Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’
पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ७, २०८०

धुलिखेल -  पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शंखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो । सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनौती र नमोबुद्धको महत्व धेरै रहेका कारण यहाँको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको बताए । 

शान्ति पयदात्राले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै ठूलो महत्व रहने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे  । सांसद एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सूर्यमान दोङले शान्ति पदयात्रामा सहभागी सबैलाई उद्देश्य प्राप्तिमा पुर्याएको योगदानको प्रशंसा गरे ।

 सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति पदयात्राले विश्वमा शान्ति फैलाउन कोशेढुङ्गा सावित हुने धारणा राखे ।  बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पदयात्राले समाजमा सद्भाव स्थापित हुने विश्वास व्यक्त गरे  । सो क्रममा उनले काभ्रेको सबैखाले विकासका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए  ।

Hardik health

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नमोबुद्धलगायत काभ्रेपलाञ्चोक जिल्ला र सिङ्गो मुलुकलाई नै यहाँको सद्भाव, शान्ति र समुन्नत समाज निर्माण गर्न सबैको साझा अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे  । उनले पर्यटकीय क्षेत्रको विकासका लागि जिल्लाका सबै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्नमा थप सहयोग पुर्याउन आग्रह गरे  ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सबै क्षेत्रले पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको काभ्रेलाई केही गराैँ भन्ने उद्देश्यले शान्ति पदयात्रा आयोजना गरेको बताए। शान्ति पदयात्रामा सहभागी काठमाडौं कोटेश्वरका रवीन्द्र कर्मार्चायले नमोबुद्ध र पनैतीको ऐतिहासिक क्षेत्रको महत्वलाई थप उजागर गर्न र पर्यटन प्रवर्द्धनमार्फत यहाँको विकासमा पदयात्राले सहयोग पुग्ने बताए । पदयात्रासँगै साइकलयात्रामार्फत पर्यटन प्रवर्द्धनका लागि सहभागिता जनाएको विश्व सांस्कृतिक शान्ति पदयात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाका नागरिकको सहभागिता थियो ।


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP