”, गुरुङले भन्नुभयो, “पूरै पदयात्रा सम्पन्न गर्न एक हप्ता लाग्ने भए पनि बीचबीचमा छोटो दुरीमा एक दिने हाइकिङदेखि दुई तीन दिनका छोटो दूरीका पदयात्राका लागि पनि यो आकर्षक गन्तव्य हो ।”

दुलेगौँडादेखि रामबाछासम्म जोडिएको पदमार्गको लम्बाई ७२ किलोमिटर रहेको मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो । “दुलेगौँडाबाट गाछेपानीस्थित रक गार्डेन, च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा हुँदै भैँसेगौँडा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “भैँसेगौँडाबाट चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै स्याङ्जाको रामबाछा पुगी पदयात्रा सम्पन्न हुन्छ ।”

कम उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिकले समेत यस क्षेत्रमा पदयात्रा गर्न सक्ने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार पदयात्री पर्यटकलाई लक्षित गरी यस मार्गका विभिन्न १७ स्थानमा होमस्टे९घरवास० सञ्चालनमा आएका छन् । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा रिसोर्ट एवम् अन्य विभिन्न पूर्वाधार थपिने क्रममा रहेका छन् । 

पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारीतर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, कृष्ति आदिका मनोरम भूभागले यहाँ आउने पर्यटकको मन लोभ्याउने अध्यक्ष गुरुङको भनाइ थियो । यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवम् धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा अझै पुर्‍याउन नसकिएको उहाँले बताउनुभयो ।

प्राकृतिक सुन्दरतासँगै पदमार्गमा विभिन्न गाउँमा जोगाइएका प्राचीन मौलिक संस्कृतिले पनि यहाँको आकर्षण थपेको अध्यक्ष गुरुङले बताउनुभयो । कोरोना महामारीअघि यस पदमार्गमा चहलपहल बढ्दै गएकामा कोरोनापछि भने पर्यटकको आगमन सुस्ताएको उहाँको भनाइ थियो ।

पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्र यहाँको आकर्षक गन्तव्य रहेको ढोरमूलकोट दरबार व्यवस्थापन समितिका अध्यक्ष विक्रम खाडले बताउनुभयो । ढोरदरबार सहितका ऐतिहासिक स्थललाई पदयात्रा पर्यटनसँग जोडिएको उहाँले बताउनुभयो । 

“पदयात्रा मार्गकै चन्द्रकोटस्थित सतौँ राजाको ‘समरप्यालेस’ यहाँको अर्को महत्वपूर्ण आकर्षण हो”, खाडले भन्नुभयो, “चन्द्रकोट दरबारले नेपालका बाइसेचौबिसे राजाको पालाका सतौँ राजाको हिउँदे दरबारका रूपमासमेत ख्याति कमाएको छ ।” उहाँका अनुसार भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार सात सय नौ मिटर उचाइको ऐतिहासिकस्थल बुढाकोटलगायत स्थानले पदमार्गको महत्व बढाएका छन् ।

पदयात्राको नयाँ याम सुरु हुँदै गर्दा पछिल्ला समयमा मिलेनियम ट्रेकका सम्बन्धमा आउने गरेका सोधपुछ एवम् अग्रिम बुकिङले आगामी दिनमा ठूलो सङ्ख्यामा पर्यटकले यहाँको पदयात्रा गर्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । रासस


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP